भर्खरै

नीजि क्षेत्रले कम मूल्यमा विद्युत उत्पादन गर्नु सराहनिय छ : पूर्व प्रधानमन्त्री नेपाल

  • प्रकाशित मिति : Thu-19-Sep-2019
  • - Admin
title

काठमाण्डौ, असोज । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नीजि क्षेत्रले सरकारले भन्दा सस्तो मूल्यमा  विद्युत उत्पादन गर्नु सराहनीय भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले बुधबार गरेको ‘जलविद्युत आयोजनाहरुको अवस्था र लगानी मैत्री वातावरण’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
 
कार्यक्रममा उनले  छिमेकि राष्ट्र भारतमा विद्युत उत्पादन गर्न सस्तो पर्ने  तर नेपालमा प्रतिमेगावाट विद्युत उत्पादन महंगो पर्ने गरेको बताउदै जलविद्युत क्षेत्रमा भ्रष्ट्राचार हुने गरेको उल्लेख गरे । उनले नीजि क्षेलाई भष्ट्राचार कहाँ, कसरी हुने गरेको छ सबै जानकारी भएको बताउँदै उनले भने “कहाँ कहाँ भ्रष्टाचर भएको छ खोल्नुस्, कुन नेताले कति भ्रष्टाचार गरे, लोकल डनहरु मध्ये कसले पैसा लिने गरेका छन् खोल्नुस्, कसैले पनि उन्मुक्ति पाउन सक्दैनन् ।” कुनै आयोजनाका काम समयमा नै नहुनुका पछाडि भ्रष्टचार रहेको समेत उनले बताए । नीजि क्षेत्रलाई प्रोत्साहन दिने, देश भित्रकै लगानी प्रर्वदन गर्ने, बाह्य लगानीलाई आर्कषित गर्ने जस्ता नीति उपयुक्त भए पनि यस सबन्धि काम हुन नसकेको उनले बताए । उनले आयोजनाको लाइसेन्स लिनेहरुले आयोजनाको जेनेरेसन नगरी लाइसेन्स बेच्ने परीपाठि रहेको समेत बताए । उनले आयोजना निर्माणका क्रममा कुन कुन क्षेत्रमा समस्या आएका छन्, ति विषयमा सम्बन्धित निकायसँग छलफल गर्न आग्रग गर्दै आफनो तर्फबाट गर्नु पर्ने सहयो गर्ने बताए । 
 
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महतले विकासको सबै भन्दा ठूलो क्षेत्र विद्युत रहेको बताए । देशको आर्थिक विकासका लागि लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने खालका नीति ल्याउनु पर्ने पनि उनले बताए । उनले जलविद्युत उत्पादन बढाउन बैंकको ब्याजदरमा अनुदान दिएर लगानी सहज बनाउनु पर्ने, जलविद्युतमा पुनर्कर्जाको अवधि बढाउनु पर्ने बताए । उनले प्रसारण लाइनको समस्याले पनि निजी प्रवर्द्धकलाई आर्थिक नोक्सानी भइरहेकाले यस्तो अवस्थामा विद्युत प्राधिकरणले प्रवद्र्धधकलाई क्षतिपूर्ति तिर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै आफ्नो क्षमता भन्ला बाह्य कारण विद्युत उत्पादन भए पनि क्षतिपूर्ति दिनुपर्ने उनले बताए । तीन तहको सरकारमा वित्तिय बेथिति रहेको उनले उल्लेख गरे । 
 
कार्यक्रममा  रुग्ण जलविद्युत आयोजनाका अध्यक्ष तथा ईन्जिनियर सूर्यप्रसाद अधिकारीले जलविद्युत आयोजनाहरुको वर्तमान अवस्था र लगानी मैत्री वातावरण विषयमा आफ्नो प्रस्तुति प्रस्तु गर्दै “विद्युत ऐन २०४९” र “विद्युत नियमावली २०५०” अनुसार नीजि क्षेत्रले जलविद्युत विकासमा सहभागि हुदै आएको र २५ वर्षको अवधिमा ८३ वटा आयोजनाबाट नीजि क्षेत्रले ५ सय ६१ मेगावाट विद्युत उत्पादन गरेको बताए । त्यस्तै सरकारी क्षेत्रबाट विद्युत उत्पादन सुरु गरेको १०८ वर्षको अवधिमा ३० वटा आयोजनाबाट ५सय ६३ मेगावाट विद्युत उत्पादन गरेको बताए । त्यस्तै सरकारी क्षेत्रबाट हाल सम्म निर्माणधिन अवस्थामा रहेका आयोजनाहरु ९ सय ५७ मेगावाट क्षमताका ९ ओटा र नीजि क्षेत्रबाट २ हजार ६ सय १४ मेगावाट क्षमताका १ सय २० वटा आयोजना रहेका जानकारी दिए । त्यस्तै पिपिए गरी निर्माणाधिनमा जान लागेका आयोजनाहरु सरकारी तर्फबाट शून्य रहेकोमा नीजि क्षेत्रबाट २ हजार ८ सय ४५ मेगावाट क्षमताका १ सय ३० आयोजना रहेको बताए । त्यस्तै सर्वे गरी लाइसेन्स प्राप्त गरेका आयोजनाहरु सरकारी तर्फबाट २ हजार २ सय ८५ मेगावाटका १० वटा र नीजि क्षेत्रका ४ हजार ९ सय ८८ मेगावाट क्षमताका २ सय ९२ वटा आयोजनाहरु रहेको जानकारी दिए । 
नीजि क्षेत्रले जलविद्युतमा हाल सम्म ७ खर्व रुपैयाँ लगानी गरीसकेको  र आगामी ५ वर्षको अवधिमा नीजि क्षेत्रको थप लगानी १२ खर्व रुपैयाँ हुने बताए । उनले ठूला र साना जलविद्युत आयोजनाहरुमा असमान खरिद दर भएको बताए । बैंक ब्याजदर  घटबढ भइरहेने, सुख्खा याममा  नदीको वहाबमा हुने कमीका कारणले २८ प्रतिशत ह्रास आउने गरेको बताए । 
 
जलविद्युत उत्पादनमा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका भए पनि नीजि क्षेत्रले विभिन्न समस्या भोग्दै आएको उनले बताए ।  नीजि क्षेत्रले भोग्दै आएका यस्ता समस्या समाधान गर्नका लागि विद्युत खरिद दरमा समयानुसार समायोजन गर्नु पर्ने, जलविद्युत लगानीको व्याजदरमा नियन्त्रण एवं संचालनमा  रहेका आयोजनाहरुमा दीर्घकालिन रिफाइनान्सको सुविधा हुनु पर्ने, जलविद्युतका लागि पूर्वाधारमा  गरिएका लगानी फिर्ता गर्नुपर्ने, जलविद्युत निर्माणसँग अन्र्तसम्बन्धित सरकारी निकायका बीच उचित समन्वय हुनुपर्ने बताए ।  
 
 
जलविद्युतमा गल्तिले पनि लगानी नगर्नुहोस् : ऊर्जा उद्यमी प्रधान 

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले जलविद्युतमा गल्तिले पनि लगानी नगर्न आग्रह गरेका छन् । जलविद्युत क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै उनले भने “जलविद्युत क्षेत्रमा गल्तिले पनि लगानी नगर्नुहोस्, मैले गल्तिले लगानी गरे ।” उनले विगतमा सबै नेपालीलाई जविद्युतमा लगानी गर्न आग्रह गर्दै आए पनि अब लगानी गर्न आग्रह नगर्ने बताए । सरकारले नीजि क्षेत्रबाट उत्पादित विद्युत सस्तोमा किन्ने र भारतबाट महंगो मूल्यमा आयात गर्ने गरेको बताउँदै जलविद्युतमा नेपालीलाई मारेर विदेशीलाई पोस्ने नीति सरकारले लिएको बताए । उनले जलविद्युत नीति परिमार्जित हुनुपर्ने पनि उल्लेख गरे ।  जलविद्युतले जस्तो विकास कुनै क्षेत्रले गर्न नसक्ने बताउँदै नीजि क्षेत्रले सरकारले भन्दा बढी विद्युत उत्पादन गरेको बताए । जब सम्म नीजि क्षेत्रले काम गर्दैन तब सम्म देश विका सम्भव नहुने पनि उनले बताए । 
 
त्यस्तै ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले जलविद्युत आयोजना व्यवस्थापन गलत भएको बताए । उनले नेपाल विद्युत प्राधिकरणको हेपाह प्रवृति रहेको पनि उल्लेख गरे । उनले बनिसकेका आयोजनाहरुले विना भेदभाव कर्जा पाउनु पर्ने, चिलिमे जलविद्युत आयोजनालाई जति सुविधा दिइएको छ ति सबै सुविधा अन्य आयोजनाले पाउनु पर्ने उल्लेख गरे । त्यस्तै विदेशी कम्पनीले करेन्सी हेजिङ पाउँदा  स्वदेशी लगानीले करेन्सी हेजिङ नपाएको प्रति असन्तुष्टि व्यक्त गर्दै जलविद्युत लगानीमा राज्यले ठोस नीति ल्याउनु पर्ने बताए । 
 
 
 
 
 

प्रतिक्रिया