भर्खरै

बुटवल सौर्य विद्युतबाट व्यापारिक उत्पादन, प्यानलमुनि बेसार खेती

  • प्रकाशित मिति : शुक्र, कार्तिक २८, २०७७
  • - ऊर्जा खबर
title
काठमाडौं । बुटवलमा सञ्चालित साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाले व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । रुपन्देहीको तिलोत्तमामा रिडी हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजनाले २ साता लामो परीक्षणपछि व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।
 
नेपाल विद्युत प्राधिकरणसँगको समन्वय समिति बैठकपछि कात्तिक १५ गतेबाट लागु हुने गरी आयोजनाको उत्पादनलाई व्यापारिक मानिएको कम्पनीका कार्यकारी निर्देशक कुबेररमणि नेपालले बताए । उनका अनुसार आयोजनाले पहिले नै परीक्षण उत्पादन सम्पन्न गरेर व्यापारिक उत्पादन सुरु गरे पनि चाड पर्वका कारण समन्वय समितिको बैठक बस्न नसक्दा ढिलो निर्णय भएको हो।
 
यो सौर्य विद्युत आयोजनाको विद्युत प्राधिकरणको अमुवा सबस्टेसनमा जोडिएको छ । ग्रिडमा जोडिने आयोजना भएकाले ब्याट्री नराखी प्रसारण प्रणालीमा जोडिएको नेपालले बताए ।आयोजनाले उत्पादन गर्ने विद्युतको मापन गर्न अमुवा सबस्टेसनमा मेन मिटर र चेक मिटर राखिएको छ । आयोजनाले घाम लागेको समयमा दिनभरमात्रै विद्युत उत्पादन गर्दछ ।
 
सौर्य विद्युत आयोजना २६ बिघा क्षेत्रफलमा निर्माण भएको छ । कम्पनीले यो जग्गा मणिग्रामस्थित शान्ति नमूना माध्यामिक विद्यालयसँग ३० वर्षका लागि भाडामा लिएको हो । भाडामा लिइएको जग्गामा ३१ हजार २ सय ८८ वटा प्यानल जडान गरिएको छ । एउटा प्यानलबाट ३ सय ३० वाट विद्युत उत्पादन गर्न सक्छ । आयोजनामा ८ सय ५० किलोेवाट क्षमताका १० वटा उत्पादन युनिट छन् ।
 
२०७६ असोजबाट आयोजना निर्माण गर्न सुरु गरिएको थियो । निर्माण सुरु गरेको ६ महिनामा नै ९५ प्रतिशत पूरा भएको थियो । आयोजनाबाट गत बैशाखदेख विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिए पनि कोरोना ९कोभिड–१९० महामारीका कारण काम प्रभावित हुँदा ५ महिना ढिलो गरी उत्पादन सुरु भएको थियो ।
 
आयोजनाको निर्माण अवधि लम्बिँदा लागत पनि बढेको छ । सुरुमा ६५ करोड ४६ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा बढेर ७१ करोड ६५ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले पहिलो पटक सौर्य विद्युत आयोजनाको सफल निर्माण गरेको छ ।
 
सौर्य प्यानलको मुनी बेसार खेती लगाउने तथा घाँस उपयोग गरी १ सय वटा खसीबोका पाल्ने योजना छ । यो वर्ष २।५ टन तथा अर्को वर्ष २५ टन बेसारको बीउ रोपेर २ सय ५० टनसम्म बेसार उत्पादन गर्ने लक्ष्य छ । आयोजना क्षेत्रभित्र मणिग्राम फलफूल तथा नर्सरी उद्योग स्थापना विरुवाको बिक्री वितरण सुरु गरिएको छ ।
 
कम्पनीले लगानी गरेका २/४ मेगावाटको रिडी खोला, ०।५ मेगावाटको रैराङ खोला र ९।९ मेगावाटको इवाखोला गरी ३ जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago