भर्खरै

“चट्याङ्ग सम्बन्धि जनचेतना फैलाउने तथा भवन संहितामा समावेश गर्नुपर्दछ । ”

  • प्रकाशित मिति : Mon-25-Nov-2019
  • - श्रीराम शर्मा, चट्याङ्गविद्, प्राध्यपक, अमृत क्याम्पस
title

चट्याङ्ग एक प्राकृतिक घटना हो । चट्याङ्गलाई रोक्न सकिदैन । चट्याङ्गका कारण वर्षेनी धनजनको क्षति हुने गरेको छ । यद्यपि नेपालमा चट्याङ्ग सम्बन्धि जनचेतना फैलाउने कार्य हालको अवस्था सम्म अत्यन्तै कम भएको छ । चट्याङ्गकै कारण हरेक वर्ष एक सय १० जनाले ज्यान गुमाउने गर्दछ । चट्याङ्गकै विषयमा रहेर श्रीलंकाको कोलम्बो विश्वविद्यालय तथा स्विडेनको  उपशाखाबाट २००७ सालमा विद्यवारिधि प्राप्त गर्नुभएका चट्याङ्गविद् श्रीराम शर्मासँग हामीले कुराकानी गरेका छौं । शर्मा हाल अमृत क्याम्पस लैनचौरको भौतिक शास्त्र विभागमा प्राध्यापन गर्दै आइरहनुभएको छ ,साथै लाइटनिङ्ग एण्ड एटमस्फेरिक रिसर्च सेन्टर (LARC) र साउथ एशियन लाइटनिङ नेटवर्कका अध्यक्ष समेत रहेका छन् । 

२०६५ सालदेखि जनचेतना तथा तालिममा संलग्न हुनुभएका शर्मासँग चट्याङ्गले पु¥याउने क्षति, यस बाट बच्न सकिने उपाय लगायतका विषयमा केन्द्रित भई चट्याङ्गविद् शर्मासँग विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
 
चट्याङ्ग भनेको हो ? चट्याङ्ग कसरी पर्छ ?
सामान्य भाषामा चट्याङ्ग भन्नाले बादल र जमिन बीचमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो ।  चट्याङ्ग पर्दा ठूलो मात्राका विद्युतीय करेन्ट बहने हुँदा मानवीय क्षति, भौतिक संरचनाको क्षति,पशुपंक्षीको क्षति लगायत आगलागीका घटनाहरु हुने गर्दछ । बादल भित्रका स–साना बरफ तथा पानीका कणहरुको घर्षणका कारण विद्युतीय चार्ज उत्पन्न हुन्छ र सो चार्ज अत्याधिक मात्रामा उत्पन्न भएपछि बादलले समेत थेग्न नसक्ने भए पश्चात बादल बादल बीच, अथवा बादल र जमिन बीच विद्युतीय चार्ज प्रवाह हुन्छ  । सोही विद्युतीय प्रवाह नै चट्याङ्ग हो । 
 
चट्याङ्ग कति प्रकारका हुन्छन् ?
सामान्यतया चट्याङ्ग दुई प्रकारका हुन्छन् । बादल देखि जमिनमा पर्ने चट्याङ्ग र  बादल भित्रै पर्ने चट्याङ्ग । बादल भित्रै पर्ने चट्याङ्गले हामीलाई कम असर गर्दछ । बादल देखि जमिनमा पर्ने चट्याङ्गले भने भौतिक तथा मानवीय क्षति पु¥याउँदछ । सामान्यतया घरमा प्रयोग हुने विद्युतमा १६ देखि ३२ एम्पियर सम्मको करेन्ट बहन्छ भने चट्याङ्गबाट  तीन हजार देखि तीन लाख एम्पियर सम्मको करेन्ट बग्ने गर्दछ । चट्याङ्गका कारणले नेपालमा मात्र वार्षिक औसतमा एक सय १० जनाले ज्यान गुमाउने गर्दछ भने करिव ३ सय ५० जना घाइते हुने गरेका छन् ।  त्यस्तै ५ सय भन्दा बढी  जनावरहरु चट्याङ्गका कारण मर्ने गरेको तथ्याङ्क रहेको छ  । त्यस्तै चट्याङ्गका कारण घर तथा जंगलमा आगलागी हुने गरेको छ ।  अहिले जति जति प्रविधिको विकास हुदै गएको छ, त्यतिनै  मात्रामा चट्याङको असर र क्षति बढ्दै गएको छ । 
 
चट्याङ्ग खास गरी कुन समयमा बढी पर्ने गर्दछ ?
नेपालमा हेर्ने हो भने सामान्यतया पूर्व मनसुनमा (चैत १५ देखि असार १५ सम्मको समयावधिमा ) बढी मात्रामा चट्याङ्ग पर्ने गर्दछ । तथापि मनसुन तथा वर्षा याममा  पनि चट्याङ पर्ने गर्दछ  तर पूर्व मनसुनमा जति धेरै भने पर्दैन । त्यस्तै कात्तिक, मंसिर र पुसमा भने चट्याङ निकै नै कम पर्ने गर्दछ ।  
 
चट्याङ्ग विषेश गरी कुन स्थानमा बढी पर्ने गर्दछ ?
चट्याङ्ग सामान्यतया सबै स्थानमा पर्ने गर्दछ । नेपालमा अग्ला अग्ला हिमालहरुमा चट्याङ्ग कम पर्ने गर्दछ भने पूर्वि झापामा चट्याङ्ग सबैभन्दा बढी पर्ने गर्दछ । मानवीय क्षतिका हिसावले भने मकवानपुर जिल्लामा बढी रहेको छ । मकवानपुरमा चट्याङ्गका कारण वार्षिक करिब १० जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । भुभागका हिसावले तराई र चुरे क्षेत्रमा सबै भन्दा बढी चट्याङ्ग परेको पाइन्छ । त्यस्तै खोचमा पनि चट्याङ पर्ने गर्दछ । काठमाण्डौमा चट्याङ्ग कम मात्रामा परे पनि पोखरामा भने बढी पर्ने गर्दछ । पोखरामा मानविय भन्दा विद्युतीय , भौतिक साधनहरुमा बढी क्षति भएको पाइन्छ । चट्याङ्ग निश्चित ठाउँमा मात्र पर्दैन । तर केही क्षेत्रमा बढी मात्रामा चट्याङ्ग पर्ने गर्दछ । 
 
चट्याङ्गबाट कसरी सुरक्षित रहन सकिन्छ ? यसको बारेमा बताइदिनुहोस् न । 
चट्याङ्ग प्राकृतिक प्रक्रिया हो हामीले यसलाई रोक्न सक्दैनौ । चट्याङ्गलाई रोक्नु पनि हुँदैन । चट्याङ्गले बोटबिरुवाका लागि आवश्यक नाइट्रोजन ग्यासलाई नाइट्रोजन अक्साइडमा परिर्वतन गर्ने तथा ओजन तहका लागि समेत आवश्यक पर्ने हुँदा चट्याङ्ग पर्न आवश्यक छ  । चट्याङ्ग पर्दा बादल देखि जमिन सम्ममा विद्युतीय करेन्ट बहने हुँदा  बादलमुनि अग्ला स्थानमा यसले बढी असर पु¥याउँछ । चट्याङ्ग पर्दा अग्ला रुख वरिपरि बस्नु हुँदैन भने, खुल्ला स्थानमा एक्लै बस्नु पनि  हुँदैन । सकभर पक्की घर भित्र बस्दा मानवीय हिसावले सुरक्षित हुन सकिन्छ । यद्यपि पक्की घरका सामग्रीहरु, कच्ची घरहरु चट्याङ्गका दृष्टिले सुरक्षित छैनन् । चट्याङ्गबाट बच्न हाल सम्म वैज्ञानिक र व्यवस्थित ढंगले बच्न प्रत्येक घरमा धातुका पाता तथा रडहरुको प्रयोग गरी सामान्य खर्चमा घर तथा संरचनालाई सुरक्षित बनाउनुका साथै मानवीय क्षतिलाई न्युनिकरण गर्न सकिन्छ । 
 
नेपालमा चट्याङ्गबाट वार्षिक कति क्षति हुने गरेको छ ? तथ्याङ्कगत रुपमा बताईदिनुहोस् न । 

विगत २०६८ साल देखि गृहमन्त्रालयको तथ्याङ्कलाई हेर्ने हो भने  गत असार सम्म ८ सय ८७ जनाले ज्यान गुमाएको छ । २०६८ साल यता औषतमा हेर्ने हो भने वार्षिक एक सय १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै वार्षिक तीन सय ५० भन्दा बढी घाइते हुने गरेका छन् । त्यस्तै ५ सय भन्दा बढी जनावरहरु चट्याङ्गका कारण मर्ने गरेका छन् । गत भदौमा मात्रै बाजुरामा  एउटै चट्याङ्गले दुई सय ५० भेडा मरेका छन् । चट्याङ्ग सम्बन्धि  सरकारले आवश्यक जनचेतना फैलाउन नसक्दा वर्षेनी ठूलो क्षति बेहोर्नु परेको हो । 
 
चट्याङ्गबाट बच्नका लागि सरकारले के–कस्तो सहयोग गर्नु पर्ला ?
चट्याङ्गबाट बच्ने प्रविधि कुनै ठूलो रकेट विज्ञान होइन । यो प्राकृतिक घटना हो । एक ठाउँमा बढी मात्रामा भएको विद्युतीय चार्ज अर्को ठाउँमा असन्तुलनका कारण बग्न खोज्छ र सो विद्युतीय चार्ज नै करेन्ट हो । ठूलो मात्रामा बहने विद्युतीय करेन्ट चट्याङ्ग हो । चट्याङ्गलाई सहजसँग बहन दिनका लागि तामा, जिआई, अन्र्तराष्ट्रिय मापदण्डका एल्मोनियमका तार जस्ता धातुको प्रयोग गरेर घर तथा भवनहरु जोगाउन सक्छौ । यी सरल तथा सामान्य उपायद्धारा चट्याङ्गबाट घर तथा भवन जोगाउन सकिन्छ । 
 
चट्याङ्ग र अर्थिङबीच कस्तो सम्बन्ध रहेको छ ?
 चट्याङका असरलाई हामीले दुई किसिमले हेर्न सक्छौ । एउटा संरचना सिधै ध्वस्त पार्ने र अर्को अप्रत्यक्ष रुपमा  घर तथा भवन भन्दा १०, १५ किलो मिटर टाढा चट्याङ्ग परेर विद्युतीय तार , खानेपानी पाईप सँगै भोल्टेज बढेर आउने र विद्युतीय सामग्रीहरुलाई असर पु¥याउने गर्दछ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चट्याङ्ग पर्दा कसरी बच्ने भन्ने विषयमा जानकारी लिनु आवश्यक छ । अप्रत्यक्ष रुपमा  पर्ने चट्याङ्गमा भोल्टेज बढेर आउने हुँदा बढेर आएको करेन्टलाई जमिनमुनि पठाइन्छ त्यसलाई अर्थिङ भनिन्छ । चट्याङ्गबाट बच्नका लागि अर्थिङ्ग गर्नु पर्दछ । अर्थिङ्ग गर्नका लागि ९क्ष्भ्ऋ० इन्टरनेशनल इलेक्ट्रो टेक्निकल कमिसनले निश्चित मापदण्ड तयार गरेको छ । त्यसको सामान्य अनुकरण गरेको खण्डमा पनि हामी चट्याङ्गबाट बच्न सक्छौ । 
 
अर्थिङ्गमा प्रयोग गरीने सामग्रीहरुको गुणस्तरका बारेमा कसरी जानकारी लिन सकिन्छ ?
अर्थिङ्गमा सामान्यतय तामा प्रायेग गर्नु पर्दछ । शुद्ध तामा नभए पनि तामाको कोटिङ्ग हुनु पर्दछ । बजारमा विभिन्न किसिमका मिसावटयुक्त तामा पाइन्छ । यदि तामा छ्ट्याउन गाह्रो हुन्छ भने एल्मुनियमको तार प्रयोग गर्न सकिन्छ । अन्तराष्ट्रिय  मापदण्ड (IEC)  इन्टरनेशनल इलेक्ट्रो टेक्निकल कमिसन मापदण्ड अनुसारका सामग्री प्रयोग गरेको खण्डमा चट्याङबाट बच्न सकिन्छ । 
 
चट्याङबाट बच्न अर्थिङ्ग नै गर्नु पर्ने हो ?
चट्याङ्गबाट बच्न अर्थिङ्ग  गर्नु राम्रो हो यद्यपि अर्थिङ्ग मात्र चट्याङ्गबाट बच्न  काफि हुदैन ।  
 
चट्याङ्गका कारण हाइड्रो पावर, प्राधिकरणको सप्लाई लाइन, डिमाण्ड लाइनमा क्षति पुगेको देखिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?
चट्याङ्गबाट बच्नका लागि हाइड्रो पावरको प्रसारण प्रणालीमा सर्ज एरेस्टरहरु तथा प्रोटेकटर राखिएको हुन्छ । बाहिरी मुलुकमा भएको अभ्यास अनुसार नेपालमा पनि ल्याएर राख्ने गरेको छ । तर उक्त प्रणालीको प्रभावकारिताको मूल्याङ्कन भएको देखिदैन । 
 
चट्याङ्ग र यसको असरबाट बच्न यहाँहरुले विगतका वर्षदेखि कस्तो पहल गर्दै आउनु भएको छ ?
चट्याङ्ग र त्यसको असरबारे बुझि सकेपछि मैले राष्ट्रिय र अन्र्तराष्ट्रिय कार्यक्रमहरु सञ्चालन गरे । विशेष गरी प्राविधिक क्षेत्रका इन्जिनियहरुलाई सहभागी गराई चट्याङ्ग सम्बन्धि तालिम सञ्चालन गर्दै आएका छौ ।  चट्याङ्ग सम्बन्धि अन्र्तराष्ट्रिय अभ्यास के हो ? नेपालमा कस्तो अभ्यास हुनुपर्छ सो विषयमा इन्जिनियरहरुलाई तालिम दिनु आवश्यक छ । भवन संहितामा विद्युत संहितामा  सँगै चट्याङ्गलाई पनि राख्नका लागि पहल गर्दै आएका छौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) को पाठ्यक्रममा पनि चट्याङ्गलाई समावेश गराउनु पर्दछ । चट्याङ्गबाट जोगिनका लागि के गर्ने, कसरी जडान गर्ने भन्ने विषयमा प्राविधिकहरुलाई जानकारी दिनु पर्दछ । भवन निर्माणका लागि महानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा जुन मापदण्ड कायम गरिएको हुन्छ । त्यसरी नै विद्युत र चट्याङ्ग सम्बन्धि पनि आवश्यक मापदण्ड बन्नु पर्दछ । यसका लागि राज्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । 

यहाँले इन्जिनियरहरुलाई चट्याङ्ग सम्बन्धि तालिम प्रदान गर्दै आउनु भएको छ, यसमा राज्यले पनि कस्तो सहयोग पु¥याउँदै आएको छ ?
हामीले प्राविधिकहरुलाई चट्याङ्ग सम्बन्धि तालिम प्रदान गर्दै आएको भए पनि यसमा राज्यको तर्फबाट खास सहयोग हुन सकेको छैन । राज्यको तर्फबाट केही सहयोग हुने हो भने  अन्र्तराष्ट्रिय स्तरका विज्ञहरुद्धारा तालिम प्रदान गर्न सकिन्छ । 
 
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
चट्याङ्ग सम्बन्धि आम नेपाली जनतालाई जानकारी  दिन सरकारको तर्फबाट आवश्यक पहल हुनु आवश्यक छ । चट्याङ्गबाट हुने भौतिक तथा मानवीय क्षतिबाट बच्न र त्यसको जानकारी दिनका  लागि सरकाले महानगरपालिका, नगरपालिका र गाउँपालिकामा कम्तीमा १ जना इलेक्ट्रिकल इन्जिनियरको व्यवस्था गरिनुपर्छ । साथै भवन निर्माण स्वीकृतिका लागि विद्युतीय वायरिङ्गको पनि अनिवार्य स्वीकृति अनिवार्य गरिनुपर्दछ । 
 
 
 
 

प्रतिक्रिया