भर्खरै

तमोर र मेवाबाट १२८ मेगावाट विद्युत उत्पादन गर्न अनुमति

  • प्रकाशित मिति : बिही, मंसिर ४, २०७७
  • - पत्रपत्रिकाबाट
title

ताप्लेजुङ । तमोर र मेवा नदीबाट विद्युत् उत्पादनका लागि सरकारले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडलाई अनुमति दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले १ सय २८ मेगावाट बिजुली उत्पादनका लागि अनुमति दिएको हो ।
 
आफूहरूले मंसिर २ मा अनुमतिपत्र प्राप्त गरेको कम्पनीका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । आगामी असोजदेखि आयोजना निर्माणको काम सुरु हुने उनले बताए । पाँच वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाको २६ अर्ब १२ करोड रुपियाँ लागत अनुमान गरिएको उनको भनाइ छ । यसमा कुमारी बैंकको अगुवाइमा बैंकहरूको ७५ र बाँकी २५ प्रतिशत कम्पनी अनि सेयर सदस्यबाट जम्मा गरिने कम्पनीले जनाएको छ । 
कानितपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 22 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 23 hours ago