भर्खरै

विद्युत् उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष पु¥याउन निजी क्षेत्रको माग

  • प्रकाशित मिति : सोम, मंसिर २२, २०७७
  • - विद्युत संसार संवाददाता
title

 काठमाडौं, मंसिर  । नेपालको निजी क्षेत्रले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) को अवधि बढाउन सरकारसँग माग गरेको छ ।
पछिल्लो समय जलविद्युत् आयोजना निर्माणको लागत बढेको, प्रतिफल घटेको र विद्युत् खरिद दर लामो समय स्थिर रहेको भन्दै निजी जलविद्युत् प्रवद्र्धकहरुले विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) अवधि बढाउनुपर्ने माग गरेको हो ।
 
विद्युत् ऐनमा तोकेबमोजिम नै लाइसेन्सको अवधि कम्तीमा ५० वर्ष हुनुपर्ने निजि प्रवद्र्धकहरुको माग छ । निजि क्षेत्रका अनुसार ऐनलाई मिचेर जलविद्युत् विकास नीतिको हवाला दिँदै लाइसेन्स अवधि घटाइएको उनीहरुको आरोप छ ।
विद्युत् ऐन—२०४९ ले विद्युतको सर्वेक्षण अनुमतिपत्रको अवधि पाँच वर्ष र विद्युत् उत्पादन, प्रसारण र वितरणका लागि दिइने अनुमतिपत्रको अवधि बढीमा ५० वर्षसम्मको हुने व्यवस्था गरेको छ ।
 
तर, उक्त ऐनको वेवास्था गर्दै सरकारले जलविद्युत् विकास नीति–२०५८ मा अनुमतिपत्रको अवधि घटायो । त्यसपश्चात निर्यातमूलक जलविद्युत् आयोजनाका हकमा ३० वर्ष र आन्तरिक माग आपूर्ति गर्ने आयोजनाका हकमा ३५ वर्षको लाइसेन्स अवधि तोकेर हालसम्म सोही व्यवस्था लागू भईआएको छ । 
 
ऐनअनुसार ४५ मेगावाटको भोटेकोसी, ६० मेगावाटको खिम्ती लगायतका जलविद्युत् आयोजनाले ३० देखि ४० वर्षका लागि लाइसेन्स लिए । तर, ऐनलाई नै मिचेर ल्याएको जलविद्युत् विकास नीतिपछि पनि केही आयोजनाहरूले ४० नै वर्षका लागि लाइसेन्स पाए ।  वि.सं. २०५९ असोजदेखि विद्युत् उत्पादन थालेको ७.५ मेगावाटको इन्द्रवती–२ ले पनि ४० नै वर्षको लागि लाइसेन्स प्राप्त ग¥यो ।
 
वि.सं. २०५६ सालपछि निजीक्षेत्र जलविद्युतमा लगानी गर्न आकर्षित भए । त्यसपछि भने सरकारले ऐनलाई परिमार्जन नगरी जलविद्युत् विकास नीतिमार्फत अझै निजी क्षेत्रलाई कस्न थाल्यो ।
निजी ऊर्जा प्रवद्र्धकले बढी कमाउँछन् भन्ने संर्कीण सोचले ऐनको बर्खिलापमा नीति ल्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था(इप्पान) नेपालका उपाध्यक्ष आशिष गर्गले बताए ।
 
विद्युत् ऐनमा ५० वर्ष लेखिएता पनि सरकारले ३५ वर्षका लागि मात्र स्वदेशी कम्पनीलाई लाइसेन्स दिइरहेको छ । जुन, राज्यले निजी क्षेत्रलाई जलविद्युत् प्रतिको लाभ लिन्छ भन्ने संर्कीण सोचले अवधि घटाइएको उनको भनाइ छ । 
‘ऐनमा ५० वर्षका लागि लाइसेन्स दिने भनेर लेखिएता पनि त्यसको बर्खिलाप गर्दै सरकारले जलविद्युत् नीतिको हवाला दिँदै ३५ वर्षका लागि बनाइयो’ उनले भने, ‘एकातिर जलविद्युतमा प्रतिफल घट्दो छ । तर, खरिद दर भने ७ वर्षदेखि स्थिर छ । लागत बढ्दै गएको छ । हामीले ऐनअनुसार ५० वर्षसम्म दिन माग गरेका हौं ।’ 
 
विद्युत् ऐन परिमार्जन तथा संशोधन नभएको अवस्थामा नीति बनाएर मात्र लाइसेन्स अवधि घटाउनु सरकारको कमजोरी रहेको उपाध्यक्ष गर्ग बताउँछन् ।
विद्युत् ऐन २०४९ अनुसार, ५० प्रतिशत स्वदेशी शेयरधनी भएको आयोजनालाई ५० वर्षसम्म उत्पादन अनुमतिपत्र दिने व्यवस्था छ ।, त्यसपछि पनि आपसी सम्झौता गरेर अघि बढ्ने उल्लेख छ ।
यता, विदेशी लगानी भएका आयोजनाका लागि भने लाइसेन्स अवधि ३० वर्षमात्रै तोकिएको छ । सरकारले पुरानै ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन नगरी सरकारले लाइसेन्स अवधि बढाइयो भनेर अफवाह फैलाउन खोजेको ऊर्जा उद्यमी तथा इन्जिनियर सूर्य अधिकारीले बताए । 
 
उनका अनुसार पहिला ३५ वर्ष थियो । अब ४० वर्ष बनाइयो भनेर सरकारले अफबाह फैलाउन खोजिरहेका छन् । तर, पुरानो ऐनले नै बढीमा ५० वर्षको हुने भन्ने व्यवस्था छ,’ उनले भने । सरकार आफैंले बनाएको ऐनअनुसार चल्नुपर्ने उनको तर्क छ ।
‘लाइसेन्स अवधि १५ वर्ष राखे पनि केही हुँदैन्, जसलाई जति समय दिए पनि हुन्छ । तर, ऐनले व्यवस्था गरेअनुसार चल्नुपर्यो’ उनले भने, ‘निजी क्षेत्रले ५० वर्षमा त्यसको ‘रिटर्न’ लिन्छ, लिदैन् । त्यसमा व्यापार देख्छ कि देख्दैन । निजी क्षेत्र चल्न सक्छ कि चल्दैन । त्यो अनुसार अरू कुरा पनि जोडिएका हुन्छन् ।’
 
लामो समयदेखि निजी क्षेत्रका प्रवद्र्धकले लाइसेन्स अवधि ५० वर्ष पुर्याउनुपर्ने र ऐनमा व्यवस्था भएको कुरा कार्यान्वयनमा जोड दिएका छन् । फलस्वरूप,  ऊर्जा मन्त्रालयले प्रस्तावित विद्युत् ऐनमा यो कुरा उल्लेख गरेको छ ।
उक्त प्रस्तावित विद्युत् ऐनमा यसअघि कायम रहेको ३५ वर्षको लाइसेन्स अवधिलाई ४० वर्ष पुर्याउने गरी ऊर्जा मन्त्रालयले प्रस्ताव गरिसकेको छ । हिउँदे अधिवेशनमा उक्त ऐन अनुमोदन गर्ने तयारी भए पनि कोरोना महामारी र त्यसपछि उत्पन्न परिस्थितिका कारण संसद चल्न नसक्दा उक्त प्रस्तावित ऐन विचाराधीन छ । 
 
उक्त प्रस्तावित ऐनमा नै ५० वर्षका लागि लाइसेन्स अवधि पुर्याउने गरी ऊर्जा मन्त्रालय, निजी ऊर्जा प्रवद्र्धक र सरोकारवालाबीच छलफल र पहल पहिले नै भएको छ । 
त्यस्तै ऊर्जाविज्ञ ज्ञानेन्द्रलाल प्रधानले ३० वर्षपछि जनतामा जलविद्युतको शेयर धेरै हुने भएकाले राज्यको स्वामित्वमा आउने आयोजना चलाउने सरकारको सामथ्र्यप्रति शंका गर्छन् । उनले जसले आयोजना चलाएको छ, वा जो शेयरहोल्डर छ त्यसलाई नै निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।
 
‘ऐन स्पष्ट रुपमा ३५ वर्षपछि राज्यका नाममा आउने भन्छ । तर, केही शंकाका विषयहरू छन् । स्वामित्वमा आएका सबै आयोजना सरकारले चलाउन सक्छ ?’ उनले प्रश्न गर्दै थपेँ, ‘राज्यले लिने भनेको कर हो, जलविद्युत् आयोजनाको स्वामित्व होइन ।’ 
जलविद्युत् प्रवद्र्धकले गरेको लगानी र नाफा उठिसकेपछि निश्चित समयभित्र राज्यलाई हस्तान्तरण गर्ने गरी ऐन र नीतिगत रुपमा नै व्यवस्था भएको ऊर्जासचिव दिनेशकुमार घिमिरेले बताए । पुरानो ऐनलाई केही संशोधन र परिमार्जन गरी निजी उत्पादकका समस्या समाधान हुने उनको तर्क छ । ऊर्जा मन्त्रालयले लाइसेन्सको अवधि ४० वर्ष प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago