भर्खरै

‘व्यवसायमा उपस्थिति मात्रै जनाएका छौ ।’

  • प्रकाशित मिति : बुध, असार २४, २०७७
  • - विद्युत संसार
title

कोराना भाइरस (कोभिड–१९) संकट नियन्त्रणका लागि अपनाइएको तीन महिना लामो लकडाउनले विद्युतीय व्यवसाय पूर्णरुपमा ठप्प थियो । असार पहिलो साता देखी लकडाउन परिर्वतन सगै विद्युतीय बजार पनि 
खुलेका छन् ।
 कोरोना भाइरसले गर्दा विद्युतीय व्यवसायमा परेको असर तथा सरकारले लिनुपर्ने नीति र महासंघले खेल्नुपर्ने भूमिकालाई लिएर नेपाल विद्युतीय व्यवसायी महासंघ का अध्यक्ष सुदर्शन प्रसाद पौड्याल सग विद्युत संसार साप्ताहिकको लागी शिखर श्रेष्ठले गरेको कुराकानी संक्षिप्तमाः
 
सुदर्शन प्रसाद पौड्याल 
अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ

 
कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउनको समयमा महासंघले विद्युतीय व्यवसायीका लागी कस्तो भुमिका खेल्दै आएको छ ?
तीन महिना लामो लकडाउन पछि हाल केही बजार खुलेका छन् यो परिस्थितिमा हामीले व्यवसयमा उपस्थिति जनाएका मात्रै हौँ । विद्युतीय सामग्री विक्री वितरण गर्ने भन्दा पनि पसल, गोदाम मिलाउने समयको रुपमा यो समयलाई लिएका छौ । बजार खुले पनि व्यवसायले गति लिन सकेको छैन । 
बजारमा सर्वसाधरण बाहिर हिडडुल गर्ने अवस्था कम भएको, बजारमा हेडेका लागी पनि सामाजिक दुरी कायम गर्नु पर्ने, सार्वजनिक यातायातका साधन सञ्चालनमा नआउनु, लगायतका विभिन्न कारणले व्यवसायले गति लिन सकेको छैन ।
लकडाउनले व्यवसायमा पारेको प्रभावलाई कुन हिसावले व्यवसायलाई स्थापित गर्न सक्छौ भन्नेमा नै लागी परेका छौ । कुनै पनि क्षेत्रको व्यवसाय भएको त छैन यसमा पनि विद्युतीय व्यवसायी अझ बढी मारमा परेको हामीले पाएका छौ । 
यस्तो अवस्थामा महासंघले जिल्लागत व्यवसायीहरुमा परेको समस्या स्थानिय रुपमा समाधन खोज्ने देखी केन्द्रिय स्तरमा सहयोग, सहमायोजन तथा समन्वय गरेर समस्या समाधान गर्न तर्फ लागि परेका छौ । 
व्यवसायी डिप्प्रेसनको शिकार नबनुन् भन्नेमा महासंघको तर्फबाट कस्तो सहयोग गर्न सकिन्छ भन्ने छलफलमा छौ जस अन्तरगत केही समय पहिले महासंघको तर्फबाट सरकार समक्ष हाम्रो १७ बुदे मागपत्र पनि बुझायौ । हामीले ठूलो अपेक्षा गरेका थियौँ तर हामीले महसुस गर्ने गरि राहत पाएनौं । 
जिल्लागत रुपमा भर्चुअल बैठक समय समयमा गर्दै व्यवसायीको समस्या बुझ्दै आएका छौ । यो सँगै बजार पुर्णरुपमा सहज भएपछि महासंघ मार्फत कोभिड–१९ का कारण व्यवसायमा परेका प्रभाव र व्यवसाय उत्थानका निम्ती कस्ता कार्यक्रमको आवश्यकता छ भनेर व्यवसायी सँग अन्तक्रिया गर्ने प्रक्रियामा छौ । 
प्रमुखतः व्यवसायीहरुको समस्याको पहिचान गरेर सम्बन्धित स्थानिय तथा राष्ट्रिय स्तरको निकायमा पु¥याउने काम भइरहेको छ । 
समस्यामा परेका व्यवसायीले महासंघबाट कस्तो अपेक्षा गर्ने ?
महासंघ एउटा छाता संगठन हो । महासंघ आफैमा केही दिने निकाय होइन महासंघ व्यवसायीमा परेका समस्या  तथा गुनासाहरुलाई संवन्धित स्थानमा समन्वयवत्मक भुमिका खेल्ने निकाय हो । कोभिड–१९ बाट विद्युतीय व्यवसायमा ठूलो प्रभाव परेको हुनाले व्यवसायमा परेको समस्यलाई हामी सम्बन्धित निकाय संग समन्वय गरेर व्यवसायलाई गति दिन अग्रसर भएका छौ ।
विभिन्न माध्यमबाट जिल्ला संघ, नगर संघ साथै असोसियटहरुको समस्याका आवाज सम्बन्धित निकाय, विभाग, सरकारी निकाय लगायत हाम्रा छाता संगठन एफएनसिसिआई, सिएनआई, चेम्बर यि निकाय मार्फत पनि हामीले व्यवसायीमा परेका समस्याको समाधान खोज्न लागी परेका छौ । 
महासंघले सरकारको तर्फबाट कस्तो अपेक्षा गरेको छ ?
व्यवसायीहरुमा परेको समस्याको आकलन गरि केही समय अगाडी नै महासंघले सरकार समक्ष १७ बुदे माग पत्र पेस  गरिसकेका छ । सरकारबाट हामीले ठूलो अपेक्षा गरेका थियौँ तर हामीले महसुस गर्ने गरि राहत पाएनौं । कर तिर्नको लागि सरकारले लकडाउनकै समयलाई उपयोग गर्दै थियो यससँगै सर्वोच्च अदालतले रोकिदियो यसले व्यवसायीहरुलाई केही राहत महसुस भएको छ तर पनि हाम्रो माग भनेको  सक्ने व्यवसायीहरुले राज्यलाई तिर्नुृ पर्ने भ्याट तिर्छौ तर जुन व्यवासयीले सक्नु हुदैन त्यस्ता व्यवसायीलाई राज्यले राहत दिनै पर्दछ भन्ने हो । 
बैङक कर्जाको समय अबधि सँगै सहुलियतको माग गरेका हौ, प्रधिकरणले लगाउने डिमाण्ड शुल्क ५० प्रतिशत कम गरेको भएपनि हाल सम्म कार्यान्वयनमा आएको छैन् । यसमा सरकारले कसरी कार्यान्वयन गर्दछ भन्नेमा हाम्रा चासो छ । साथै सरकारले ल्याउने मौदृीक नितिमा हाम्रा मागहरुलाई समायोजन हुने गरि ल्याउनु पर्छ ।
कोरोना भाइसर (कोभिड–१९)को कलह अझै कम हुन सकेको छैन यो अवस्थामा महासंघले व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न कस्ता सुझाव दिदै आउनु भएको छ ? 
हाम्रा व्यवसायीलाई सुसुचित गर्न नोटिसका माध्यमबाट सामाजिक दुरी लगायत कोभिड–१९ बाट बच्न डब्लुएचओ साथै सरकारले ले निर्धारण गरेका मापदण्डहरु भित्र रहेर हाम्रा व्यवसाय सञ्चालन गर्न आग्रह गरिरहेका छौ । 
व्यवसायीको आम्दानी शुन्य र खर्च बढी छ विद्युतीय सामाग्री आयात र उत्पादन प्रायः ठप्प छ यो अवस्थामा व्यवसायीहरुमा निराशा छाउनु स्वभाविक नै हो । यसो भनिरहदा भाइरस सँग डराउ“दा व्यवसायीको मात्र होईन देशले नै आर्थिक क्षती व्यहोर्नु परेको छ । यसैले स्वस्थ्य सुरक्षात्मक उपाए अपनाएर पनि यस्ता महामारी सँगै हाम्रो जीवन पनि चलाउन पर्छ भन्ने सोच राखेर अगाडी बढ्नु पर्ने देखिन्छ । यो सोचाई अनुसार महासंघ अगाडी बढेको छ । 
आ.व. २०७७÷०७८ को बजेट सार्वजनिक भइसकेको छ । बजेटले विद्युतीय क्षेत्रलाई कसरी समेट्न सक्यो ?
आ.व. २०७७÷०७८ को बजेटले हामी विद्युतीय व्यवसायीलाई उत्साहीत गराउन सकेन । देशमा उत्पादित भएको विजुली खेर जानु पर्ने र ग्यास आयात गर्नु पर्ने अवस्था छ । ग्यासलाई प्रतिस्थापन गर्ने इन्डक्सन चुलोलाई सरकारले उच्च प्रथामिकताका साथ हेर्नु पर्ने हो तर इन्डक्सन चुलोमा जसरी भन्सार बढायो यसले उत्साहीत भन्दा पनि निरुत्साहित गरेको हो कि भन्ने महसुस भएको छ । यो सँगै विद्युतीय क्षेत्रलाई बजेटमा उच्च प्रथामिकताका साथ समेटिनु पर्दथ्यो तर त्यसो हुन सकेन ।
अन्त्यमा विद्युतीय व्यवसायीहरुलाई के भन्न चाहानु हुन्छ ?
महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ का कारण हाम्रा सम्पूर्ण व्यवसायी प्रभावित भएका छन यस्ता प्रभावलाई कम गर्दै आगामी दिनमा हामी सुरक्षित तरिकाले कोभिड–१९ बाट बच्च सामाजिक दुरी कायम गर्दै स्वस्थ्य सचेतना अपनाउदैँ व्यवसायको गति बढाउन आवहन गर्दछु । 

प्रतिक्रिया