भर्खरै

तामाकोसी–बाह्रविसे प्रसारण लाइनको काम तीव्र

  • प्रकाशित मिति : आईत, साउन २५, २०७७
  • - Admin
title

साउन २५ गते ,दोलख । (तामाकोसी–बाह्रविसे ४ सय केभी प्रसारण लाइनको नयाँ ठेक्का लागेपछि कामले गति लिएको छ । नयाँ ठेक्का लागेको एक वर्ष यता कामले गति लिएको हो । प्रसारणलाइनको टावर डिजाइन, ठाउँ पहिचान र जग्गा प्राप्ती प्रक्रिया सुरु भएको छ ।
 
तामाकोसी नदी र आसपासको विद्युत् काठमाडौंसम्म पु¥याउन तामकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २ प्याकेजका काम अघि बढाएको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी ९रामेछापको फुलासी हुँदै सिन्धुपाल्चोकको बाह्रविसे०सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडले पाएको छ । कम्पनीले करीब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार ९करबाहेक० रुपैयाँमा ठेक्का पाएको आयोजना प्रमुख रमण शर्माले जानकारी दिए ।
शर्माका अनुसार अहिले सबै डिजाइनको काम पूरा भएको छ । “अब जग हाल्न ठिक्क भएको छ, संभवत एक हप्ता भित्र जग हाल्ने काम सुरु हुन्छ,” उनले भने । टावर राख्नका लागि सार्वजनिक जग्गा र निजी जग्गा प्राप्तीका लागि प्रक्रिया सुरु भएको तर मन्त्रिपरिषद्ले प्रारम्भिक अधिकारी तोक्न ढिला गर्दा निजी जग्गा प्राप्तीमा ढिलाइ भएको छ । यो प्रसारण लाइन नेपालका पहाडी क्षेत्रमा बन्न लागेको सबैभन्दा ठूला टावरहरू हुन् । यसको उचाइ औषत ६० मिटर हुने आयोजनाका सहायक प्रबन्धक सुरज रेग्मीले जानकारी दिए । उनका अनुसार यस्ता रामेछापको फुँलासीदेखि बाह्रविसेसम्म ११४ वटा टावर उठाउनु पर्छ ।
कम्पनीले टावरको डिजाइन र उत्पादन गरेर स्टप्स र कन्डक्टरको ढुवानीसमेत गरिरहेको छ । सन् २०१९ मे २० मा भएको सम्झौताअनुसार ८१५ अर्थात १२ अक्टोबर २०२१ मा पूरा गर्नु पर्छ । जग्गाको विषय मिलेमा टावर निर्माण र तार तान्ने काम चाँडै गर्न सकिने केईसीका प्रतिनिधि अमित पुनियाले प्रतिबद्धता व्यक्त गरे । माथिल्लो तामाकोसीको २२० केभीको ४७ किलोमिटर लामो प्रसारण लाइन र फुलासीको सब स्टेशन समेत यही कम्पनीले निर्माण गरिरहेकाले स्थानीय वातावरण र भूगोलसँग परिचित भएकाले काम गर्न समस्या नहुने उनले बताए । आयोजना नेपाल सरकार र एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो ।
 
यसअघि ठेक्का चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रममा पाएका थिए । प्राधिकरणले कम्पनीसँग ११ असोज ०७३ मा ३२ महिनामा काम पूरा गर्नेगरी गत जेठ १२ मा ठेक्का सम्झौता गरेपछि २६ महिना बितिसक्दासम्म ८ प्रतिशतभन्दा बढी प्रगति हुन नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गरेको थियो । सो प्रसारण लाइनको अधिकांश टावर दोलखाको मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिकामा पर्छ ।
 
आयोजना समयमा नबन्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको वर्षात्को विद्युत् खेर जाने अवस्था आउँछ । तामाकोसीबाट आउँदो कार्तिकबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । कम्पनीले सिन्धुपाल्चोको बाह्रविसेमा २२०।१३२ केभी सबस्टेसन बनाउने ठेक्का पाएको छ । सबस्टेसनको काम अहिलेम्म सन्तोषजनक नभएको आयोजनाले जनाएको छ । ताकेता गर्दा समेत सम्झौताको तालिका अनुसार अहिलेसम्म मुख्य काम नै नगरेको सहायक प्रबन्धक रेग्मीले बताए । अहिले सब स्टेशनको जग्गा तयारी र सामान आपूर्तीको काम भइरहेको उनले बताए ।
प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि २५ डिसेम्बर २०१७ मा ८७ लाख ९३ हजार डलर र ३१ करोड ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माणको काम २४ फेब्रुअरी २०२०मा सक्ने गरी ठेक्का सम्झौता भए पनि कम पूरा नभएपछि म्याद थप भएको छ । रामेछापको फुलासीमा न्यू खिम्ती सबस्टेसन भने माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आफैंले निर्माण गरिरहेको छ ।
 
बाह्रविसे–काठमाडौं९लप्सीफेदी० खण्डको ठेक्का भने लार्सन एण्ड टर्वो ९एलएण्टी०ले पाएको छ । यो खण्डमा १२३ टावर भए तापनि मन्डनदेऊपुर र नगरकोट क्षेत्रमा स्थानीयको रुट सार्नु पर्ने मागका कारण ५० वटाको मात्र जग हाल्ने काम पूरा भएको छ । यो ठेक्काको म्याद पूरा भएकाले एक वर्ष म्याद थप भई ३० मार्च २०२१ सम्म समय तोकिएको छ । यसको लागत सवा २ अर्ब रुपैंया रहेको छ ।
 
लप्सीफेदी–दुवाकोटमा भने १३२ केभीको सर्भे मात्र भएको छ । सर्भे गर्न पनि प्रहरी परिचालन गर्नु परेकाले टावर निर्माण गर्न असहज अवस्था रहेको आयोजनाले जनाएको छ । टावर बनाउन नसक्ने ठाउँमा केबल लाइन विकल्प भए पनि केबल टावरभन्दा दशौं गुणा महङ्गो पर्ने आयोजना प्रमुख शर्माले बताए । प्रसारण लाइनका लागि आयोजनाले ठेकेदार कम्पनीहरूसँग बैठक र ताकेता गर्दै स्थानीय तह, वन र जिल्ला प्रशासनसँग समेत समन्वय बैठक गर्दै आएको छ । कारोबार दैनिक

प्रतिक्रिया