भर्खरै

“गुणस्तर प्रति उपभोक्ता सजक हुने गरेका छन्”

  • प्रकाशित मिति : Wed-08-Aug-2018
  • - रेशम प्रसाद देवकोटा, महासचिव, नेपाल विद्युतीय व्यवसायी महासंघ
title

नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव,काठमाण्डौ विद्युती यव्यवसायी संघका संस्थापक अध्यक्ष तथा नेपाल लाईट सेन्टरका सञ्चालक रेशम प्रसाद देवकोटा विगत लामो समय देखि विद्युतीय क्षेत्रमा कार्य गर्दै आउनु भएको छ । विद्युतीय व्यवसायका क्षेत्रमा २०५३ साल देखि कार्य गर्दै आउनु भएका उँहा यस क्षेत्रका ज्ञता हुनुहुन्छ । विद्युत व्यवसाय पहिलेको र अहिलेको अवस्था, विद्युतीय व्यवसाय क्षेत्रमा भएका परिवर्तन, विद्युतीय सामग्रीको गुणस्तर, विद्युत व्यवसायका क्षेत्रमा सरकारले पु¥याएको चासो, व्यवसायीहरूको अवस्था, विद्युतीय सामग्री आयातको अवस्था, भन्सार मूल्य लगायत विद्युत क्षेत्र सँग सम्बन्धित भएर विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

विद्यु्तीय व्यवसायी महासंघको स्थापनाका बारेमा बताई दिनुहोस् न । 

नेपाल विद्युतीय व्यवसायी महासंघको स्थापनाको सन्र्दभलाई हेर्दा वि.स २०४७ सालमा इलेक्ट्रिक एशोशिएसन नै महासंघमा रुपान्तरण गरिएको हो । एशोसिएशनका तत्कालिन अध्यक्ष गोविन्द प्रसाद कँडेलको अध्यक्षतामा नै महासंघ स्थापना भएको हो । वि.स २०६७ सालमा नेपालको पूर्व देखि पश्चिम सम्म का १२ ओटा जिल्ला संघहरू आवद्ध भए पछि महासंघका रुपमा दर्ता भएको हो । हाल महासंघमा १९ ओटा जिल्ला संघहरू आवद्ध रहेका छन् भने पाल्पा,स्याङजा, भक्तपुर, गोरखा र धादिङ जिल्ला महासंघमा आवद्ध हुने प्रक्रिया रहेको छ । 

महासंघमा आवद्ध जिल्ला संघहरूलाई आगामी दिनमा कसरी लैजाने सोचमा हुनुहुन्छ,यसको भावी योजना बारे बताइ दिनुहोस् न । 

हाम्रो महासंघको साधारण सभाका क्रममा जिल्ला संघहरूले गुणस्तरीय सामग्री बिक्रि वितरण, अस्वस्थ प्रतिस्पर्धा न्यूनिकरण, व्यावसायिक प्रवद्र्धन तालिम, तारको मूल्यमा एकरुपता, न्यून विजकिकरण लगायतका विषयमा संकल्प प्रस्ताव प्रदान गर्नु भएका थियो । जिल्ला संघहरूले प्रस्तुत गरेको संकल्प प्रस्ताव अनुरुप नै हामीले काम गर्दै आइरहेका छौ । अहिले हाम्रो मूख्य उद्धेश्य बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नु, व्यवसायीहरूको हकहितका लागि काम गर्नु नै रहेको छ । हामीले पछिल्लो समयमा व्यवसायीहरूलाई व्यावसायिक प्रवद्र्धन तालिम प्रदान गर्दै आएका छौ भने गुणस्तरीय सामग्री विक्रि वितरणका लागि पनि जोड दिदँै आएका छौ । यसरी महासंघमा जिल्ला संघहरूबाट आएको हरेक सकारात्मक सुझाव र विभिन्न तालिमहरू दिई जिल्ला संघहरूलाई अगाडि बढाउने सोचमा हामी रहेका छांै । 

न्यून विजकिकरणका सम्बन्धमा कस्ता कार्य हुँदै आएको छ ?

न्युनविजकिकरण बजारमा एउटा समस्यमको रुपमा रहेको छ । सरकारले आफ्नो ढंगले भन्सार मूल्य कायम गर्दा यस्तो समस्या आएको हो । बजारमा न्यून विजकिकरण मात्र नभई (ओभर मूल्याङकन) अधिक विजकिकरण पनि हुँदै आएको छ । यस्ता समस्याहरूको अन्त्यका लागि हामीले पहल गर्दै आएका छौ । अहिले हामीले विद्युतीय सामग्रीहरूका मूल्यको डाटा संकलन गर्ने कार्य गरिरहेका छौ । हामीले महासंघ मार्फत नै यो सामग्रीको भन्सार मूल्य यति राख्दा उचित हुन्छ भनी सरकार समक्ष जाने योजनामा छौ । यसका लागि हामीलाई उद्योग वाणिज्य संघले पनि सहयोग पु¥याउँदै आएको छ । त्यस्तै जिल्ला संघहरूबाट पनि डाटा संकलन कार्य हुँदै आएको छ । 

तारको मूल्यमा एकरुपता कायम गर्नु पर्दछ भन्ने विषयमा विभिन्न जिल्ला संघहरू लागि पर्दै आएको छ, यसमा महासंघले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?

तारको मूल्यमा एकरुपता कायम गर्ने विषयमा विद्युत व्यवसायी संघ चितवनले पहिलो पटक प्रस्ताव ल्याएको हो । कुनै पनि व्यवसायीले निश्चित प्रतिशत नाफा राखेर व्यवसाय गर्नु पर्दछ भन्ने मान्यता अनुसार तारको मूल्यमा एकरुपता ल्याउन लागेका हौ । यसका लागि महासंघले सबै जिल्ला संघहरूलाई पत्र पठाइ सकेको छ । जिल्ला संघहरू आन्तरिक छलफल बाट आएको निष्र्कषलाई मान्यता प्रदान गरी तारमा मूल्यमा एकरुपता गर्ने छौ । तारको मूल्यमा एकरुपता कायम भए सँगै गुणस्तरमा पनि एकरुपता कायम हुन्छ । जसले उपभोक्तालाई पनि सहज हुने गर्दछ ।

तारको मूल्यमा एकरुपता कायम गर्ने विषयमा तार उत्पादक संघ (निमा) ले कस्तो प्रतिक्रया दिदै आएका छन् ?

तारको मूल्यमा एकरुपता कायम गर्ने विषयमा तार उत्पादक संघ (निमा) सँग पटक पटक छलफल हुँदै आएको छ । निमाले पनि गुणस्तरमा कसैले तलमाथि गर्नु हुँदैन । यदि गुणस्तरमा केहि कमिकमजोरी भएको छ भने थाहा भएमा उत्पादक कम्पनीलाई आवश्यक कारर्वाही गर्न सहयोग गर्ने जनाउँदै आएको छ । अहिले ३÷२०, ३÷२२ को तार भन्दा पनि मल्टिस्ट्याण्ड तार उत्पादन तथा प्रयोग गर्ने प्रचलन बढे सँगै नेपालमा पनि यसको प्रचलन सुरुवात भएको छ । साउन १ गते देखि नेपाल भर मल्टिस्ट्याण्ड तार प्रयोगमा ल्याउन गुणस्तर विभागले निर्देशन दिएको भए पनि मल्टिस्ट्याण्ड तार उत्पादन गर्ने उपकरणहरू विदेशबाट ल्याउनु पर्ने भएको हुँदा अझै केहि समय लाग्ने भएको हो । मल्टिस्ट्याण्ड तार प्रयोगमा ल्याउनु अहिलेको आवश्यकता हो । मल्टिस्ट्याण्ड तार उत्पादन तथा प्रयोग गर्नु पर्छ भन्ने सबैको धारणा रहेको छ । यस विषयमा जिल्ला संघहरूलाई सजग गराउँदै आएका छौ । 

मल्टियट्याण्ड केबुल भन्दा ३÷२०, ३÷२२ को तार नै राम्रो छ भन्ने व्यवसायीहरू पनि छन्, कतै जनचेतनाको अभाव भएको त होइन ?

३÷२०, ३÷२२ को तार भन्दा मल्टियट्याण्ड केबुल नै राम्रो र उपयोगी तार हो । व्यवसायीहरूले यस्तो भने जस्तो मलाई लाग्दैन । यद्यपि मल्टिस्ट्याण्ड तार भन्दा ३÷२०, ३÷२२ को तार नै राम्रो छ भन्ने व्यवसायीहरू छन् भने यो गलत बुझाई हो जस्तो मलाई लाग्छ । 

महासंघले व्यवसायीहरूलाई के कस्तो किसिमको तालिमहरू प्रदान गर्दै आएको छ ?

 कुनै पनि जिल्ला संघहरूका व्यवसायीहरूलाई तालिम प्रदान गर्नु परेको खण्डमा महासंघले आवश्यक सहयोग पु¥्याउँदै आएका छौ । व्यवसायीहरूको नेतृत्व विकास, व्यक्तित्व विकास तथा प्राविधिक शिक्षा सम्बन्धि तालिम प्रदान गर्नु परेको खण्डमा महासंघले प्राविधिक सहयोग पु¥याउँदै आएको छ । हालै केही जिल्लाहरूमा महासंघले प्राविधिक सहयोग प्रदान गरिसकेको छ । यस्ता किसिमको सहयोगले जिल्ला संघहरूलाई केहि सहज भएको छ भने व्यवसायीहरू पनि तालिम प्रति उत्साहित भएको देखिन्छ । अझै यस्ता तालिमहरू गर्नु पर्ने उनिहरूको प्रतिक्रिया रहेको छ । आगामी दिनमा महासंघले अझै यस्ता किसिमको सहयोग गर्ने छ । 

राज्यको तर्फबाट महासंघलाई कस्तो किसिमको सहयोग गर्नु पर्ला ?

राज्यले जुन किसिमको सहयोग गर्नु पर्ने हो त्यस्तो किसिमको सहयोग राज्यबाट प्राप्त भएको छैन । हामीले प्रत्येक दुई वर्षको अन्तरालमा इलेक्ट्रो टेक मेला आयोजना गर्दै आएका छौ । यो वर्ष पनि डिसेम्बरमा इलेक्ट्रो टेक मेला आयोजना गरेका छौ । यस्ता मेलाहरूमा हामीले सरकारलाई सहयोग गर्न भने पनि सरकारले त्यस्तो किसिमको कुनै सहयोग गरेको छैन । यदि सरकारले हामीलाई सहयोग ग¥यो भने अन्र्तराष्ट्रिय स्तरमा नेपालको पहिचान दिलाउन सक्ने खालका मेलाहरूको आयोजना गर्ने छौ । 

इलेक्ट्रो टेक मेलामा कस्ता—कस्ता सामग्रीहरू राखिने गरिएको छ ?

इलेक्ट्रो टेक मेला बजारमा आएका विभिन्न किसिमका नयाँ—नयाँ प्रविधिहरूका बारेमा आम उपभोक्तालाई जानकारी गराउने मेला हो । यस मेलामा नितान्त नयाँ प्रविधियुक्त सामग्रीहरू राखिने गरिन्छ । विदेशी बाट पनि मेलामा सहभागी गराउनका लागि हामीले पहल गर्दै आएका छौ । युरोपबाट पनि आउने सम्भावना रहेको छ । विगतको भन्दा यो वर्षको मेला अझै भव्य गराउने हाम्रो योजना रहेको छ । 

गुणस्तरीय सामग्रीहरूको आयातका सम्बन्धमा महासंघको भूमिका कस्तो रहेको छ ?

गुणस्तरीय सामग्री खरिद बिक्रिका सम्बन्धमा हामीले पहिले देखि नै पहल गर्दै आएका हौ । हामीले जिल्ला संघमा गुणस्तरीय सामग्रीमा जोड दिदंै आएका छौ । गुणस्तरहीन सामग्रीको बिक्रि वितरण गर्दा तारहरू सर्ट भई धनजनको क्षति हुने गर्दछ । तसर्थ गुणस्तरीय सामग्री खरिद बिक्रि गर्नु पर्दछ । पहिलाको तुलनामा अहिले गुणस्तर प्रति उपभोक्ता निकै नै सजक हुने गरेका छन् । उपभोक्ता सस्ता सामग्री भन्दा पनि केही महगो भए पनि गुणस्तरयुक्त सामग्री नै खोज्ने गर्दछन् । तर अहिलेको अवस्थामा हेर्ने हो भने नेपाल गुणस्तर मापन गर्ने यन्त्रहरू छैन । यसले गर्दा गुणस्तर प्रति समस्या हुने गरेको छ । सरकारले सामग्रीहरूको गुणस्तर मापन गर्ने प्रयोगशालाको व्यवस्था गर्नु आवश्यक छ । 

नेपाललाईं डम्पिङ साइड बनाउने कार्यमा महासंघ को पनि हात रहेको छ भन्ने सुनिन्छ नि ?

 यो निराधार कुरा हो । हामीले महासंघको स्थापना देखि नै गुणस्तर सामग्रीमा जोड दिदै आएका छौ । महासंघले गुणस्तर सामग्री बिक्रि वितरण गर्नु पर्ने विषयमा आवाज उठाएकै कारण अहिले बजारमा गुणस्तर सामग्री बिक्रि वितरण हुने गरेको छ । अन्र्तराष्ट्रिय स्ट्याण्डरको गुणस्तरयुक्त सामग्रीहरू आयात भइरहेको छ । अबको दिन भनेको गुणस्तरयुक्त सामग्रीको हो । आगामी दिनमा नेपालमा गुणस्तरयुक्त सामग्री मात्र आयात हुने छ । 

व्यवसायीहरूलाई आवश्यक उत्प्रेरणाको कमि छ भन्ने सुनिन्छ, के यो सहि हो ?

यो एकदमै सहि हो । व्यवसायीहरू धेरै विषयमा जानकारी लिन चाहन्छन् । व्यवसायीको आवश्यकता तथा चाहना अनुरुप महासंघले जानकारी दिन सकेको छैन । यद्यपि हामी यस विषयमा अत्यन्तै सम्वेदनशिल भएर लागि परिरहेका छौ ।

भन्सार सन्र्दभ पुस्तिका दर रेट कार्यान्वयनको तहमा महासंघको भूमिका गौण रहेको भन्ने सुनिन्छ नि ,? यसमा के भन्नु हुन्छ ?

भन्सार सन्र्दभ मूल्याङकनमा देश पनि संक्रमण कालमा गएका कारणले भन्सार मूल्य समान रहेको थिएन । जुन वस्तु बजारमा आउने गर्दथ्यो ती सामग्रीहरूमा न्यून विजकिकरण तथा अधिक विजकिकरण हुने गरेको छ । हामीले सामग्रीहरू आयत गर्दा सामग्री जुन हिसावले खरिद गरेका हुन्छौ त्यहि अनुसार भन्सार दर कायम गर्नु पर्दछ । अहिले सरकारले आफ्नो ढंगले भन्सार दर कायम गर्दा कुनै सामग्रीको भन्सार दर उच्च हुने कुनैको निम्न हुने गरेकाले हामीले नेपाल सरकार भन्सार विभागमा गएर यो सामग्रीको मूल्य यति हो र यसको भन्सार दर यति कायम हुनु पर्छ भनि बहस गर्ने छौ । यसका लागि महासंघ लागि परिरहेका छौं । 

व्यवसायीहरूलाई विपद् पर्दा व्यावसायिक हितका लागि महासंघले कस्तो किसिमको सहयोग पु¥याउँदै आएको छ ? व्यवसायीहरूको दुर्घटना बिमा भएको छ या छैन ?

हामीले कुनै पनि भवितव्यलाई न्युनिकरण गर्ने अथवा कुनै सदस्यलाई समस्या परेको खण्डमा राहत प्रदान गर्ने विषयमा छलफल गरि रहेका छौ भने व्यवसायीहरूको विमाका लागि पनि पहल गर्दै आएका छौ । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हामी अहिले इलेक्ट्रोटेक मेला आयोजनाको तयारीमा रहेका छौ । यो मेलामा नेपालमा नै उत्पादन गर्ने उत्पादक कम्पनीहरूलाई बढी प्राथमिकता दिने छौ । यस मेलामा सबै जना उपस्थित भई मेलाको शोभा बढाईदिनु हुन यसै पत्रिका मार्फत अनुरोध गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार