भर्खरै

बिक्री भएनन् माटोका भाँडावर्तन

  • प्रकाशित मिति : शुक्र, भदौ ५, २०७७
  • - रासस
title

गत वर्षको चौठचन्द्र्र चौरचन पर्वमा सुनसरी इनरुवा–२ का दरपी पण्डितले माटोको भाँडाको बिक्रीबाट ६० हजारदेखि ७० हजारसम्म आम्दानी गर्नुभएको थियो । उहाँले पर्वलाई आवश्यक पर्ने छाछ, छाछी, दियो र कौरना लगायतका माटोका भाँडा बनाएर बिक्री गरी सो आम्दानी लिनुभएको थियो ।  यस बर्ष भने २० हजारदेखि ३० हजारसम्म समेत आम्दानी लिन मुश्किल रहेको उहाँले गुनासो गर्नुभयो । 
 
त्यसैगरी इनरुवा–२ लक्ष्मी पण्डितले पनि गत बर्षको सो पर्वमा ३० हजारदेखि ४० हजारसम्म आम्दानी लिनुभएको थियो । उहाँले भन्नुभयो,“यस वर्षको पर्वमा अपेक्षाकृत आम्दनी लिन सकिएन । ” यी दुई जना पण्डित अर्थात कुम्भकार समुदाय सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । इनरुवा सहित कोशी, हरिनगर, देवागञ्ज, भोक्राहा नरसिंह, दुहबी लगायतका क्षेत्रमा रहेका ती समुदायले यस वर्ष माटोको भाँडाबाट अपेक्षाकृत आम्दानी गर्न नसकेको बताएका छन् । 
 
कोरोनाको जोखिम हुन नदिन स्थानीयतह र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका कारणले भाँडावर्तन बनाएको भएपनि विक्री वितरण हुन नसकेको लक्ष्मीले जानकारी दिनुभयो । चाडपर्व लक्षित गरेर विभिन्न किसिमको माटोका भाँडा बनाएको भएपनि लकडाउनका कारणले स्थानीय स्तरमा लाग्ने हाटबजार नलागेकाले समस्या भएको कुम्भकार समुदायले जनाएका छन् । नेपाल प्रजापति कुम्भकार सङ्घका सुनसरीका अध्यक्ष ज्ञानदेव पण्डितले  माटोका भाँडा वर्तनको बिक्रीबाट आएको आम्दानीबाट घरपरिवार चलाउदै आएकोमा यस बर्ष हाटबजार नलागेको कारण झन् समस्या भएको बताउनुभयो । 
 
अर्को तर्फ ती समुदायले स्थानीय तहले कोरोना भाइरस महामारीका बेला राहत नदिएको गुनासो गरेका छन् । आफूलाई एक पटक मात्र राहत दिएकाले कसरी घर परिवार चलाउने भन्ने समस्याले पिरोली रहेको लक्ष्मीको भनाई छ । माटो र दाउराको अभाव  रहँदा भाँडावर्तनले बजार नपाउदा निकै समस्या हुने गरेको कुम्भकार समुदायले बताएका छन् ।बनाएको माटोका सामग्री बिक्री वितरण नभएको र लगानी अनुसारको आम्दनी नभएकाले युवा पुस्ताको यस पेशा प्रति आकर्षण घटेको कुम्भकार समुदायका अगुवा ज्ञानदेवको भनाई छ ।
 
विभिन्न राजनीतिकदलले कुम्भकार समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको जनाउँदै आफ्नो समुदायको समस्या प्रति स्थानीय, प्रदेश र संघीय सरकार उदासिन भएको  सङघ उपाध्यक्ष पण्डितले बताउनुभयो । तराई मधेश क्षेत्रमा  आगामी शनिबार चौठचन्द्र पर्व मनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago