भर्खरै

आइसोलेसन बसाईको मेरो अनुभवः संक्रमितहरु शारीरिक रुपले भन्दा मानसिक रुपले धेरै पिडित छन् ।

  • प्रकाशित मिति : शुक्र, असोज ३०, २०७७
  • - शिखर श्रेष्ठ
title

‘जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्मदिनु हो । हरेक समस्यासँग जुध्नु जीबनको खास भोगाई हो ।’ 

हो, अहिले यस्तै जीवन उपयोगी भन्ने खालका अक्षरहरु पढ्ने मेरो दैनिकी नै बनेको छ । हुन त म यस्ता भनाईहरुमा खासै चासो दिदैन, तर विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइसर (कोभिड(१९) बाट जब म आफु संक्रमित भए तब देखि सामाजिक सञ्जालका भित्तामा देखिएका यस्ता जीवन उपयोगी भनाईहरु प्रायः नछुटाई पढ्ने गरेको छु ।
नत म स्वास्थ्य कर्मी हो, न त कोरोना विशेषज्ञा नै, म एक अक्षर खेलाएर गुजरा गर्दै गरेको एक साधारण व्यक्ति । 
(कोभिड(१९) ले विश्वभर नै महामारीको रुपमा फैलिरहँदा चैतको पहिलो साता देखि नै नेपालमा सावधानीका साथ देशमा लकडाउन भयो । म र मेरो काठमाडौमा भएको परिवार गोरखा गाउँ तिर लम्कियौं । तीन महिना लामो बन्दाबन्दी पछि केही सहज वातावरण बने सँगै पुरानै जीवन शैलीलाई निरन्तरता दिन असारको अन्तिम साता पुनः काठमाडौ आएँ, त्यस समय सम्म नेपालमा कोरोना महामारीले झन् विकराल रुप लिदै गएको थियो । 
म एउटा फ्ल्याटमा छ जनाको परिवारका साथ बस्दै पुरानै कामलाई निरन्तरता दिदै आएको थिएँ । 
भदौको अन्तिम साता जुन समय काठमाडौ उपत्यका कोरोनाको हटस्पट बन्दै गएको थियो । त्यही समय मेरो परिवारका एक सदस्यलाई कोरोना भाइरसको सामान्य लक्षण देखा प¥यो (हल्का ज्वरो आउने, ज्यान दुखेको महसुस हुने, बान्ता आउला जस्तो महसुस हुने) यस सँगै हाम्रो परिवारको निर्णय कोरोना टेस्ट पिसिआर गराउनेमा पुग्यौ । भदौ २८ गते आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाव दिए सँगै सोमबारको रिपोटमा कोरोना पोजेटिभ आयो । लक्षण सहितको कोरोना पोजेटिभ आउँदा केही शसंकित भयौँ, र उहाँ सोही दिन सोही अस्पतालको आईसोलेशन वाडमा भर्ना हुनुभयो । र हामी सँगै बस्ने अरु सदस्यहरुको पनि कोरोना टेस्ट गर्ने निर्णय अनुसार भदौ ३० गते मंगलबार सोही अस्पताल टेकुमा नै पाँच जनाले स्वाब दिईयो । त्यसमध्ये जसमा बुधबार ३ जनाको विना लक्षण पोजेटिभ रिपोर्ट हात परो जस मध्ये मेरो पनि रिपोर्ट आयो । 
 
 
 
रिपोर्ट लिन म आफै गएको हुदा त्यहाँका डाक्टरहरुसँग परार्मश लिने कोशिस गरे त्यहाँ कार्यरत एक डाक्टरलाई मैले सोधे, डाक्टर साब हामी पाँच जना सँगै बस्छौ जस मध्ये तीन जनालाई पोजेटिभ रिपोर्ट आयो अब के गरौ रु हामीमा कुनै लक्षण छैन् ।, मेरो प्रश्नको उत्तर आयो ‘तपाईहरुलाई कुनै लक्षण छैन भने होम आइसोलेशनमा बस्नुस् ।’ मैले प्रतिप्रश्न गरे, यसरी बस्दा सँगै बस्ने अरुलाई संक्रमणको जोखिम हुदैन रु मेरो प्रश्न नसकिदै उताबाट जवाफ आयो ‘तपाईहरु जस्ता संक्रमित काठमाडौमा सयौँ संख्यामा छन् ।’ उनको यो जवाफ सँगै मैले अर्को प्रश्न राख्न उत्तम ठानिन मैले सोचे कोरोना त भाइरल रुघाखोकी जस्तो पो भएछ त त्यसपछि म कोठामा आए । र सोही दिन देखी संक्रमित एक कोठा र संक्रमित नभएका अर्को कोठामा बस्ने व्यवस्था गर्दै गर्दा केही साथीको रोहबरमा हामी तीन संक्रमित किर्तिपुरको आयर्वेदिक अनुसन्धान आइसोलेशन केन्द्रमा जाने निधो गरे र त्यसै दिन देखि १४ दिन सम्मको लागी हाम्रो बसाई सुरु भयो । 
विना लक्षण संक्रमित हुँदा म आफुलाई पनि विश्वास लागेको थिएन । तर रिपोर्टमा नै त्यस्तो आउँदा विश्वास नगर्नुको विकल्प पनि कहाँ थियो र ।
आईसोलशनको बसाईमा मैले लगभग २० देखि ३० जनासँग सामाजिक दुरी सहित कुराकानी गर्ने मौका मिल्यो । प्रायः सबैलाई सबैले गर्ने एउटै प्रश्न थियो, तपाई कसरी संक्रमित हुनु भयो  प्रायः ले भन्थे ‘सामान्य रुघाखोकी, ज्वरोका साथै हल्का ज्यान दुख्ने समस्या बाट टेस्ट गराउँदा पोजेटिभ आयो । भने केहीले विना लक्षण पोजेटिभ आयो भन्ने पनि थिए ।’ 
त्यहाँ बस्ने सबै एकै किसिमको थिएनन् कोही त यति सम्मकी रिपोर्ट हात नपर्दा सम्म केही नभएको मान्छे जब अस्पतालले पोजेटीभ रिपोर्ट दिन्छ अनि सुरु हुन्छ उसलाई कोरोनाको लक्षण ज्वरो आएको जस्तो हुने, टाउको दुख्ने, रिगाटा लागेको जस्तो हुने, वाक वाकी लाग्ने ज्यान दुखेको अनुभव हुने लगायत के – के हो के–के । त्यस पछि मैले सोचे कोरोनालाई शारीरिक रुपमा भन्दा मानसिक रुपमा मान्छेलाई धेरै असर गरेको रहेछ । 
 
आइसोलेशनले संक्रमितको मानसिक रुपमा असर नपरोस भनेरै समय समयमा म्यूजिक बनाउने, समय बिताउनको लागी क्यारिम्बोड खेल्न दिने जस्ता कार्यहरु पनि गर्दै आएको थियो । त्यो सँगै केन्द्रले संक्रमितमा इम्युनिटी बढाउन सहयोग हुने आयर्वेदिक औषधी र दिनको बेसार मिश्रण गरेर तताएको एक गिलास दुध बाहेक कुनै औषधी थिएन । संक्रमण पश्चात तातो पानीको साथमा केही आयर्वेदिक औषधी जस्तै बेसार, गुर्जोको धुलो, ज्वाँनो, टिमुर जस्ता तातो पानीसँग सेवन गरे, प्रायः मैले चिसो पानी सेवन गरिन ।
म आफु लक्षण विना संक्रमित भएकै कारण आफुले आफैलाई मनोबल उच्च बनाउन सहयोग पुग्यो । मैले सोच्थे कोरोनालाई पराजित गर्न सबै भन्दा ठूलो कुरा आत्मबल नै चाहिन्छ । म संक्रमित भएको थाहा पाएँसगैँ सबै क्षेत्रबाट सल्लाह, सुझाव र हौसलाले मेरो झन् आत्मवल बढाउनमा मद्दत पुग्यो । आइसोलेशनको बसाईमा पर्याप्त व्यायाम, खानामा सन्तुलन लगायतका कारणले नै १४ दिनको आईसोलेशनको बसाई पछिको पुनः टेस्टमा कोरोना मुक्त भएको नतिजा आउन सफल भएको छ । 
 
 
कोरोना महामारीमा जनता प्रति सरकारको चासो कति ?
 
जब हाम्रो समुह मध्ये एक जनालाई संक्रमण देखिए पछि अस्पताललाई मेरो आग्रह थियो हामीसँगै बस्ने सबैको सहज वातावरणमा कोरोना टेस्ट होस् तर मेरो कुरा मान्न अस्पताल तयार थिएन । अस्पतालको भनाई थियो ‘१४ दिन कोठा भित्रै बस्नु र यस समय भित्र केही लक्षण भएमा मात्र टेस्ट गराउनुस् ।’ सँगै उनले, थपे ‘मेरो कुरा मान्नु हुन्न भने भोलि आएर लाईन बस्नुस् अनि टेस्ट गराउनुस् ।’ एक जिम्मेवार अस्पतालले यस्तो जवाफदिनु कत्तिको जायज होला । 
पिसिआर टेस्ट गराउनेको लाइन देख्दा लाग्छ रंगशालामा फुटबल चलिरहेको छ, यस्तो ठाउँमा टेस्ट गराउँदा कोरोनाको संक्रमण झन् फैलने डर हुँदाहुँदै टेस्ट गरायौँ । भोलीपल्ट आएको पोजेटिभ रिपोर्टले पनि स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिगमा संक्रमितको संख्या थप्नु बाहेक अरु कुनै काम सरकारबाट हुन सकेन् । रिपोट आएको लगभग १६ घण्टा पछाडि सरुवा रोग अस्पताल टेकुबाट फोन आउछ ‘तपाईहरु कसरी बस्नु भएको छ, कोठा भित्रै होम आइसोलेशनमा बस्नुहोला ।’ मैले उत्तर दिन्छु ‘यति नै भन्न किन ब्यालेन्स् सक्नु भको होला ।’ यस्तो फोन आउँदा हाम्रो समुह किर्तिपुरको आइसोलेशनमा पुगिसकेका थियौ । यही कुरा पनि उनीहरुको समन्वयको अभावले संक्रमित के कस्तो अवस्थामा छ उनीहरुलाई पत्तो छैन् । यो मेरो केही दिन अगाडिको भोगाई हो । मेरा यी भनाईले नै बुझ्नुस् काठमाडौमा कोरोनाको भयबह स्थिति अझ कहाँ सम्म पुग्ला ?
 
 
हाउगुजीको रुपमा कोरोनालाई बुझ्नु
 
कोरोना भाइसरलाई दुई खाले तरिकाबाट हेरिदै आएको छ । पहिलो कोरोनालाई सहज रुपमा लिनु दोस्रो धेरै ठूलो रोगको रुपमा लिनु । 
म संक्रमित भएकै कारण यो दुवै मेरो विचारमा मेरो सहमत छैन् किनभने कोरोनालाई सामान्य रुघाखोकी ठानेर स्वास्थ्य सावधानीका उपाय अपनाएनौ भने यसले झन विकराल रुपमा नफैलिएला भन्न सकिदैन् र धेरै ठूलो रोगको रुपमा लिएर शारीरिक रुपमा मात्र हैन संक्रमित मानोवैज्ञानिक रुपमा नै प्रत्यक्ष असर परेको देख्द छु । मेरो बुझाईमा कोरोनाको सबैभन्दा ठूलो औषधी नै आत्मबल हो । 
यसैले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका नियमहरु पूर्ण रुपमा पालना गरी आफ्नो नियमित काममा र्फकन सुझाव दिन्छु ।

प्रतिक्रिया