भर्खरै

यहि महिना भित्र पावर केबुल बिक्रि गर्ने योजनामा छौं

  • प्रकाशित मिति : Fri-08-Feb-2019
  • - माधव अर्याल प्रबन्ध सञ्चालक,मेगा इलेक्ट्रिक केबुल एण्ड वायर इण्डष्ट्रिज
title

नेपाल हाउस वायरीङ्ग केबुल उत्पादनमा आत्मनिर्भर बनि सकेको छ । हाउस वायरीङ्ग केबुल उत्पादक कम्पनीहरु नेपालमा हाल सम्म २२ ओटा रहेको छ । यसै बीच केबुल उत्पादक कम्पनी मेगा इलेक्ट्रिक केबुल एण्ड वायर इण्डष्ट्रिजका प्रबन्ध सञ्चालक अर्यालसँग कम्पनीका बारेमा, कम्पनीले गर्दै आएका कार्य, यसको गुणस्तर, नेपालभर यसको बजार अवस्था, नेपाल सरकारले पु¥याउँदै आएको सहयोग, कच्चापदार्थ आयातमा हुने समस्या, भन्सार बिन्दुको अवस्था लगायतका विषयमा विद्युत संसारका भीमलाल श्रेष्ठले गरेको कुराकानी संक्षेपमाः मेगा इलेक्ट्रिक केबुल एण्ड वायर इण्डष्ट्रिजका बारेमा बताईदिनुहोस् न । मेगा इलेक्ट्रिक केबुल एण्ड वायर इण्डष्ट्रिजको स्थापना आज भन्दा करिव सात वर्ष अघि (वि.स २०६८) केही व्यावसायिक मित्रहरुको सहकार्यमा भएको हो । मेगा इण्डष्ट्रिजले स्थापनाको सुरुवाती चरणमा धेरै अप्ठ्यारा परिस्थितिहरु पार गर्दै अहिलेको अवस्थामा आइपुगेका हौ । उपभोक्ताको विश्वास र मायाका कारण हामी अहिले आम उपभोक्ताका माझ चिनिन सफल भएका छौ । हामीले हाम्रा प्रोडक्टहरु नेपालभर पु¥याउने योजना अनुरुप हाम्रा प्रोडक्टहरु नेपालभर बिक्रि वितरण गर्दै आएका छौ । ग्राहकहरुको विश्वास नै हाम्रो हौसलाको प्रमुख कारक हो । हामीले गुणस्तरयुक्त प्रोडक्टहरु उत्पादन गर्दै आएका छौ । मेगा केबुलले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गर्ने एनएस चिन्ह् प्राप्त गरिसकेको छ । हामी यहि वर्षबाट नै गुणस्तर विभागले निर्दिष्ट गरे अनुरुप मल्टिस्ट्रयाण्ड केबुल उत्पादन गर्दै छौ । यसै गरी हामीले एसिएसआर (ACSR) मा पनि नेपाल गुणस्तर चिन्ह् प्राप्त गरिसकेका छौ । एकै छाना मुनि मेगा केबुलका विभिन्न प्रोडक्टहरु उपलब्ध गराउने उद्धेश्यले अनुरुप पावर केबुलको पनि उत्पादन सुरुवात गरेका छौ । हामी यहि महिनाबाट पावर केबुल बिक्रिमा ल्याउने योजनामा छौ । मेगा केबुलले प्राविधिक क्षेत्रलाई कत्तिको प्राथमिकता दिएको छ ? हाम्रो क्षेत्र नै प्राविधिक क्षेत्र हो । हामीले हाम्रो उत्पादनमा प्राविधिक क्षेत्रलाई महत्वपूर्ण स्थान दिएका छौ । उपभोक्ताहरुको पूर्ण विश्वासका कारण ले नै हामी अहिलेको अवस्था सम्म आईपुगेका हौं । मेगा केबुल गुणस्तरयुक्त केबुल हरु मध्ये एक रहेकै कारण अहिले सम्म कुनै पनि दुर्घटना भएको पाइदैन । आम उपभोक्ताले मेगा केबुललाई रुचाएको पाएका छौ । उपभोक्ताहरुले हाम्रो प्रोडक्टमा पूर्ण विश्वास गर्नुभएको छ । अहिले नेपाली बजारमा मेगा केबुलको नाम नै काफि छ । मेगा केबुलको भावी योजना बारे बताइदिनुहोस् न । देशभर रहेका ७७ ओटा जिल्ला मध्ये केही जिल्लामा मेगा केबुल पुग्न सकेको छैन । हामीले आगामी बैशाख सम्म ७७ ओटै जिल्लामा मेगा केबुल पु¥याउने योजना बनाएका छौ भने पावर केबुल पनि यहि महिना भित्र बिक्रि गर्ने योजनामा छौ । मेगा केबुलका उत्पादनहरुका बारेमा बताइदिनुहोस् न । हामीले एकै छानामुनीबाट मेगा केबुलको हरेक उत्पादनहरु उपभोक्ता तथा ग्राहकहरुमाझ पु¥याउने प्रयास गरिरहेका छौ । हामीले अहिले परिमार्जित मल्टिस्ट्याण्ड केबुल, सर्भिस (कन्सन्ट्रिक) केबुल फुल रेन्जमा उत्पादन गर्दै आएका छौ भने पावर केबुल पनि उत्पादन गर्ने तयारीमा छौ । हाउस वायरी· केबुलमा नेपाल आत्मनिर्भर छ भनिरहँदा तार उत्पादक संघ (नीमा) ले कस्तो भूमिका निर्वाह गरेको पाउनु भएको छ ? नीमाले आफ्नो तर्फबाट गर्नुपर्ने कार्यहरु गर्दै आएको छ । हाउस वायरीङ्ग केबुलमा नेपाललाई आत्मनिर्भर बनाउन नीमाको भूमिका उल्लेखनीय छ यद्यपि हामी हाउस वायरीङ्ग केबुलमा आत्मानिर्भर छौ भन्दा भन्दै पनि हामीले सतप्रतिशत उत्पादन गर्न सकिरहेको छैनौं । हाम्रा प्रोडक्टहरु विदेशी भन्दा केही महंगो पर्न जाँदा अझै पनि विभिन्न मुलुकबाट केबुलहरु आयात हुने गरेको छ । यसको अन्त्यका लागि नीमा र नेपाल सरकारले नेपाली उद्योगहरुलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनलाई नै प्रयोग गर्ने वातावरण बनाउनु पर्दछ । कच्चापदार्थहरुको आयात गर्दा भन्सारबिन्दुमा कस्ता कस्ता समस्याहरु झेल्दै आईरहनु भएको छ ? केबुल उत्पादनका लागि आवश्यक कच्चापदार्थ हामीले अहिले तेस्रो मुलुकबाट आयात गर्नु पर्ने अवस्था रहेको छ । दोस्रो मुलुकबाट पर्याप्त मात्रामा कच्चा पदार्थ नहुँदा तेस्रो मुलुकबाट आयात गर्नु परेको हो । हामीले दोस्रो मुलुकबाट कच्चापदार्थ आयात गर्दा हामीलाई केही सहज हुन्थ्यो भने तेस्रो मुलुकबाट आयात गर्नु पर्दा धेरै झन्झटहरु बेहोर्नु पर्दछ । कच्चा पदार्थ यदि समयमा नै आइपुग्ने हो भने उद्योग निरन्तर सञ्चालन हुनुका साथै कम समयमा नै उत्पादन गर्न सकिने, लागत कम लाग्ने हुन्छ । कच्चापदार्थ आयात गर्दा निर्मित सामग्री आयात गर्दा भन्दा भन्सारदर केही सस्तो छ यद्यपि सरकारले कच्चापदार्थ आयातमा भन्सारदर अझै सस्तो गर्न सके उद्योगीहरु अझै लाभान्वित हुने छन् भने नेपालमा उत्पादन भएका वस्तु विदेश निर्यात गरी आर्थिक उपार्जन गर्न सकिन्छ । यसले उद्योगी र सरकार दुवैको अर्थतन्त्रमा सहयोग पु¥याउँछ । हामीले भन्सारमा अहिले भ्याट बाहेक ४.७५ प्रतिशत भन्सार शुल्क तिर्दै आएका छौ । केबुल उत्पादक कम्पनीहरु बीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ? व्यावसायिक क्षेत्रमा प्रतिस्पर्धा हुनु स्वभाविक हो । तर अस्वस्थ प्रतिस्पर्धा हुनु राम्रो होइन । कुनै पनि व्यवसायीले नेपालका जुनसुकै स्थानमा आफ्ना उत्पादनहरु बिक्रि गर्न पाउँछन् । तर क्षणिक रुपमा व्यवसाय गर्ने र दीर्घकाल सम्म व्यवसाय गर्ने भन्ने विषयमा उत्पादक कम्पनीहरुको प्रमुख जिम्मेवारी रहन्छ । गुणस्तरयुक्त सामग्री उत्पादन गर्ने कम्पनी दीर्घकाल सम्म टिक्छ भने सामग्रीहरु बिक्रि गर्दा कमिशन र छुटको प्रलोभन देखाई कम गुणस्तरका सामग्री बिक्रि गर्ने कम्पनीहरु लामो समय सम्म टिक्न सक्दैन । यस्तो व्यवसाय क्षणिक मात्र हुन्छ । सरकारले केबुल उत्पादन गर्ने मेगा केबुल जस्ता उद्योगहरुलाई कस्तो सहयोग गर्दै आएको छ ? नेपाल सरकारले केबुल उत्पादक कम्पनीहरुलाई हाल सम्म आवश्यक सहयोग गरेको पाइदैन । उद्योग स्थापना गर्ने सरकारात्मक वातावरण छैन भने उद्योगले पाउनु पर्ने सम्पूर्ण सुविधाहरु प्राप्त छैन । बैंक व्याजदरमा हुने घटबढ, भन्सादरमा हुने समस्या, नियमित विद्युत आपूर्ति नहुनु जस्ता समस्याका कारण उद्योगमा लगानी गर्न उद्योगीहरु उत्साहित देखिदैन । सरकारको तर्फबाट हुनुपर्ने सहयोग पूर्ण रुपमा भएको छैन । मेगा केबुलले प्राविधिकहरुलाई कस्ता तालिम प्रदान गर्दै आएको छ ? हामीले हाम्रा प्राविधिकहरुलाई समय समयमा आवश्यकता अनुसार विभिन्न तालिम प्रदान गर्दै आएका छौ । हामीले यसका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग संग पनि सहकार्य गर्दै आएका छौ । विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुले यस केबुलका बारेमा कत्तिको जानकार छन् ? विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियन हाम्रो अभिन्न अंग जस्तै हो । कुनै कम्पनीले उत्पादन गर्ने केबुलहरु कुन गुणस्तरको छ, कस्तो प्रकारको हो भन्ने विषयमा इलेक्ट्रिसियनहरु बढी जानकार हुने गर्दछन् । हामीले मेगा केबुलका गुणस्तर, यसको किफायति बारेमा समय सापेक्ष इलेक्ट्रिसियनहरुलाई जानकारी दिदंै आएका छौ । त्यसैले मेगा केबुल कस्तो प्रकारको केबुल हो, यसको गुणस्तर कस्तो रहेको छ भन्ने विषयमा इलेक्ट्रिसियनहरु जानकार नै छन् । अन्त्यमा के भन्न चाहनुहुन्छ ? नेपालमा जति पनि केबुल उत्पादक कम्पनीहरु रहेका छन् । ती केबुल उत्पादक कम्पनीहरुलाई स्तरीय केबुल उत्पादन गर्न आग्रह गर्दछु । हामीले स्तरीय केबुल उत्पादन ग¥यौ भने उपभोक्ताहरु सुरक्षित हुन्छन् । त्यस्तै उद्योगीहरुलाई सरकारले आवश्यक सुविधा प्रदान गर्नुपर्दछ । उद्योग सञ्चालन गर्न उपयुक्त वातावरण सिर्जना गर्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार