भर्खरै

विद्युतीय व्यवसाय,तिहार विशेषः झिलिमिली पर्वमा कोरोनाको प्रभाव, यो वर्ष १५ देखी १८ करोडको झिलिमिली व्यापार

  • प्रकाशित मिति : बिही, कार्तिक २७, २०७७
  • - शिखर श्रेष्ठ
title

कात्तिक काठमाडौ । कोरोनाको महामारी नहुँदो हो त यति खेर सबै तिर झिलिमिली बनाउँदै कसरी हुन्छ आफ्नो घर सजावट गर्ने चटारो नै हुन्थ्यो तर यस वर्ष दशै होस वा तिहार कुनै पनि पर्वमा रौनक देखिएको छैन । 
 
यद्यपि वर्षदिनको पर्व मनाउन बाध्यता हुदाँ दिदीबहिनीलाई तिहारले छोइसकेको छ । कतिपय दिदीबहिनी आफ्ना दाजुभाइका लागि  मसला र उपहार किन्नमा व्यस्त छन् भने कोही भने कसरी हुन्छ तिहारलाई विशेष बनाउनमा तल्लिन छन् ।
तिहारलाई झिलिमिली बत्तीको पर्व भनिन्छ  । धेरै अघि दियो र मैनबत्ती बालेर झिलिमिली पार्ने चलन थियो  । पछिल्लो दशकमा भने सहर होस् वा गाउँ विद्युतीय उपकरण प्रयोग गरी तिहारमा घर, आँगन झिलिमिली बनाउने गरिन्छ । 
दैनिक १६ घण्टासम्म हुने लोडसेडिङ्गले झिलिमिली पर्व तिहार इन्भर्टरको सहारामा मधुरो उज्यालोमा बिताउन बाध्य थिए, नेपाली । विद्युतीय सेवा प्रदान गर्ने मुख्य जिम्मेवारी भएको नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा विद्युतीय उपकरण प्रयोग नगर्न सार्वजनिक सूचना जारी गर्ने गरिन्थ्यो । तर अहिले त्यस्तो अवस्था छैन् धेरै विद्युत् खपत
नगर्न उपभोक्तालाई सार्वजनिक सूचनामार्फत सचेत गराउने प्राधिकरण अहिले कसरी विद्युत् खपत बढाउने भन्ने चिन्तामा छ ।  
यसैले तिहार र लोडसेडिङ्गको सम्बन्ध विशेष रहेको छ । चार वर्षअघि लक्ष्मीपूजाको दिन पारेर प्राधिकरणको कार्यकारी निर्देशकमा आएको पहिलो वर्षमा नै कुलमान घिसिङले  काठमाडौं उपत्यकालाई लोडसेडिङ्ग मुक्त घोषणा गरिएका थिए । 
तिहारको समयमा उद्योग, कलकारखाना बन्द हुने भएकाले घरायसी उपभोक्तातर्फ मात्रै माग हुन्छ यसैले विद्युत् खपत नगर्न उपभोक्तालाई सार्वजनिक सूचनामार्फत सचेत गराउने प्राधिकरण अहिले कसरी विद्युत् खपत बढाउने भन्ने चिन्तामा देखिनु स्वभाविक नै मान्न सकिन्छ किनकी विद्युत उत्पादन जिी मात्रामा भएको छ सो अनुसार खपत हुन सकेको छैन ।
त्यसो त यो वर्ष कोरोना महामारी कै कारण तिहारको समयमा समेत कुनै रौनक नहुँदा विद्युतीय सामग्रीको प्रयोगमा पनि कमि आउने आकलन विद्युतीय व्यवसायीहरुको भनाई रहेको छ ।
 
महामारीका कारण बन्दाबन्दीको समय पश्चात् केही सहज भएको बजारमा मानिसहरुको चहल पहल सँगै सबै किसिमको व्यवसायमा प्रभावित नै बनेको छ । यति सम्मकी विद्युतीय व्यवसायीलाई तिहारको समय भनेको व्यापार गर्ने  सबैभन्दा व्यस्त समय भन्ने गरिन्छ तर यस समयमा समेत व्यवसायी फुर्सदिला नै छन् । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्याल भन्छन् । अघिल्लो वर्षको तुलनामा यो वर्षको व्यापार ४० प्रतिशतमा खुम्चिन पुगेको छ । “कोरोना कै असरका कारण पर्व विशेष बत्तिहरुको व्यापारमा पनि उत्तिकै कमि आएको छ । उज्यालोका पर्वमा विद्युतीय सामग्रीको व्यवसाय राम्रै हुने गरेपनि यो वर्ष उपभोक्ता र व्यवसायी दुवैमा उत्साह कमी आएको छ ।” यो वर्ष १५ देखी १८ करोड बराबरको झिलिमिली बत्ती आयात भएको महासंघका अध्यक्ष पौड्यालले बताए  ।
 
प्रमुखत कोरोनाकै प्रभावले झिलिमिली बत्तीको पर्वमा अघिल्ला वर्षहरुको भन्दा थोरै मात्रामा झिलिमिली बत्ती प्रयोग भएका छन् । गत वर्ष तिहार नजिकिदै गर्दा रु. ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको थियो । तर यो तथ्याङ्क यो तिहारको लागी संम्झन लायक नै बन्न पुग्यो । 
 
झिलिमिली बत्ती, झालर बत्ती, दियो बत्ती, लाईट, फोटो, स्टिकर, रंगिन बल्ब पाइप आदि विद्युतीय झिलिमिली बत्तीहरूमा पर्दछन् । तिहारको समयमा विद्युतीय व्यवसायीहरुलाई फुर्सद् नै नहुने समय हो तर यो वर्ष तिहार लागेको महसुस नभएको व्यवसायी स्वयम बताउँदछन् । ग्राहकमा मानसिक भौतिक तथा आर्थिक रुपले कमजोर भएकै कारण यो वर्ष उपभोग गर्नेको कमि आएको हो । बजारमा गुणस्तर अनुसार झिलिमिली बत्तीहरु ५०÷६० रुपैयाँ देखि तीन हजार सम्म पर्ने व्यवसायीहरु बताउदछन् ।

प्रतिक्रिया