भर्खरै

विराटनगरका विभिन्न व्यवसायीहरुले लकडाउनको मोडालिटी परिर्वतन गर्न माग

  • प्रकाशित मिति : बुध, जेठ २१, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
 
विद्युत संसार, जेठ, विराटनगर ।  मोरङ व्यापार संघले आयोजना गरेको छलफलमा विराटनगरका विभिन्न व्यवसायीहरुले लकडाउनको  मोडालिटी परिर्वतन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय,जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिका संग जेठ २१ गते देखि लकडाउनको मोडालिटी परिवर्तन गरिदिन आग्रह  गरेका छन् ।
 
व्यवसायीले मास्कको प्रयोग, सेनिटाइजेसन, मानवीय दूरीलगायतका स्वास्थ्य सुरक्षाका विधिहरू अनिवार्य रूपले अवलम्बन गराई प्रत्येक दिन उपभोक्ता आवजावतमा समयको कम्तिमा चार घण्टा बजार तथा व्यवसाय सञ्चालन गराउन एकबद्ध भई पहल गर्ने सुझाव दिएका छन् ।
 
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस कोभिड १९को संक्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणकालागि सरकारद्वारा लागू गरिएको लकडाउनलाई मुलुकभरका उद्योगी व्यवासायीहरूले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिनाभन्दा बढी समय देखि आ–आफ्नो उद्योग व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गर्दै आएको भएतापनि लामो समय देखि ठप्प रहन पुगेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरूले ठूलो आर्थिक संकटको सामना गर्नु परेको अवस्था सिर्जना भएको  मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष गोपाल अग्रवालले   बताएको छ ।
 
त्यसैगरि साना व्यवसायीहरु लाई पनि निश्चित समय तोकेर  पसल व्यवसाय संचालन  दिनुपर्ने,बैक व्याज, कर्मचारी तलब, पसल गोदाम भाडा तिर्नसमेत राहत हुने  मोरङ इलेक्ट्रिक संघका अध्यक्ष नविन अग्रवालले बैठकमा बताए । 
 
मोरङ व्यापार संघले कोभिड १९ को संक्रमणको जोखिमप्रति सचेत रही उद्योग संचालन, ढुवानी र श्रमिक व्यवस्थापन एवं आपूर्ति र बजार व्यवस्थापन गरी सुचारु गर्न आवश्यक प्रोटोकल बारे जिज्ञासा लिन संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एसोशिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, मोरंग अटोमोवाईल डिलर्स एसोसिएशन लगायतलाई वस्तुगत संघहरूलाई संघसँग छलफल गर्दा विभिन्न वस्तुगत संघका अध्यक्षहरू, पदाधिकारीहरू, प्रतिनिधिहरू लगायतका व्यवसायीहरूले स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, तरकारी, मिठाई, किचनवेयर, इलेक्ट्रोनिक्स, विद्यूतीय जडान, लत्ता कपडा, जुत्ता तथा पहिरन सामग्री, निर्माणजन्य, ज्वेलरी, श्रृंगार, फर्निचर(फिक्सर, अटोमोबाइल्स् तथा मेशिनरी स्पेयर पार्टस् आदि व्यवसायहरू संचालन गर्दा कर्मचारी, श्रमिक, उपभोक्ता लगायत सबै वर्गलाई मास्कको प्रयोग, सेनिटाईजेशन, मानवीय दुरी लगायतका स्वास्थ्य सुरक्षाका विधिहरू अनिवार्य रूपले अवलम्बन गराई प्रत्येक दिन उपभोक्ता आवागतम समयको कम्तिमा चार घण्टा बजार तथा व्यवसाय सञ्चालन गराउन एकबद्ध भई पहल गर्ने सुझाव दिएका छन् ।  साथै, बैंकका सम्पूर्ण शाखासहित कार्यालयहरू संचालन गराउन, भन्सार जाँचपासका कार्यलाई तिब्र बनाउन समेत सम्बन्धित निकायमा पहल गरिने भएको छ ।
 
अचानक र अनिश्चित तवरले शुरु भएको बन्दाबन्दीका कारण मुलुकको आपूर्ति श्रृंखलामा प्रत्यक्ष असर पर्नुका साथै उद्योगी व्यवसायीहरूको पुँजी लगायत श्रमिकहरूको रोजगारी र स्वदेशी उत्पादकत्वमा ठूलो ह्रास  आई दयनीय अवस्थामा पुगेको तथा मुलुकको अर्थतन्त्रमा समेत गम्भिर प्रभाव पर्न गएको वर्तमान परिप्रेक्ष्यमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिनुका साथै आम उपभोक्ता, श्रमिक, उद्योगी व्यवसायी लगायत सबै वर्गको दयनीय जनजीवनलाई सामान्य स्थितिमा फर्काउन, मुलुकमा उत्पन्न भएको आर्थिक संकटलाई न्यूनिकरण गर्न एवं देशको अर्थतन्त्र समेत चलायमान राख्न अबका दिनमा स्वास्थ्य सुरक्षाका नीतिहरूलाई अनिवार्य अवलम्बन गरी(गराई महिनौं दिन देखि बन्द रहेका उद्योग, व्यवसाय र बजारहरू सूचारु गर्दै जानु पर्ने धारणा सहित मोरङ व्यापार संघले संघीय, प्रदेश र स्थानीय तहका सरकारहरू, स्थानीय प्रशासन लगायत सम्बन्धित निकायहरूलाई समुचित व्यवस्थापन, सहजीकरण एवं समन्वय गरिदिन निरन्तर पहल गर्दै आएको पनि संघले जनाएको छ ।

प्रतिक्रिया