भर्खरै

“उर्जानै देशको आर्थिक समृद्धिको मेरुदण्ड”

  • प्रकाशित मिति : Wed-29-Aug-2018
  • - ई. भानुभक्त लामिछाने डाईरेक्टरः नेपाल ट्रान्सर्फमर एण्ड एलाईट इन्जिनियरीङ
title

विगत ४ वर्ष देखि नेपालमा नेपालकै स्ट्याण्र्डमा आधारित भई गुणस्तरयुक्त ट्रान्सर्फमर उत्पादन गर्दै आउनु भएका नेपाल ट्रान्सर्फमर एण्ड एलाईट इन्जिनियरीङ्गका डाईरेक्टर भानुभक्त लामिछाने सँग नेपालमा ट्रान्सर्फमर उत्पादनको सम्भावना, यसको आवश्यकता, माग, ट्रान्सर्फमर उत्पादक कम्पनीलाई सरकारले पु¥याउँदै आएको योगदान, ट्रान्सर्फमरको आयत तथा यसको न्यूनिकरण, नेपालमा उत्पादन हुने ट्रान्सर्फमरको गुणस्तर लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

 

नेपाल ट्रान्सर्फमर एण्ड एलाईट इन्जिनियरीङको परिचय र यसको उद्धेश्य बारे बताइदिनु होस् न । 

वि.स २०६९ सालमा विन्द्यावासीनि विद्युतीय उपकरण केन्द्र का रुपामा स्थापना भएको यस कम्पनी वि.स २०७१ सालमा नेपाल ट्रान्सर्फमर एण्ड एलाईट इन्जिनियरीङ्ग का रुपमा स्थापना भएको हो । सुरुमा नेपाल विद्युत प्राधिकरणको हाई लस स्ट्याण्र्डमा आधारित भई ट्रान्सर्फमर उत्पादन गर्दै आएको यस कम्पनी अहिले प्राधिकरण कै लो लस स्ट्याण्र्डरमा आधारित भई ट्रान्सर्फमर उत्पादन गर्दै आईरहेको छ । देशको आर्थिक समृद्धिको मेरुदण्ड नै ऊर्जा हो । लामो समय सम्म टिकाउ हुने तथा गुणस्तरीय ट्रान्सर्फमर उपभोक्तालाई उपलब्ध गराउने उद्धेश्यको साथ नेपाल ट्रान्सर्फमर एण्ड इलाईट इन्जिनियरीङ्गको स्थापना भएको हो । 
नेपाल ट्रान्सर्फमरले उपभोक्ताहरूलाई गुणस्तरयुक्त ट्रान्सर्फमर मात्र बिक्रि वितरण गर्दै आएको छ । पछिल्लो समयमा भारतबाट धेरै ट्रान्सर्फमहरू आयात हुने गरेको छ । कतिपय कम्पनीहरूले गुणस्तरयुक्त भन्दा पनि सस्तो मूल्यमा ट्रान्सर्फमर उपलब्ध गराउँदै आएको छ । जसले गर्दा ट्रान्सर्फमरले तोकिएको क्षमतामा काम गर्दैन । जस्तो १सय के.भी क्षमताको ट्रान्सर्फमरले आफ्नो पूर्ण क्षमतामा काम गरेको हुँदैन । ट्रान्सर्फमरले पूर्ण क्षमतामा काम ग¥यो या गरेन भनि निरिक्षण तथा अनुगमन गर्ने निकाय नहुँदा यस्तो भएको हो । यद्यपी हामीले उपभोक्तालाई गुणस्तरीय एवं टिकाउ हुने ट्रान्सर्फमर उपलब्ध गराउँदै आएका छौ । 

 नेपाल ट्रान्सर्फमर एण्ड एलाईट इन्जिनियरीङ्गले आम उपभोक्ताहरूको हितका लागि ट्रान्सर्फमर उपलब्ध गराउँदै आएको छ भन्न खोज्नु भएको हो ?

हो । हामीले अहिलेको नयाँ प्रविधिको ट्रान्सर्फमरहरू उत्पादन गर्दै आएका छौ । हामीले उत्पादन गर्दै आएको ट्रान्सर्फमरको फ्लक्स डेन्सिटि १.७ रहेको छ । जुन अहिलेको अवस्थामा निकै उच्च फ्लक्स डेन्सिटि हो । हामीले ट्रान्सर्फमरमा करिव ४ देखि ५ वर्ष सम्मको वारेन्टी दिदै आएका छौ । हाम्रो ट्रान्सर्फमर को क्षमता अनुसार लोड लिएन भने कुनै पनि ट्रान्सर्फमर फिर्ता गर्न सकिन्छ । 

तुलनात्मक रुपमा अन्य ट्रान्सर्फमर भन्दा यस कम्पनीको ट्रान्सर्फमरको वारेन्टी धेरै हुनुको कारण के हो ? यसका बारे बताईदिनुहोस् न । 


कुनै पनि सामग्रीको निश्चित आयु हुन्छ । ट्रान्फरमरको पनि निश्चित आयु हुन्छ । ट्रान्सर्फमरमा वारेन्टी दिने विषयमा ट्रान्सर्फमर भित्र जडित सामग्री कस्तो रहेको छ, त्यसमा भर पर्दछ । ट्रान्सर्फमरमा कोर र क्वाइल मुख्य रुपमा हुन्छ । हाई ग्रेटको कोर र शत प्रतिशत कपरको क्वाइल राखिएको छ भने ट्रान्र्फमरको वारेन्टी दिनमा कुनै समस्या हँुदैन । हामीले उत्पादन गर्दै आएका ट्रान्सर्फमरमा जडित सामग्रीहरू गुणस्तरीय भएकै कारणले हामीले ट्रान्सर्फमरमा ४ देखि ५ वर्षको वारेन्टी दिएका हौ ।
 
नेपाल ट्रान्सर्फमर एण्ड एलाईट इन्जिनियरीङ्गको ट्रान्सर्फमर नै प्रयोग गर्नुपर्छ भन्ने आधारहरू केके रहेका छन् ?

नेपाल ट्रान्सर्फमर सस्तो र नाम मात्रको ट्रान्सर्फमर भए पुग्छ भन्नेका लागि भन्दा पनि निश्चत वारेन्टी सहित गुणस्तर र रिजनेवल प्राइसमा ट्रान्सर्फमर खोज्नेका लागि हो । हामीले उत्पादन गर्ने प्रत्येक ट्रान्सर्फमर नेपाल विद्युत प्राधिकरणको ल्यावमा परीक्षण गर्नु पर्दछ । हामीले उत्पादन गर्दै आएका ट्रान्सर्फरमर नेपाल विद्युत प्राधिकरणको लैनचौर परीक्षण शाखाबाट परिक्षण हँुदै आएको छ । परीक्षणको क्रममा अहिले सम्म हाम्रो ट्रान्सर्फमरमा कुनै पनि कमिकमजोरी तथा गुनासो आएको छैन । 

२०७१ साल देखि नै ट्रान्सर्फमर उत्पादन गर्दै आएको भए पनि अहिले सम्म यस ट्रन्सर्फमरले किन नेपाल गुणस्तर चिन्ह् प्राप्त गरेको छैन ? यसमा के भन्नु हुन्छ ?

हामीले उत्पादन गर्दै आएका ट्रान्सर्फमरहरू गुणस्तरयुक्त छन् । नेपाल विद्युत प्राधिकरणको लैनचौर परीक्षण शाखाबाट परीक्षण हुँदै आएको छ । ट्रान्सर्फमरमा नेपाल गुणस्तर चिन्ह कायम गर्नका लागि प्रक्रियामा छौ आशा गरौ चाडैनै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने छ ।

नेपाल ट्रान्सर्फमर बिक्रीको अवस्था कस्तो रहेको छ ? वार्षिक कति ट्रान्सर्फमर बिक्री हुँदै आएको छ ?

नेपाल ट्रान्सर्फमरको स्थापना २०७१ सालमा भएको हो । स्थापना वर्षमा हामीले ट्रान्सर्फमर उत्पादन गरेनौ । २०७२ सालमा भुकम्प र नाका बन्दिका कारण हाम्रो ट्रान्सर्फमर उत्पादन खासै भएन । नाका बन्दिले हाम्रा कतिपय आयातित सामग्रीहरू भन्सारमा नै अड्केर बसेका कारण समयमा ट्रान्सर्फमर उत्पादन तथा बिक्रि वितरणमा समस्या भएको थियो । वि.स. २०७३ मा १०० थान र वि.स. २०७४ मा १५० थान बिक्रि वितरण गरेका थियौ ।

विभिन्न कम्पनी तथा उद्योगहरूलाई ट्रान्सर्फमर उपलब्ध गराउँदै आउनु भएको छ, उनीहरू यस कम्पनीको ट्रान्सर्फरमर प्रति कत्तिको सन्तुष्ट रहेका छन् ?

हामीले कम्पनी तथा उद्योगहरूलाई ट्रान्सर्फमर उपलब्ध गराउँदै आएका छौ । हाम्रो कम्पनीको ट्रान्सर्फमर प्रति उपभोक्ताहरू सन्तुष्ट रहेका छन् । हामीले गुणस्तरयुक्त ट्रान्सर्फमर प्रदान गर्दै आएका कारण पछिल्लो समयममा ट्रान्सर्फमरको माग बढ्दै गएको छ । लोडसेडिङ्ग अन्त्य भए सँगै उद्योगहरूको संख्यामा पनि वृद्धि हँुदै गएकाले पहिलेको तुलनामा ठूला क्षमताका ट्रान्सर्फमरको माग बढी हुने गरेको छ ।

नेपालमा ट्रान्सर्फमर उत्पादक कम्पनीहरू निकै न्यून रहेको छ, यसका लागि सरकारले कस्ता कार्य गर्नु पर्ला ?

नेपालमा ट्रान्सर्फमरको माग दिन प्रतिदिन बढ्दै गएको छ । अहिलेको अवस्थामा हेर्ने हो भने नेपालमा १० वटा ट्रान्सर्फमर उत्पादक कम्पनीहरू थपे पनि ट्रान्सर्फमरको माग लाई थेग्न सक्ने अवस्था छैन । नेपालको विद्युत क्षमता अनुसार ट्रान्सर्फमर उत्पादन हुन सकेको छैन । नेपालमा विभिन्न मुलुकबाट ट्रान्सर्फमर आयात हुने गर्दछ । 
ट्रान्सर्फमर बिग्रेको खण्डमा तथा त्यसले आफ्नो क्षमतामा काम गर्न नसकेको अवस्थामा उपभोक्ताहरू समस्यामा पर्ने गरेको देखिन्छ । तसर्थ विदेशबाट आयात हुने ट्रान्सर्फमर लाई हतोत्साहित गरी नेपालमा उत्पादन हुने ट्रान्सर्फमर लाई प्रोत्साहन गर्दै जानु आजको आवश्यकता रहेको छ । राज्यले पनि यस विषयमा गम्भिर भई सोच्न जरुरी छ । जसले ट्रान्सर्फमर को व्यापार गरिरहेको छ उनीहरूले विदेशी ट्रान्सर्फमरको बिक्री वितरण गर्नु भन्दा स्वदेशमा नै उत्पादन हँुदै आएको ट्रान्सर्फमरको बिक्री वितरण गर्ने परिपाटी सिर्जना गर्नु सरकारको प्रमुख दायित्व रहन्छ । 

विगत केहि वर्ष पहिले नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमर घोटला काण्डका विषयमा के भन्न चाहनु हुन्छ ?

नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमर घोटला काण्डमा देशको ठूलो बजेट बाहिर गयो । हाम्रो सुनाइ अनुसार नेपालका कम्पनीहरूले पनि टेण्डर विट गरेका थिए तर विभिन्न कारणले गर्दा नेपालका कम्पनीहरूले टेण्डर हात पार्न सकेनन् । मेरो अनुभवमा नेपालमा जतिको गुणस्तरयुक्त र स्ट्याण्र्डडमा आधारित भएर ट्रान्सर्फमर अन्य देशमा उत्पादन हुँदैन । भारत भ्रमणका क्रममा मैले नेपालमा जत्तिको नीति नियम भित्र रहेर ट्रान्सर्फमर उत्पादन भएको देखिदैंन । नेपालको स्ट्याण्डर अनुसार कुनै पनि आल्मोनियम ट्रान्सर्फमर बनाउने भन्ने उल्लेख गरिएको छैन । आल्मोनियम ट्रान्सर्फमर बनाउन नै नसकिने भन्ने होइन,बनाउन सकिन्छ । विश्वमा आल्मोनियमको ट्रान्सर्फमर प्रयोगमा रहेको छ । हामीले पनि बनाउन सक्छौ । तर कपर र एल्मोनियममा फरक छ । सरकारले उक्त ट्रान्सर्फमर घोटला काण्डबाट नयाँ कुरा सिक्ने हो । एउटा ट्रान्सफर्मरमा १ वाट लस हुँदा १,००,००० थान ट्रान्सफर्मरमा १,००,००० वाट लस हुन्छ जसले केही सानो बस्तीलाई बत्ती बाल्न पुग्छ । त्यसैले सकेसम्म घटाउने प्रावधान रहेको छ । तसर्थ सरकारले स्वदेशमा नै उत्पादन हुने ट्रान्सर्फमरलाई प्राथमिकता दिनु पर्दछ । सरकारले स्वदेशी कम्पनीहरूको क्षमता कति छ, क्षमता नभए क्षमता वृद्धि गर्न आह्वान गर्नुपर्दछ । यदि सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने हो भने देशमा रोजगारको अवसर सिर्जना हुनुका साथै नेपालको पैसा बाहिरिन बाट बच्दछ । 

नेपालको स्ट्याण्र्डर अनुसार ट्रान्सर्फमरमा कति प्रतिशत लस हुन्छ, र अहिले कति प्रतिशत लस भईरहेको छ ?

हाल प्राधिकरणको स्ट्याण्र्डर अनुसार जस्तै ५० केभिए ट्रान्सर्फमरमा ७ सय ५० फुल लोड लस र १ सय २० कोर लस रहेको छ । प्राधिकरणको ट्रान्सर्फमर काण्ड पछि प्राधिकरणले ट्रान्सर्फमरको लस घटाएको हो । पुराना ट्रान्सर्फमरहरूमा अझै बढी लस रहेको छ । पुराना स्ट्याण्र्डर अनुसार एउटै ट्रान्सर्फमरहरूमा १ सय वाट भन्दा बढी लस रहेको छ । यस्ता ट्रान्सर्फमरहरू नेपालमा हजारौँको संख्यामा रहेको छ । एउटै ट्रान्सर्फमरबाट १ सय वाट विद्युत खेर जादा हजारौँ ट्रान्र्फमरबाट हजारौँ वाट विद्युत खेर जान्छ । तसर्थ एउटै स्ट्याण्र्डर ग्रेडको ट्रासन्र्फमर लागु गरी सबै उत्पादक कम्पनीले एउटै नियम कायम गर्नु पर्दछ ।

नेपालको माग अनुसार ट्रान्सर्फमर उत्पादन नहुनुका प्रमुख कारणहरू के के हुन् ?

नेपालमा ट्रान्सर्फमरको माग अनुसार आपूर्ति हुन सकेको छैन । नेपालमा ट्रान्सर्फमर उत्पादक कम्पनीहरू को संख्या थोरै रहेको छ । थोरै संख्यामा रहेका कम्पनीहरूले देशको माग अनुसार आपूर्ति गर्न सक्दैन । त्यस्तै दक्ष जनशक्ति अभाव, पुराना टेक्निसियनहरूद्धारा नै काम गर्ने परिपाटी रहेका कारण देशको माग अनुसार उत्पादन गर्न सकेको छैन । जसले गर्दा नेपालमा विदेशबाट ट्रान्सर्फमर आयात गर्नुपर्ने अवस्था रहेको छ । सबै उत्पादक कम्पनीहरूले एउटै गुणस्तरका, एउटै दरमा ट्रान्र्फमरहरू बिक्री वितरण गर्ने हो भने विदेशबाट हुने ट्रान्सर्फमर आयात कम गर्न सकिन्छ ।


देशका लागि आवश्यक इन्जिनियर, डाक्टर जस्ता दक्ष जनशक्तिहरू विदेश पलायन भईरहेका छन् । उनीहरूका लागि के सन्देश दिन चाहनु हुन्छ ? 


अहिले पढेले लेखेका प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिहरू विदेश पलायन भइरहेका छन् । इन्जिनियर, डाक्टर जस्तो क्षेत्रमा अध्ययन गर्ने व्यक्तिहरूको पहिलो योजना नै विदेश गई सम्बन्धित क्षेत्रमा काम गर्ने योजना हुन्छ । यस्तो हुनुको प्रमुख कारण भनेको नेपालमा आफ्नो योग्यता अनुसार काम नपाउनु नै रहेको छ । त्यस्तै सम्बन्धित क्षेत्रमा व्यवसाय, लगानी नहुने । लगानी गरे अनुसार त्यसको प्रतिफल प्राप्त गर्न नसकिने र लगानीको सुरक्षा नहुने हुँदा दक्ष जनशक्ति विदेशीने गरेका छन् । देशमा नै आफ्नो योग्यता अनुसार काम गर्ने वातावरण सिर्जना हुने हो भने विदेश पलायन हुनु पर्दैन । नेपालमा हरेक क्षेत्रमा प्रशस्त सम्भावना रहेको छ । नेपालमा नै केही गर्न खोज्नेका लागि यहाँ अवसर छ । आफ्नो देश बनाउन आफ्नै देशमा काम गर्नुपर्छ र सरकारले दक्ष जनशक्तिहरूलाई उचित स्थानको सम्मान तथा रोजगारीको अवसरहरू सिर्जना गरिदिनुपर्ने जस्तो मलाई लाग्छ । 

विदेश बाट आयातीत हुने ट्रान्सर्फमर न्यूनिकरण गर्नका लागि के गर्नुपर्ला ?

नेपालले भारत, चीन, श्रीलंंका जस्ता विभिन्न देशहरूबाट ट्रान्सर्फमर आयात गरिरहेको छ । नेपालमा ट्रान्सर्फमर उत्पादक कम्पनीहरू नभएका होइनन् सरकारले विदेशबाट सस्तो मूल्यमा ट्रान्सर्फमर आयात गरे पछि कतिपय उत्पादक कम्पनीहरू बन्द भए । सरकारले स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्न नसक्दा ट्रान्सर्फमर आयात गर्नु परेको छ । यसका लागि सरकारले सबै भन्दा पहिला उत्पादक कम्पनीहरूलाई प्रोत्साहन स्वरुप सुविधाहरू प्रदान गर्ने गर्नु पर्दछ । गुणस्तरीय सामग्री उत्पादनका लागि अनुगमन आयोग गठन गर्ने, स्वदेशमा उत्पादित ट्रान्सर्फमर स्वदेशका नै खपत गर्ने,विदेशी ट्रान्सर्फमर खरिद भन्दा नेपालको ट्रान्सर्फमर खरिद मूल्यमा करिव २० प्रतिशत महङ्गो भएपनि स्वदेशमा उत्पादित ट्रान्सर्फमर नै खरिद गर्ने जस्ता कार्यमा सरकारले सहयोग पु¥याउने हो भने विदेश बाट आयतित ट्रान्सर्फमर न्यूनिकरण गर्न सकिन्छ । 

यस कम्पनीको भावी योजना बारे बताईदिनु होस् न । 

ट्रान्सर्फमरका क्षेत्रमा समय अनुसार जानका लागि एउटा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने कम्पनीको भावी योजना रहेको छ । विभिन्न युनिर्भसीटि तथा इन्जिनियरीङ कलेजहरू सँग सहकार्य गरेर विद्युत र यसका एप्लिकेसन, प्रयोग र सुरक्षाका तालिमहरू प्रदान गर्ने योजनामा छौ । आगामी पाँच वर्ष भित्रमा नेपाल ट्रान्सर्फमर लाई अनुसन्धान केन्द्र को रुपमा परिचित गराउनमा म निरन्तर लागिपरेको छु । 

अन्त्यमा यस पत्रिका मार्फत के सन्देश दिन चाहनु हुन्छ ?

ट्रान्सर्फमर निकै सम्वेदनशील वस्तु हो । यसमा सानो गल्ती भयो भने पनि ठूलो धनजनकोे क्षति हुन्छ । तसर्थ उपभोक्ताहरूले सधै गुणस्तरयुक्त ट्रान्सर्फमर प्रयोग गर्न आग्रह गर्दछु । त्यस्तै देशको उत्पादनलाई प्रोत्साहन गर्नु पनि सरकार तथा उपभोक्ता सबैलाई आग्रह गर्दछु ।

प्रतिक्रिया