भर्खरै

सातौं संस्करणको ऊर्जा सम्मेलनमा बाह्य मुलुकबाट ७०० सय भन्दा बढीको उपस्थिति

  • प्रकाशित मिति : Thu-24-Oct-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौं ,कात्तिक । स्वतन्त्र ऊर्जा उत्पादक संघ,नेपाल (इप्पान)ले आगामी मंसिर ५ र ६ गते काठमाडौंमा आयोजना गर्न लागेको सातौं संंस्करणको सम्मेलनमा बाह्य मुलुकबाट ७०० सय भन्दा बढी व्यक्ति तथा संघ संस्थाहरुको उपस्थिति हुने भएको छ । इप्पानले बुधबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर ऊर्जा सम्मेलन (पावर समिट) लाई छिमेकी मुलुकहरूले विशेष चासो देखिएको बताएका छन् । 
 
 सम्मेलनमा खासगरी, भारत, चीन, बंगलादेश तथा भुटानका मन्त्री, सरकारी निकायका साथै निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने इप्पानले जनाएको छ । ‘पाउरिङ द एसियन सेन्चुरी’ भन्ने नाराका साथ सुरु हुन लागेको सम्मेलनमा ऊर्जा उत्पादनमा विदेशी अनुभव र प्रविधि हस्तान्तरण गर्ने उद्देश्य सहित भारत र बंगलादेशबाट बढी सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।
 
कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका अध्यक्ष शैलेन्द्र गँरागाईले सरकारले जलविद्युतमा १८ वटा विभेदकारी ऐनहरु राखेका छन् ती ऐनहरु तत्काल हटाउनुपर्ने बताए । सरकारले जलविद्युत क्षेत्रमा विभेदकारी रुपमा राखेको यी ऐनहरु तत्काल नहटाए जलविद्युत क्षेत्रको विकासमा निकै ठूलो असर पर्ने उनको भनाई छ ।  
 
यस्तै इप्पानका उपाध्यक्ष कुमार पाण्डेले यो सम्मेलन अरु सम्मेलन भन्दा फरक र केही पृथक रहेको बताए । उनका अनुसार सम्मेलनमा ऊर्जा क्षेत्रमा भएको परिस्थितिजन्य परिवर्तन,देखिएका सुधार र देश भित्र तथा बाहिर देखिएका क्षेत्रीय विद्युत व्यापारको अवसर तथा चुनौतीहरु लगायत विषयमा चर्चा हुने भन्दै उनले यस सम्मेलनलाई नेपाल सरकारको ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयको अभिभावकत्व प्राप्त भएको बताए । 
 
उनले राष्ट्रिय योजना आयोग, लगानी बोर्ड,नेपाल विद्युत प्राधिकरण,जलविद्युत लगानी तथा विकास कम्पनी जस्ता सरकारी निकायहरुसँग सहकार्य गरिएको उनले बताए । ऊर्जा सम्मेलन मार्फत क्षेत्रीय विद्युत व्यापारको सम्भावनाको छलफल अगाडी बढाउन छिमेकी मुलुकहरुको व्यापक सहभागिताको लागि ऊर्जा सम्मेलनलाई नेपालमा रहेको भारतीय दुतावास र बंगलादेशी दुतावासबाट महत्वपूर्ण सहयोग तथा समन्वय भएको छ । सम्मेलनमा प्राविधिक सत्र बाहेक द्यगकष्लभकक तय द्यगकष्लभकक ःभभतष्लन लाई प्रोत्साहन दिई लगानी तथा व्यापारमा टेवा पु¥याउने र आधा दर्जन भन्दा बढी विद्युत व्यापार ,वातावरणीय उत्तम अभ्यासहरु तथा समावेशी ऊर्जा क्षेत्र सम्बन्धी सम्झौताहरु हुने इप्पानको विश्वास रहेको छ । 
 
नेपाल–भारत ऊर्जा सहकार्यमा जलविद्युत् उत्पादन तथा अन्तरदेशीय प्रसारण लाइन विकासले गति लिइरहेको छ । तीन वटै देश नेपालको जलविद्युतमा लगानी तथा भविष्यमा यहाँबाट विद्युत् आयात गर्न सकिनेमा आशावादी छन् । बंगलादेशले त सन् २०३० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने घोषणा समेत गरिसकेको उनले बताए । जलविद्युत्को आन्तरिक उत्पादन कम रहेको भारतले आफ्नो विद्युत् प्रणाली बलियो बनाउन नेपालको जलविद्युत् आवश्यक रहेको महशुस गरेको भन्दै हालै सम्पन्न चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई वटा जलाशययुक्त आयोजनामा लगानीको इच्छा देखाउनुले चीनले नेपालको जलविद्युतमा लगानीमा जोड दिएको देखिएको छ  । यो सातौं संस्करणको ऊर्जा सम्मेलन मुख्य विषय विद्युत् व्यापार, क्रस बोर्डर कनेक्टिभिटी तथा लगानीको स्रोत जुटाउने रहेको इप्पानले जनाएको छ ।  

प्रतिक्रिया