भर्खरै

लकडाउनको समयसिमा र मोडालिटी बारे गम्भीर पुर्नर बिचार होस्– महासंघ

  • प्रकाशित मिति : सोम, जेठ १९, २०७७
  • - भीमलाल श्रेष्ठ
title

 
विद्युत संसार ,जेठ, काठमाण्डौं ।  नेपाल विद्युतीय व्यवसायी महासंघले  लकडाउनको समयसिमा र मोडालिटी बारे गम्भीर पुर्नर बिचार होस भनि प्रेस विज्ञप्ती जारी गरिएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघ(फीन)नेपाल औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकाश तथा विद्युत क्षेत्रसँग प्रत्यक्ष सम्लग्न रहेका तथा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण उद्योग ,व्यवसाय एवं पेशामा आबद्ध नेपाल भरमा २२ जिल्ला नगर संघ एवं ६५ एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन) लाई  लिने गरिन्छ ।
 
विद्युत उत्पादन,आयात तथा निर्माण क्षेत्रमा देशभर साना ठूला उद्योगहरु ६२ भन्दा धेरै संचालनमा छ भने बार्षिक ८० अर्ब रुपैया भन्दा बढिको विद्युतीय सामग्री नेपालमा आयात हुन्छन । देशभर २२ जिल्ला नगर संघहरुको  करिब ३ हजार ५सय व्यवसायीहरु समलग्न छन भने २० हजार रोजगारी र झण्डै १ खर्बको लगानी रहेको  बजारमा कोरोनाका कारण व्यवसाय थला पर्दा मानसिक तनावमा साथै व्यवसाय नै कोमामा जान सक्ने खतरा बढेकोले सरोकार निकाय मा जिल्लाहरुको सुझावअनुसार १७ बुदे माग पत्र पेश गरिएता पनि कुनै सम्बोधन नगरि अर्थिक बर्ष २०७७–०७८ को बजेटले निजी व्यवसायीहरुको घाँटी निमोठ्ने काम भएका  महासंका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले विद्युत संसारलाई बताए ।
 
व्यवसाय ,गोदाम सटरहरु बन्द गरि आयस्रोत नै बन्द भएर कामदारको तलब, घरभाडा, बैंक व्याजहरु कसरी मिलान गर्ने जस्ता व्यवसायीहरु मानसिक तनाब रहेकाले व्यवसाय लाई कोमामा जान बाट सम्बन्धित मन्त्रालय बाट व्यवसायी मैत्रिरुपमा कार्यान्यन गराउनेमा आफू  अझै आशाबादी रहेको समेत बताए  । 
 
भर्चुअल (वेबिनार) बाट पटक– पटक  विद्युतीय व्यवसायी र उद्योगीहरुको अर्थतन्त्रमा परेको प्रभाव बिषयमा सदस्यहरुसंग भर्चुअल कार्यक्रम मार्फत स्थानीय विद्युतीय उद्योगी व्यवसायीहरुको समस्या मा साथ दिई सरकारलाई सुझाव दिने उदेश्या अनुरुप देशभरका व्यवसायीहरुको छलफल बाट आएको सुझावहरुलाई १७ बुदे माग पत्र समेत सरोकार निकायलाई ध्यानाकर्षण समेत गरिएको थियो । तर सरोकार निकायकाट उद्योगी व्यवसायीहरुलाई कोभिड–१९ को असरलाई  संम्बोधन नगरिदा व्यवसायीहरु वास्तमिै पिडामा रहि अव समस्याको निदान गर्ने लकडाउन मात्रै अन्तीम बिकल्प होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पार्दछ । कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्वनै लागी रहेको अहिलेको अवस्थामा लकडाउनको मोडालिटी परिर्वत गर्दै अत्यन्त सम्वेदनसिल क्षेत्र बाहेक अन्य क्षेत्रमा खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउँदै जानुपर्दछ ।
 
लकडाउनले गर्दा व्यवसायीहरु रोगले भन्दा पहिला भोकले मर्ने अवस्था सृजना हुँदै आएको अवस्थामा स्वास्थ्य सुरक्षालाई मजवूद बनाउँदै, परिक्षणको दायरालाई फराकिलो बनाउँदै, आर्थिक जनजीवन सामान्य बनाउने तिर नलागेर नेपाल सरकारले लकडाउन मात्र थपेर समय खेर फालिरहेको आभास हामी विद्युतीय व्यवसायीलाई हुन थालेको ठहर गर्दै सरकार लाई लक लकडाउनको समयसिम मोडालिटी बारे गम्भीर पुर्नर बिचार होस् भनि कोमल पोखरेलद्धारा हस्ताक्षरित  प्रेस विज्ञप्तीमा जनाईएको छ ।  नेपाल विद्युत व्यवसायी महासंघद्धारा प्रेसित विज्ञप्ती जस्ताको तस्तै ः

प्रेश विज्ञप्ति

लकडाउनको समयसिमा र मोडालिटी बारे गम्भीर पुर्नर बिचार होस्

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (Covid-19) को संक्रमण विस्तार हुन नदिन नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि निरन्तर बन्दाबन्दी (लकडाउन) जारी रहेको छ । समस्याको निदान गर्ने लकडाउन मात्रै अन्तीम बिकल्प होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पार्दछ । कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएको र यसको रोकथामको लागि विश्वनै लागी रहेको अहिलेको अवस्थामा लकडाउनको मोडालिटी परिर्वत गर्दै अत्यन्त सम्वेदनसिल क्षेत्र बाहेक अन्य क्षेत्रमा खुकुलो पार्दै आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउँदै जानुपर्दछ । 
 
लकडाउनले गर्दा व्यवसायीहरु रोगले भन्दा पहिला भोकले मर्ने अवस्था सृजना हुँदै आएको अवस्थामा स्वास्थ्य सुरक्षालाई मजवूद बनाउँदै, परिक्षणको दायरालाई फराकिलो बनाउँदै, आर्थिक जनजीवन सामान्य बनाउने तिर नलागेर नेपाल सरकारले लकडाउन मात्र थपेर समय खेर फालिरहेको आभास हामी विद्युतीय व्यवसायीलाई हुन थालेको छ ।
 
निमार्ण सामाग्री अन्र्तगत पर्ने विद्युतीय सामाग्रीहरुको प्रयोग मानव जिवनको दैनीकीको लागि अति आवश्यक बस्तु भएकाले यसको नियमित रुपमा मर्मत संभार गर्नुपर्ने, नयाँ जडान गर्नु पर्ने अथवा बदल्नु पर्ने हुन्छ । यसका लागि आवश्यक विद्युतीय सामाग्रीको उपलब्ध नभएर उपभोक्ताहरु मारमा परेका छन् भने नेपाल सरकार, मन्त्री परिषदको निर्णय अनुसार विद्युतीय सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुबाट न्यून क्षमतामा उत्पादन गरिएता पनि बजार, पसलहरु नखुलेकाले उत्पादीत सामाग्री उपभोक्ता समक्ष पु¥याउन नसकिएकाले, उद्योगहरुले पूँजी परिचालनको अभावले कच्चापदार्थ खरिद गर्न नसक्ने अवस्था हुन सक्ने भएकाले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले सार्वजनीक गरेको सूचना अनुसारका स्वास्थ्य सुरक्षाको उच्च मापदण्ड पालना गरी र सामाजिक दूरीका साथ आवश्यक विद्युतीय सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु, विद्युतीय सामाग्रीहरुको व्यापार व्यवसाय (आपूर्ति एवं बिक्रि वितरण) संचालन गर्न पाँउने व्यवस्था गर्न नेपाल सरकार समक्ष नेपाल विद्युतीय व्यवसायी महासंघ जोडदार माग गर्दछ । 
 
लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको छ । जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन र आम श्रमजीवी मजदूर, साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई बिश्लेषण गरी विद्युतीय सामाग्रीहरुको व्यापार व्यवसाय संचालनमा सहजता ल्याउन र थप गरिएको लकडाउनको मोडालिटीमा गम्भीर पुर्नर विचार गर्न नेपाल विद्युतीय व्यवसायी महासंघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ  ।
धन्यवाद   ।
कोमल पोख्रेल
   महासचिव
नेपाल विद्युतीय व्यवसायी महासंघ
मिति ः २०७७/०२/१९

 
 
 
 
 
 
 
 

प्रतिक्रिया