भर्खरै

माथिल्लो खोरुङ्गा जलविद्युत आयोजना काम ९२ प्रतिशत सकियो,आगामी ३ महिना भित्र विद्युत उत्पादन सुरु गर्ने

  • प्रकाशित मिति : Sun-18-Aug-2019
  • - प्रदिप श्रेष्ठ
title

 काठमाण्डौं,साउन । तेहथुम जिल्लाको मेन्छ्यायेम गाउँपालिकामा ९५ प्रतिशत तेहथुमबासीको लगानीमा निर्माणाधिन ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा साना जलविद्युत आयोजनाको काम औषत रुपमा ९२ प्रतिशत सम्पन्न भएको छ । शनिबार तेहथुम पावर कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभाको आयोजना गरी हाल सम्म आयोजनाको काम ९२ प्रतिशत सम्पन्न भएको जानकारी दिएको हो ।

 

आयोजनाले आगामी ३ महिना पछि बाट व्यापारिक उत्पादन शुरु गर्न लागेको छ । कार्यक्रममा तेहथुम पावर कम्पनी लिमिटेडका अध्यक्ष भूपतिलाल श्रेष्ठले आयोजनाबाट निर्धारित तालिकाभन्दा २ महिनाअघि विद्युत उत्पादन गर्ने गरी काम भइरहेको बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता अनुसार २०७६ पुस १ गतेबाट व्यापारिक विद्युत उत्पादन गर्ने तालिका छ । देशमा रहेको विद्यमान ऊर्जा संकट कम गर्न स–सानो पुँजी संकलन गरी नेपाली उद्यमीहरुको सहकार्यमा आयोजनाको पहिचान,निर्माण र संचालन गरेर ऊर्जाको माग परिपूर्ति गर्न सहयोग गर्ने उद्धेश्यले कम्पनीको स्थापना भएको उनको भनाई छ ।

 

उनले भने ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीले अर्को २ मेगावाटको खोरुङ्गा–ताङ्माया जलविद्युत आयोजनाको पनि संभाव्यता अध्ययन सम्पन्न गरेर पिपिएको चरणमा रहेको उनले बताए । जलविद्युतको महत्वपूर्ण पक्ष स्थानीयको सहयोग र सर्मथन रहेको भन्दै उनले ९५ प्रतिशत स्थानीयको लगानी रहेको हाम्रो यो आयोजना देशकै नमुना आयोजना हुने बताए । कार्यक्रममा उनले कम्पनीको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै हाल आयोजनाको सिभिल निर्माण कार्य र हाइड्रोमेकानिकल कार्य ९० प्रतिशत सम्पन्न भएको र इलेक्ट्रेमेकानिकल कार्य र ट्रान्समिसन तथा इन्टरकनेक्सन सवस्टेशनको कार्य क्रमश ९५ र ८५ प्रतिशत सम्पन्न भएको बताए । विद्युतगृहको संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ भने विद्युतगृहको संरचना निर्माण भई इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि भइरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत ४.७ किलोमिटर दुरीको जिरी(खिम्ती सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्दैछ ।आयोजना सम्पन्न गर्न १ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

 

त्यस्तै कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले तेहथुम वासीहरुले आफुसँग रहेको पानीको स्रोतलाई सदुपयोग गरी छरिएर रहेको सानो पुँजीलाई संकलन गर्दै जिल्लावासीलाई नै लगानीकर्ता बनाएर निर्माण गरेको यो आयोजना एक उदाहरणीय आयोजना रहेको बताए । उनले भने हामी ठूला लगानीकर्ताहरुलाई पनि प्रोत्साहन गछौं र छरिएर रहेका पुँजीहरुलाई जम्मा गरेर आफ्नो विकास आफै गर्ने तथा आफै पनि त्यसमा सहभागी रही त्यसबाट मुनाफा लिने खालको आयोजनाहरुलाई सरकारले विशेष प्राथमिकता दिदैं आईरहेको बताए । यस्ता सबै किसिमका आयोजनाहरुलाई प्रोत्साहन र हौसला दिनु सरकारको दायित्व रहेको उनको भनाई रहेको छ । यस खोरुङ्गा खोलामा पानी खासै धेरै नभएता पनि यसका अतिरिक्त निर्माण हुन लागेको २ मेगावाटको तल्लो खोरुङ्गा आयोजना निर्माण भएपछि यी दुई आयोजना एकदमै आर्कषक आयोजनाको रुपमा रहने बताउँदै यस आयोजना सम्पन्न भएपश्चात तेहथुमवासीलाई समृद्धि र विश्वासको बाटोमा लैजाने उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको शेयर धनी भन्ने सरकारको नारालाई सार्थक बनाउँन छरिएर रहेको पँजीबाट ठुला लगानी संकलन गर्ने उद्धेश्यले ३५ सय मेगावाट क्षमताको जनताको जलविद्युत कार्यक्रम सञ्चालन भईरहेको छ,उनले भने धेरै मानिसलाई विश्वास नभएको यो कार्यक्रम अहिले सम्भव भईरहेको छ । विद्युतका शेयर धनी बन्ने सबै आयोजनाहरु राम्रा नहुने भन्दै राम्रा र नाफामुलक आयोजनाहरु सरकारले ग्यारेन्टी तथा नेतृत्व गरेर मुनाफा योग्य बनाउन सरकारले प्रयत्न गरिरहेको बताए । हाम्रो आर्थिक समृद्धिको मुल आधार नै पानी तथा जलस्रोत रहेको समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago