भर्खरै

इजरायली होम बायोग्यास प्रविधि नेपालमा

  • प्रकाशित मिति : Wed-24-Jul-2019
  • - Admin
title
 
काठमाण्डौ, साउन । नेपालमा पहिलोपटक वातावरणमैत्री इजरेली होम वायोग्याँस प्रविधि भित्रिएको छ । घरभित्र उत्पादन हुने, कुहिने फोहोरबाट घरभित्रै ग्याँस र अर्गानिक मल उत्पादन गर्ने इजरेली प्रविधि नेपाल भित्रिएको हो । 
क्लिन इनर्जी नेपालले ल्याएको सो प्रविधिबाट घरमा जम्मा भएको फोहोरबाट सहज तरिकाले ग्याँस र अर्गानिक मल उत्पादन गर्न सकिने  छ । क्लिन इनर्जी नेपालका निर्देशक विपीन खेतानका अनुसार तीन वर्षअघि  ल्याएको सो प्रविधि काठमाण्डौको वालुवाटार, बानेश्वर,  ललितपुर महानगरपालिका दुई विद्यालयमा  नमूना रूपमा परीक्षण गरिएको र सो सफल भएको बताए । 
 
हालसम्म यो प्रविधि आठ घरमा जडान गरिसकेको र एक वर्षभित्र एक हजार घरधुरीमा पु¥याउने लक्ष्य राखिएको निर्देशक खेतानले जानकारी दिए । यो प्रविधि सहरमा भएकोे फोहोरको समस्या समाधानका लागि सबैभन्दा उपयुक्त  हुने उनको भनाई रहेको थियो । यो प्रविधिलाई पहिलो चरणमा नगरपालिकाभित्र पु¥याउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम र प्रर्दशनीहरू आयोजना गर्न लागेको उनले जानकारी दिए । 
 
‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ भने प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गानिक मल उत्पादन हुन्छ । 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट आउने  अनुदान पाइने सो प्रविधिमा उपभोक्ताले ५९ हजार मात्र तिरे पुग्छ । फोहोर हालेपछि कुनै गन्ध नआउने तथा सहज तरिकाले आफँै ग्याँस उत्पादन हुन सक्ने सो प्रविधि काठमाण्डौभित्र मात्र उपयोग गर्न सकेमा ६० प्रतिशतसम्म ग्याँस आयात विष्थापन हुने, फोहोर व्यवस्थापनमा सहज हुने तथा कौसीमा तरकारी खेती गर्नेका लागि अर्गानिक मल समेत सहज पाउन सकिन्छ । इजरायलमा विकसित सो प्रविधि विश्वका ९२ राष्ट्रमा पुगेपनि नेपालमा भने हालै भित्रिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago