“सीप युक्त जनशक्ति विना देशको समृद्धिको कल्पना गर्न सकिदैन”
- प्रकाशित मिति : Wed-18-Jul-2018
- - लक्ष्मी प्रसाद शर्मा, देवकोटा संस्थापक निर्देशकः पिस प्राविधिक तालिम केन्द्र, ललितपुर
नेपालमा पछिल्लो समयमा प्राविधिक विषय प्रति युवाहरूको चासो बढ्दै गएको छ । रोजगारीको अभावका कारण छोटो समयमा नै प्राविधिक विषयका तालिमहरू लिई स्वरोजगार बन्ने उद्धेश्यका साथ प्राविधिक विषयमा युवाहरूको चासो बढ्दै गएको छ । बेरोजगार तथा विद्ययालयको औपचारी शिक्षा लिन नपाएका युवाहरूका लागि प्राविधिक विषयका अतिनै तालिम फलदायी हुन्छन् । प्राविधिक विषयमा तालिम प्रदान गर्ने तालिम केन्द्रहरू धेरै छन् यसै बीच लामो समय देखि प्राविधिक विषयमा तालिम प्रदान गर्दै आएको पिस प्राविधिक तालिम केन्द्रका संस्थापक निर्देशक लक्ष्मी प्रसाद शर्मा सँग प्राविधिक विषयको तालिमको अवस्था, प्राविधिक विषयलाई सरकारले दिएको चासो, यस प्रति युवाहरूको आर्कषण, सिटिईभिटीको भुमिका, पिस प्राविधिक तालिम केन्द्रले पुर्याएको योगदान आदिका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः
पिस प्राविधिक तालिम केन्द्रको बारेमा जानकारी गराई दिनुहोस् न ।
पिस प्राविधिक तालिम केन्द बेरोजगार नेपाली युवाहरू लाई बजारमुखी तथा छोटो अवधीका निर्माण, इलेक्ट्रीकल, मेकानिकल र अटोमेकानिकल जस्ता प्राविधिक विषयका सीप सिकाउने ध्येयका साथ वि.स २०६२ सालमा ललितपुरको बालकुमारीमा स्थापना भई वि.स २०६३ सालमा घरेलु तथा साना उद्योग ललितपुरमा दर्ता भई ललितपुरको ग्वार्कोमा कार्यालय निर्माण गरी सञ्चालनमा आएको प्राविधिक तालिम केन्द्र हो । स्थापना को प्रथम चरणमा यस केन्द्रको प्रमुख उद्धेश्य वैदेशिक रोजगारमा जाने युवाहरूलाई प्राविधिक विषयका तालिम प्रदान गर्नु रहेको थियो । यद्यपी अहिले बेरोजगार युवाहरूलाई प्राविधिक तालिम प्रदान गर्नु र स्वरोजगार बनाउनु यस केन्द्रको मूख्य उदेश्य रहेको छ । यस केन्द्रले ०७१ सालमा प्रविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् बाट छोटो अवधिको तालिम संचालन गर्ने अनुमति लिई हाल सम्म अबिछिन्न रुपमा सीप मुलक तालिम प्रदान गर्दै आईरहेको छ । स्थापना काल देखि अहिले सम्म केन्द्रले १३ जिल्लामा १५ भन्दा बढी टे«डहरूम मोवाइल वेस स्थलगत तालीमको तालिम दिइसकेको छ भने बैदेशिक रोजगारमा जाने युवाहरूका लागी बैदेशिक रोजगारका लागी जनशक्ति छनौट गर्न आएका रोजगारदाताहरूका लागी बिषयगत अन्र्तवार्ता (त्चबमभ त्भकत ख्भलगभ ) का लागी समेत उपयुक्त स्थल बनेको छ । साथै हालैका दिनहरूम हाइड्रो पावर का लागी चाहिने जनशक्ति छनौट गर्नका लागी पनि यस केन्द्रको Work shop र उपकरण प्रयोग भइरहेका छ ।
पिस प्राविधिक तालिम केन्द्रका उदेश्यहरू रहेका छन् ? बताई दिनुहोस् ।
मुलत बेरोजगार नेपाली युवाहरूलाई गुणस्तरिय प्राविधिक तालिमको माध्यम द्धारा स्वदेश तथा बिदेशमा सम्मानित रोजगारीको अवसर प्राप्त गराउनु नै यस केन्द्रको उद्धेश्य हो । साथै यसका लागी यस क्षेत्रका सरोकारवालाहरू र CTEVT संगको सहकार्यमा औधोगिक प्रशिक्षण( Apprenticeship Training) को माध्यम द्धारा राज्यमा सबैभन्दा बढी आवश्यकता महशुस भएको मध्यम खालको प्राविधिक जनशक्ति उत्पादन गर्नु पनि यसको उद्धेश्य हो । अहिले सम्मको अवस्थालाई हेर्दा औद्योगिक प्रशिक्षणद्धारा प्रशिक्षित प्रशिक्षार्थी मा अलि बढी सीपको निखार हुने हाम्रो विश्वास का साथै अनुभव पनि रहेको छ ।
पिस प्राविधिक तालिम केन्द्रमा बिषयगत क्षेत्रमा कति युवाहरूले तालिम लिइसकेका छन, तथ्याङ्ग समेत बताइदिनुहोस न ?
यस तालिम केन्द्रबाट निर्माण क्षेत्रमा १८ सय जना, इलेक्ट्रीकल क्षेत्रमा २५ सय जना, मेकानिकल क्षेत्रमा १२ सय जना, अटोमोवाइल क्षेत्रमा ३ सय जना र टेक्सटाइल एण्ड गार्मेन्ट क्षेत्र ७ सय मा जना गरी जम्मा ६५ सय भन्दा बढीले तालिम लिई सकेका छन् ।
पीस प्राविधिक तालिम केन्द्रको भावी योजनाको बारेमा केही बताई दिनुहोस् न ?
हाल हामी ग्वार्केा र नवलपरासीमा तालिमको लागि बर्कशपका साथै उत्पादन इकाई (Production Unit) समेत स्थापना गरी आफ्नै प्रयासमा मेकानिकल र इलेक्ट्रीकल बिषयको छोटो अवधिको तालिममा Apprenticeship model मा केही युवाहरूलाई प्रशिक्षण दिदै आएका छौ साथै बजारको माग अनुसारका सामाग्रीहरू पनि तालिमकै क्रममा सह उत्पादनको रुपमा उत्पादन गर्दै आइरहेका छौ । निकट भविष्यमै निर्माण र रेफ्ररिजेशन एण्ड एयर कण्डीसन बिषयहरूको पनि यही मोडेल मा तालिम संचालन गर्ने योजनामा रहेका छौ । साथै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद् (सिटिईभिटी) ले अनुमति दिएमाApprenticeship model मेकानिकल, इलेक्ट्रीकल र निर्माण विषयमा प्रमाणपत्र तह सम्मको तालिमहरू संचालन गर्ने योजना रहेको छ ।
सिटिईभिटी अन्र्तगत आंगीक प्राविधिक क्षेत्रमा यहाँहरूको योगदान कस्तो रहेको छ ?
निश्चित रुपमा सटिईभिटी नेपालमा प्राविधिक शिक्षा तथा ब्यवयायिक तालिमका लागी काम गर्ने सबै संस्थाहरूको अभिवावक संस्था हो । यसको दर्शन पनि देशका लागी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नेका लागी स्पष्ट देखिन्छ । जहाँ सम्म योगदानको कुरा छ आजका मिति सम्म सटिईभिटी ले लिएको दर्शनमा यस संस्था सदैव सहयोगी रहेको छ ।
सिटिईभिटी बाट संचालित छोटो अवधिको तालिमहरूको विषयमा यहाँको धारण के छ ?
समय तथा आर्थिक अभावका कारण अथवा भनौ बिद्यालय शिक्षा पुरा गर्न नसकेका युवाहरूका लागी छोटो अवधिको तालिम (बिशेष गरी ३९० घण्टा) निकै लाभदायक मानिएको छ । निश्चित बिषयहरू मा छिटै नै अर्धदक्ष खालका जनशक्ति परिपुर्ति गर्नका लागी छोटो अवधिका को सान्दर्भभिकता सधै हुने देखिन्छ । हाल आएर सिटिईभिटी ले छोटो अवधिका तालिम लिएका हरूका लागी पनि आफ्नो ज्ञान, सीप तथा योग्यतालाई बढाउन केही निश्चित बिषयहरूमा प्रोफेशनल कोर्स १ बर्षे (१६९६ घण्टा) तयार गरी सम्वन्धन समेत अगाडि बढाएको हु“दा छोटो अवधिका तालिम लिइएका युवाहरूको लागी बृति बिकासमा महत्वपुर्ण योगदान रहने मैले बिश्वास लिइएको छु ।
छोटो अवधिको तालिमको सन्दर्भमा मmोलामा इन्ष्टिच्युट राखेर हिडने प्रबृति हावि छ भन्ने गरिन्छ, के सत्य हो ?
हेर्नुस, समाजमा सकारात्मक र नकारात्मक दुबै पाटो छन प्राय सबै खाले ब्यवसायमा यस्तो समस्या छ । प्रभाव र पहु“चका आधारमा काम गर्न र गराउन खोज्नेहरू सबै ठाउमा हुन्छन नै तर यस्तो प्रबृति दिर्घकालिन हुदैन जहा सम्म प्राविधिक शिक्षा र ब्यवसायिक तालिमको कुरा छ यो त अरु साधारण शिक्षामा चाहिने भौतिक पुर्बाधारका अलावा कार्यशाला नभई कसरी प्राविधिक तालिम केन्द्र हुन्छ ? अव मmोलामा नै तालिम केन्द्र राखेर हिडने कुरा जुन छ त्यो त नियमन निकायले सम्वन्धन दिदा र अनुगमनमा हेर्ने अलगै पाटो हो ।
तपाईको अनुभवमा सिटिइभीटीका पाठ्यक्रम तथा प्रयोग गरिने सामाग्रीको गुणस्तरको बारेमा बताइदिनुस न ?
