भर्खरै

विद्युतीय बजारमा कोरोनाको सङ्कटः कसरी प्रभावित हुदैछन् व्यवसाय, के भन्छन् व्यवसायीहरु ?

  • प्रकाशित मिति : बिही, कार्तिक २७, २०७७
  • - शिखर श्रेष्ठ / प्रदिप श्रेष्ठ
title

कात्तिक काठमाडौ ।  विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाईरस (कोभिड—१९) को महामारी सुरु भएको एक वर्ष वितिसक्दा पनि अझै विश्वभर फैलिदो छ । 
कोरोनाका कारण समग्र व्यवसायमा असर परे पनि यस्तो असर सबैमा एकनासको नभएको अर्थविद्हरुले बताउ“दै आएका छन् । कुनै व्यवसाय कोरोना र लकडाउनका कारण थला नै परेको छ भने केही व्यवसायलाई सामान्य असर मात्रै परेको छ । कोरोनाले छुदै नछोएका व्यवसाय पनि छन् तर केही सीमित संख्यामा छन् ।
विद्युतीय सामग्रीको सन्दर्भमा कुरा गर्दा विद्युतीय सामग्रीको व्यवसायमा पनि नगन्य असर परेको छ । लामो समयको लकडाउन र बन्दाबन्दीले विद्युतीय सामग्रीको उपभोक्ता मात्र घटेको छैन् व्यवसायीको आयातमा नै निकै ठूलो असर परेको छ । कोरोना संत्रासकै कारण उपभोक्ता र व्यवसायीहरुमा यसवर्षको चार्डपर्वको समेत कुनै उत्साह देखिदैन । हिन्दुहरुको दोस्रो ठूलो महान पर्व तिहारलाई झिलिभिली पर्व को रुपमा पनि लिने गरिन्छ । खास गरी यस पर्वमा विद्युतीय व्यवसायीहरुको व्यापार हुने मुख्य समय हो । जसकारण लामो समयको लकडाउन र बन्दाबन्दीका कारण थलिएको विद्युतीय व्यापारमा यस तिहारमा व्यवसायको अवस्था बारे विद्युत संसार साप्ताहिकका संवाददाता शिखर श्रेष्ठ र प्रदिप श्रेष्ठ ले नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्याल र महासंघमा आवद्ध जिल्लागत संघहरु सँग गरेको कुराकानीमा आधारित अंश :–
 
सुदर्शन प्रसाद पौड्याल,अध्यक्ष,नेपाल विद्युतीय व्यवसायी महासंघ 
 
कोरोना महामारीको कारण समग्र व्यवसायमा नै असर गरेको अवस्था छ । हाम्रो विद्युतीय व्यवसायमा भने अघिल्लो वर्षको तुलनामा यो वर्षको व्यापार ४० प्रतिशतमा खुम्चिन पुगेको छ । कोरोना कै असरका कारण पर्व विशेष बत्तिहरुको व्यापारमा पनि उत्तिकै कमि आएको छ । उज्यालोका पर्वमा विद्युतीय सामग्रीको व्यवसाय राम्रै हुने गरेपनि यो वर्ष उपभोक्ता र व्यवसायी दुवैमा उत्साह कमी आएको छ । 
यो वर्ष १५ देखि १८ करोड बराबरको झिलिमिली बत्ती आयात भएको  महासंंघको अनुमान छ । अघिल्लो वर्षको तुलनामा यो तथ्याङ्क ६० प्रतिशतले कम हो । कोरोना असरकै कारण मागमा कमि भए सँगै आयातमा पनि कमि हुन गएको हो । व्यवसायी प्रत्यक्ष बाहिरी मुलुकमा गएर सामग्री छनोट गरी ल्याउने अवस्था छैन । व्यवसायीले विद्युतीय माध्यामबाट खरिद गर्नुपर्ने अवस्था छ । जसकारण पनि स्वभाविक रुपमा आयात घटेको अवस्था छ । 
विद्युतीय सामग्रीहरुको व्यवसायमा कोरोना असरकै कारण २/४ प्रतिशत मुल्यवृद्धि भएपनि यो सामान्य रुपमा लिनु पर्दछ, समग्रमा उल्लेखनीय रुपमा  मुल्यवृद्धि भएको छैन । उपभोक्ताले विद्युतीय सामग्री पुरानै मूल्यमा उपभोग गर्न सक्दछन् ।  
महासंघले दुई वर्षको अन्तरालमा गर्दे आएको इलेक्ट्रो–टेक  महामारी कै कारण अन्योलमा परेको छ । हामीले मार्चमा हुने भनिएको इलेक्ट्रो–टेक स्थगित गरेका छौ । कोरोना असर कहिले सम्म रहन्छ भन्ने निश्चित नभएकै कारण महासंघ अन्योलमा छ । यो विषय हाल छलफल कै क्रममा रहेको छ ।
 
 
राजेन्द्र वैष्णव, अध्यक्ष, काठमाण्डौ विद्युतीय व्यवसायी संघ 
 
विद्युतीय व्यवसायीलाई विगत वर्षका तिहारमा भन्दा यस वर्ष भिन्न छ । विगतका वर्षमा यस समयमा व्यापार गर्न भ्याई नभ्याई हुन्थ्यो तर यस वर्ष  बजार शून्य छ विद्युतीय सामग्रीको व्यापारमा छैन । यसको मूख्य कारण हो विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस । तिहार नजिकिदंै गर्दा पनि विद्युतीय सामग्री खरिद बिक्रिप्रति आकर्षण बढेको छैन । 
गत चैत्रदेखिको लकडाउनका कारण निर्माण कार्य समेत अवरुद्ध हँदा विद्युतीय सामग्रीको व्यापार तुलनात्मक रुपमा निकै घटेको पाइन्छ । कोरोनाको त्रास, लकडाउन र निषेधाज्ञ जस्ता समस्याले पनि तेस्रो मूलुकबाट समयमा सामान आयात हुन नसक्दा नेपाली विद्युतीय बजार खुम्चिदै गईरहेको छ ।
देशको सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला काठमाडौं रहेको छ । तीव्र रुपमा बढीरहेको कोरोनाको त्रासले गर्दा व्यवसायीहरुले राम्रोसँग व्यापार गर्न सकेको छैन । विद्युतीय व्यवसायीहरुको व्यापार गर्ने समय भनेकै तिहार हो तर पनि बजार शून्य छ । तिहार विशेष बत्तीहरुप्रति उपभोक्ताको आर्कषण एकदम न्यून देखिएको छ । यी तिहारविशेष बत्तीहरुको व्यापारमा गतवर्षको तुलनामा ७० प्रतिशत भन्दा बढीले कमि आएको अनुमान छ । गतवर्ष हेरी यसवर्ष यी सामग्रीहरु ३० प्रतिशत पनि आयात भएको छैन । 
 
 
 
राजु भण्डारी, अध्यक्ष, पोखरा इलेक्ट्रिकल एशोसियसन
 
पोखरामा कोरोना संक्रमण बढ्दो छ । यहि बढ्दो त्रासका बाबजुद पनि विद्युत व्यवसायीहरु आफ्नो व्यवसायलाई निरन्तरता दिनु परेको अवस्था छ । पोखरा पर्यटन क्षेत्रभएको कारण पनि कोरोनाको महामारीले अन्य क्षेत्रको तुलनामा यहाँका व्यवसायीलाई अझै धेरै मारमा परेको हामीले प्रत्यक्ष देख्न सक्छौ । पोखरा आसपासका बाग्लुङ, म्यादी र कुस्मा लगायत मुख्य बजार क्षेत्रमा कोरोना असरका कारण केही सामान्य जनजीवनमा फर्कन सकेको अवस्था छैन् सोही कारण पनि विद्युतीय व्यवसायीहरु यस समय फुर्सद नै देखिन्छ । तिहारको समय भनेको व्यापारीहरुका लागि एकदमै व्यस्त रहने समय हो तर अहिले पनि व्यापारले कुनै गति लिन सकेको छैन् । आज होलसेलमा मात्र होईन रिटेलमा पनि खरिद हुन सकेका छैनन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष पोखरा क्षेत्रमा ८० प्रतिशत व्यापारमा कमि भएको हाम्रो अनुमान छ ।
 
 
 
नविन अग्रवाल, अध्यक्ष, मोरङ ईलेक्ट्रिक संघ 
 
हाम्रो जिल्लामा विद्युतीय सामग्रीको व्यवसाय अरु प्रदेशको तुलनामा पनि निकै खस्किएको छ । किनकी कोरोनाको असर अरु प्रदेशको तुलनामा प्रदेश एकमा बढि नै छ । आजको दिन सम्म पनि मोरङ जिल्लाको कुनै क्षेत्रमा आंशिक रुपमा लकडाउन रहेकै छ । यसकारण पनि विद्युतीय व्यवसायले गति लिन सकेको छैन् । 
अघिल्लो वर्ष तिहारको समयमा भएको व्यापारको तुलनामा यो वर्ष मोरङमा ५० प्रतिशत भन्दा कम व्यापार भएको छ । व्यवसायीले पनि उत्साहित भएर विद्युतीय सामग्री आयात गरेको अवस्था छैन र उपभोक्तामा पनि कोरोना महामारीका कारण उत्साहित भएर उपभोग गर्ने सकेको अवस्था छैन् । 
तिहार, विद्युतीय व्यवसायीको व्यापार गर्ने मुख्य समय हो यो समयमा समेत व्यवसायीहरु कोरोना असरले व्यापारमा मन्दी छाउँदा व्यवसायी चिन्तित हुनु परेको बाध्यात्मक अवस्थामा समेत राज्यको तर्फबाट व्यवसायी लक्षित राहत प्याकेज नहुँदा व्यवसायी झन् निराश हुनु परेको छ ।  
 
 
कृष्ण प्रसाद पट्टेल (कुर्मी), अध्यक्ष, पर्सा विद्युतीय व्यवसायी संघ
 
कोरोनाको असर सबै व्यवसायीहरुलाई परे सँगै विद्युतीय व्यवसायीहरुलाई पनि ठुलो असर गरेको छ । लामो बन्दाबन्दी पछि सहज भएको बजारमा व्यापारको अवस्था राम्रो नहँुदा व्यवसायी धेरै मारमा छन् । सरकारको तर्फबाट व्यवसायी लक्षित कुनै खास योजना नहुँदा व्यवसायी निरास हुनु परेको अवस्था छ  । व्यवसायीको व्यापार हुने मुख्य पर्व तिहारमा समेत अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत व्यापार घटेको छ । कोरोना महामारी कै कारण यो वर्ष उपभोक्ताहरुमा चाडपर्व लक्षित विद्युतीय झिलिमिली लगायतका विद्युतीय सामग्रीमा चासो कम जाँदा विद्युतीय सामग्रीको प्रयोगमा कमि आएको छ ।  
कोरोना असरकै कारण विद्युतीय सामग्री आयातमा विभिन्न समस्याका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष विरगन्ज जिल्लामा विद्युतीय सामग्री लगायत झिलिमिली बत्तीमा समेत केही प्रतिशत मूल्य वृद्धि भएको छ ।
 
 
 
हरिहर ज्ञवाली, अध्यक्ष, रुपन्देही विद्युतीय व्यवसायी संघ
 
देशभरी कोरोनाको संत्रास भईरहँदा रुपन्देही जिल्लामा पनि कोरोना महामारी बढीरहेकै अवस्था छ । रुपन्देहीमा विद्युतीय व्यापारको अवस्था हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा यो वर्षको व्यापार शून्य छ ।
व्यवसाय गर्ने भन्दा पनि आफ्नो उपस्थितिमात्र जनाएका छौ । तिहारमा विद्युतीय व्यवसायको मूख्य समय भएतापनि यो वर्ष उपभोक्ता मात्र होईन । व्यवसायी पनि अन्योल्मा छन् । खासगरी रुपन्देहीमा भारतबाट विद्यतीय सामाग्री आयात हुने गरेपनि योबर्ष व्यवसायीहरुको सामाग्री आयातमा एकदमै न्यून छ ।  व्यवसायीले यो वर्ष तिहार विशेष विद्युतीय झिलिमिली आयात गरेर भन्दा पनि अघिल्लो वर्षमा भएको स्टक सामान विक्रिवितरण गरिरहेको छ ।
 
 
दुल्लुराम पोखरेल, अध्यक्ष, दाङ विद्युतीय व्यवसायी संघ
 
विद्युतीय व्यवसायको सन्दर्भमा दाङमा कोरोना असरकै कारण ७० प्रतिशत व्यापार घटेको अनुमान संघले गरेको छ । व्यापारको हिसावले तिहारको समय भनेको हामी व्यवसायीको महत्वपूर्ण समय हो तर आज भोलि विद्युतीय सामग्रीको आयात घट्नुमा कोरोना असर मात्र होईन आज भोलि विद्युतीय सामग्री बिजुली पसलमा मात्र नभई किराना पसल देखि फुटपाथमा समेत बिक्रिवितरण भईरहेका हुन्छन् जसकारण पनि वास्तविक विद्युत व्यवसायीको व्यापार न्यून हुँदै गएको छ । 
यसको रोकथाम गर्न सरकारी पक्ष र विभिन्न संघ/महासंघहरुसँग सहकार्य गर्न हाम्रो संघ सदैव तयार रहेको छ । 
विभिन्न विद्युतीय समस्याहरुको समाधान र विद्युतीय व्यवसायलाई एक संगठित व्यवसाय बनाउन हामी केही समय अघि मात्र नेपाल विद्युतीय व्यवसायी महासंघमा आवद्ध भएका छौ । अब कोरोना असर कम हुने बितिकै संघले दाङ भित्र विद्युतीय व्यवसायमा संलग्न सबैलाई संघमा आवद्ध हुन आग्रह गर्दै संघलाई अझ संगठित बनाउन तर्फ लाग्ने छौ । 

प्रतिक्रिया