प्राविधिक शिक्षा वर्तमानको आवश्यकता
- प्रकाशित मिति : Thu-26-Jul-2018
- - रामप्रसाद पौडेल
मुलुकले सम्वृद्धि प्राप्त गर्ने एउटा आधार घर घरमा प्राविधिक शिक्षा नै हो । अविकशित मुलुक को सुचिमा नाम दर्ज भएको हाम्रो मुलुक नेपालमा धेरै पटक राजनीतिक क्रान्ति भए पछि मुलुकमा राजनीतिक स्थिरता कायम भएको छ । मुलुकको इतिहांस मै सशक्त र बलियो बनेको वर्तमान सरकार बाट नागरिकको ठुलै अपेक्षा छ । इतिहासको यस्तो बलियो सरकारले के कस्ता सकारात्मक कार्यको थालनी गरेको छ ? गम्भीर बहसको टङ्गकारो आवश्यकता देखिन्छ । राजनीतिक संक्रमणकाल को अन्त्य भए संगै प्रशासनिक संक्रमणकाल को अन्त्य गर्न सरकार सफल हुन सकि रहेको देखिदैन । सरकारको नीति तथा कार्यक्रम बाट मुलुक भित्र कर प्रणली बाट लाभ लिई मुलुक सञ्चालन गर्ने आधार खोजेको जस्तो अनुभुति आम नागरिकले गरि रहेका छन् ।
शक्तिशाली सरकारको नेतृत्व लिन सपथ खाए संगै प्रधानमन्त्रि के.पी ओली ले सिटिइभिटि बाट सम्बन्ध स्विकृति लिएका प्राविधिक शिक्षालयहरू गाँँउ गाँउ मा पु¥याउने र दक्ष प्रविधिक जनशक्ति उत्पादन गर्ने उदघोष त भयो त्यसको परिमाण सकारात्मक रुपमा दक्ष जनशक्ति बजारमा आउन सक्ने आधार खोज्न ढिलाई गरिनु हुदैन । राज्यले बाँडि रहेको प्राविधिक शिक्षा अध्यापन गराइने स्थान र प्रयोगशाला दक्ष प्रशिक्षक लाई ख्यालै नगरि धमाधम सरकारि विद्यालयहरूमा प्राविधिक शिक्षालयहरू सम्वन्धन स्विकृति प्रदानले क्ीऋ परीक्षाको परिणाम का कारण ग्रेडिङ प्रणली मा लानु परेजस्तै प्राविधिकहरू उत्पादन हुँदै गर्दा अदक्ष प्राविधिक उत्पादन भएर मुलुक लाई झन जटिल समस्या त आई पदैन ? समय मा नै यस्ता विषयमा पनि ध्यान केन्द्रित गर्ने कि ?
मुलुकको सम्वृद्धिको ढोका खोल्नको लागी प्रविधि र प्रयोग अनि सकारात्मक सोच परिणाममुखी नीति र जनपक्षिय आधार खोजिनु पर्दछ । आम नागरिको चाहाना पनि यहि हो । जन चाहना अनुरुप सरकारले नीति ल्यान नसकेको हो कि ? सरकार ले प्राविधिक शिक्षा लाई पञ्चायतकालिन व्यवसायिक शिक्षा जस्तो बनाउन खोजेको हो कि ? भन्ने जटिल आशंकाहरूमा वुद्धिजिवी वर्गहरू यक्ष प्रश्न गरिरहेको छन् । क्ीऋ को परिक्षा परिणाम मुल्याङ्कन गर्दै अग्रगामी यात्रमा सरकार लाग्ने हो भने पुर्वाधार प्रयोग सामग्री र दक्ष प्रशिक्षक को व्यवस्थापन र समय सापेक्ष करिकुलम हेरी स्थापना गर्दै लैजानु वर्तमानको परिलक्ष्य हुनु पर्ने मा हचुवाको भरमा सरकार अगाडी बढेको देखिछ । राज्यको करौडौ करोड लगानी गरिएको सरकारी शिक्षा बाट परिणामुखी तथ्य प्रति गम्भीरता पुर्वक अध्धयन गरि त्यसको कारक के हो भनी वैज्ञानिक कारण लाई पन्छाएर सरकारी विद्यालयलाई प्राविधिक शिक्षा धमाधम बाडिन यो हतार मा निर्णय गर्ने अदक्ष जनशक्ति बजारमा आए पछि पछुताउनु पर्ने फेरी बाध्यता नहोला भन्न सकिन्न ।
२०% विद्यार्थि उत्रिर्ण गराउन नसक्ने सरकारी विद्यालयले प्राविधिक शिक्षा जस्तो जटिल शिक्षाको सम्बन्धन बाट कस्तो जनशक्ति उत्पादन होला व्यवस्थापन र मानविकी संकाय पढेका मा.वि शिक्षकहरूले अध्यायन गर्न लगाउने हो भने मुलुकमा प्राविधिक बेरोजार उत्पादन हुन सक्ने खतरा टड्कारो देखिछ । यस्तो प्रकारको कार्य थालनी जसरी पनि गरे भन्नका लागी भन्दा परिणाममुखि मार्ग मा उन्नुमुख हुन पर्ने टङकारो आवश्यकता पर्दछ । दक्ष प्राविधिक जनशक्ति उत्पादन गरि राज्यको सम्वृद्धि को सपनालाई साकार पार्नका लागि ठोस आधारका साथ कार्यान्वयन तर्फ लाग्न सके मात्र मुलुकले काँचुलि फेर्न सफल होला ।
नेपालको अनुमानित
तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा हरेक बर्ष करिब ५ लाख युवा श्रम वजारमा प्रवेश गर्दछन । ति दक्ष अर्ध दक्ष वा अदक्ष के के हुन ? एकिन तथ्याङ्क सार्वजनिक हुन सकेको छैन । बेरोजगार युवा वर्गलाई लक्षित गरि समयानुकल लगानी राज्यले गदै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न तर्फ राज्य लाग्नु पर्ने टङकारो आवश्यकता देखि राज्यले वेरोजगार वर्गको लगत संकलन गरि कुन क्षेत्रमा कति र कस्ता प्रकारका प्राविधिक शिक्षालय खोल्नु पर्ने हो ?त्यसको वैज्ञानीक आधार तयार गर्नु पर्दछ । हचुवाको भरमा प्राविधिक शिक्षालयहरू खेल्दै जाने हो भने प्राविधिक शिक्षमा प्रयोगात्मक गुणस्तरियता को अभाव देखिन सक्छ । त्यो प्रयोगात्मक गुणस्तरियता कायम नभएको जनशक्ति बजार मा आयो भने भयावह स्थिति नआउला भन्न सकिन्न । मुलुकको आवश्यकता भनेको प्रविधिक शिक्षा नै हो । तर प्राविधिक शिक्षा प्रयोगात्मक हुनु जरुरी छ । जस्को कारण रोजगार मुलक मात्र नभएर स्वरोजगार मुलक शिक्षा हुनु पर्दछ । देश देखि विदेश सम्म दक्ष प्राविधिक जनशक्ति पुग्नु पर्दछ । मुलुक निर्माण मा दक्ष प्राविधिक जनशक्तिको अत्यन्त ठूलो भुमिका हुन्छ । प्रधानमन्त्रि के.पि शर्मा ओली ज्युले आफु प्रधानमन्त्रि हुँदा बोल्नु भएको प्राविधिक शिक्षा गुणस्तरिय प्रयोगात्मक प्राविधिक शिक्षाको परिकल्पना गर्नु भएको जस्तो आम नागरिकमा परेको छ । तर वर्तमान अवस्थामा कक्षा नौ र दश मा प्राविधिक शिक्षा र सरकारी विद्यालयमा दिइने अनुमति भवन हेरेर मात्र नभएर प्रयोगात्मकताका लागी दक्ष प्रशिक्षक राख्नु पर्ने प्रयोगात्क सामाग्री को बजेट छुटिनु पर्ने जस्ता कुरा लाई ध्यान नदिई प्राविधिक शिक्षा गाँउ गाँउमा भन्ने नारा मात्रमा काम देखीने हो कि भन्ने आशंका प्राविधिक शिक्षा का विज्ञहरूको रहेको छ ।