सिटिईभिटी का पाठ्यक्रमहरू हाम्रो पृष्ठभुमीका लागी समय सापेक्ष नै छन । प्राविधिक प्रशिक्षक प्रशिक्षणमा सिटिईभिटी ले हामी जस्ता प्राइभेट तालिम प्रदायकहरूका लागी निकै ठुलो गुन लगाएको छ । बजारमा आएको नयाँ प्रबिधी अनुसार पाठ्यक्रमहरू समयमा नै परिमार्जित गर्न सिटिईभिटी ले सरोकारवालहरू संग छलफल गरी अगाडी बढाइरहेकै देखिन्छ तर हाम्रो श्रोत र साधन अनुसार पाठ्यक्रम तथा प्राबिधिक प्रशिक्षकहरूको क्षमता बिस्तार गर्ने कुरामा सिटिईभिटी को भुमिका संतोषजनक नै रहेको ठान्दछु भने सामग्रीका गुणस्तर सामग्रीहरु सन्दर्भमा समय साक्षेप प्रयोगमा ल्याउन सुझाब दिन चाहान्छु ।
प्राइभेट क्षेत्रका तालिम प्रदायक संस्थाहरू बैदेशिक रोजगारीमा युवाहरू पठाउने ऐजेन्टको रुपमा काम गरिरहेका छन भन्निछ ? के साँचो हो ।
हामी त्यसो गर्देनौ । आधिकारीक रुपमा कुनै संस्था त्यस्तो काम गरेको मलाई जानकारी छैन तर बुमmाईमा फरक हुन सक्छ । जस्तै ः संस्थामा तालिम गरेका युवाले रोजगारीका लागी परामर्श आवश्यक ठानेमा संस्थाले सहजिकरण गरी दिन सक्छ । किनकी तालिम रोजगारीका लागि हो । युवाको इच्छा अनुसार रोजगरी स्वदेशी वा बैदेशिक वा उद्यमशिलता हुन सक्छ । आफ्नो संस्थामा तालिम लिइएको युवालाई रोजागारको लागी उपयुक्त परामर्श दिनु तालिम प्रदायक संस्थाको दायित्व पनी हो । यदी कुनै संस्थाले बैदेशिक रोजगारीका लागी ऐजेन्ट भई कार्य गरेको छ भने त्यो गलत हो ।
निजि क्षेत्र का तालिम प्रदायक सस्थाहरूलाई राज्यका तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ? बताईदिनुहोस न ।
प्राविधिक तथा ब्यवसायिक शिक्षा लगानीको हिसावले साधारण शिक्षा भन्दा धरै महङ्गो छ । रोजगारीको मागको अवस्था र बिषयलाई हेरेर जनशक्ति माग बढी भएको क्षेत्रमा राज्यले निजि क्षेत्रका तालिम प्रदायक संस्थाहरूलाई लागानीका लागी प्रोत्साहान गर्न पर्ने देखिन्छ । जस्तैः मेकानिकल बिषयका तालिम संचालनमा खासै निजि क्षेत्रका संस्थाहरूले त्यतिधेरै तालिम संचालन गर्न सकेका छैनन जबकी यस बिषयको जनशक्तिको बजारमा माग निकै छ । यो बिषय थोरै लगानीमा संचालन गर्न कठीन पनि छ , यस्तो अवस्थामा राज्यले दिर्घकालिन रुपमा कम ब्याजदरमा ऋण दिन सके निजि क्षेत्रले पनि सरकारको समृद्धीको योजनामा सरिक हुनलाई सजिलो हुने थियो । साथै कसैले मैले पुर्बाधार र मापदण्ड अनुसार तालिम केन्द्र बनाएको छु भन्छ र समवन्धित निकायले अनुगमन गर्दा छ भने सिटिईभिटीबाट सम्बन्धन पाउनलाई किन वर्षाै कुर्नु पर्ने ? यो परिपाटीको त अन्त्य नै गर्नुपर्छ ।
अन्त्यमा पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?
प्राविधिक बिषयमा सीप सिक्ने , काम गर्ने सीपलाई मर्यादित र श्रम लाई सम्मान गर्ने परम्पराको थालनी हुन जरुरी छ । प्राविधिक शिक्षा चाहि कम पढेकोले , आर्थिक अवस्था कमजोर भएको वा परम्परागत रुपमा सोही पेशा अगालेकाले मात्र सिक्ने वा पढने भन्ने हाम्रो समाजमा रहेको मान्यतालाई हटाउन जरुरी छ । सीप युक्त जनशक्ति बिना देशको समृद्धी को कल्पना पनि गर्न सकिदैन जस्तो लाग्छ । राज्यले पनि दक्ष र उच्च दक्ष प्राविधिक उत्पादन गर्ने कुरा मा प्राविधिक शिक्षामा सैदान्तिक भन्दा रोजगार मुखी (बजारमुखी ) तालिमका लागी निती, निर्देशन र सामmेदारी गर्नुपर्छ । बिषेश गरी औधोगीक प्रशिक्षण (Apprenticeship model)को तालिम लाई जोड दिइनु आजको अपरिहार्यता भएको छ ।