भर्खरै

“वैकल्पिक उर्जामा वायू शक्ति”

  • प्रकाशित मिति : Wed-07-Feb-2018
  • - ओम प्रकाश श्रेष्ठ ब.प्राविधिक अधिकृत मञ्च, गोरखा
title


विश्वमा जनसङख्या को वृद्धिदर द्रुतगतिमा गतिमा बढ्दै गईरहेको छ । विभिन्न क्षेत्रमा विकास सँगसँगै मान्छेका आवश्यकता पनि दिन प्रति दिन बढ्दै गएको छ । जति जनसंख्या र विकासका गतिहरू तीव्र हुँदै जान्छ त्यति नै उर्जाको आवश्यकता पनि तीव्र रुपमा बढ्दै गइरहेको पाइन्छ । उर्जा र विकास तथा उर्जा र मानव एक अर्काका परिपुरक बनेका छन् । अहिलेको समय अनुसार उर्जा विना मानव जीवन अुधुँरो हुन्छ । आज सम्मको समयमा उर्जा यति नजिक भइसकेको छ । एक दिन मात्र विद्युत तथा उर्जा भएन भने जीवन कष्टकर बन्दछ । रेडियो ,टेलिभिजन सुन्न हेर्न होस या मोटर, पंखा हिटर खाना पकाउन यात्रा गर्नहोस यी सबै विद्युत र उर्जा शक्ति बाट मात्र सञ्चालन हुन्छ । यसको मानव जीवनमा दैनिक प्रयोग हुने गर्दछ । त्यसैले विद्युत र उर्जा को अभावमा मानिसको दैनिकी आवश्यकता पुरा गर्न सकिदैन । जुनसुकै ठाँउमा उर्जा नभई कुनै कामहरू सम्भव छैन । उर्जाका स्वरुपहरू विभिन्न थरिका हुन्छन् । काठ,दाउरा ,खनिज तेल पेट्रोलियम, डिजेल ,जलविद्युत,सौर्य शक्ति इत्यादि सबै उर्जाहरू हुन् । 
 बसाईसराई गरी रातारात अरब पति बन्न चाहनेहरूले वनजंगल फडानी गरी सुन्दर हरियाली वनजंगललाई कुरुप बनाएको छ । यसरी जंगलहरू फडानी हुदाँ ऊर्जाका स्रोतहरू पनि सँगसँगै नाश हँुदै गईरहेको पाइन्छ । हाम्रो हरियो वन नेपालको धन लाई नै ब्रम्मनालमा पुर्याई वातावणमा प्रतिकुल असर पारिरहेको देखिन्छ । त्यसैले उर्जा संकट ,वातावरण प्रदुषण ,बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरू बढ्न गई थुपै समस्याहरू सिर्जना भएको छ । यस्ता समस्याहरू भएकै कारण मानव जीवन दिनप्रति दिन कष्टदायी बन्दै गइरहेको छ । प्रकृतिले दिएको प्राकृतिक सम्पदा उर्जा तथा जलस्रोतहरूको संरक्षण र सदुपयोग सहि तरिकाबाट प्रयोगमा ल्याउन नसकिएकोले उर्जा संकट जस्तो विद्यमान समस्याहरू भोग्न अर्थात् खेप्न परिरहेको छ । त्यसैले सरकारले सरकारी तवर बाट यस्ता स्रोतहरूको संरक्षण प्रति सहि कदम आजै देखि चालिनुपर्ने अपरिहार्य आवश्यकता देखिन्छ । गाँउ घरमा खाना पकाउन काटिने रुख बिरुवाहरूलाई नियन्त्रण गरी गाँउघर तथा पहाडी भेगधका मानिसहरूलाई सरकारले दाउराको सट्टामा कुनै विकल्पको खोज गरि उर्जाको विकल्प दिनु पर्ने देखिन्छ । 
 नेपाल एउटा सानो कल्प वृक्ष हो यहाँ हरेक चीज पाइन्छ । ७० मिटर होचो भु भाग तराई देखि ८८४८ मिटर उचाई सम्म नेपालका भुभाग फैलिएर रहेका छन् । यहाँको आंशिक ठाँउहरूमा निरन्तर रुपमा हावा बहिरहन्छ । यसरी निरन्तर बहने हावाबाट पनि वायू उर्जा शक्तिको उत्पादन गर्न सकिन्छ । समय सापेक्ष अनुसार हावाबाट विद्युत उत्पादन गरी जनतालाई अन्धकारबाट उज्यालोमा ल्याउन सकिन्छ । हाल नेपालको ३ जिल्लामा जस्तै मुस्ताङको जोमसोम, नवलपरासीको दाउन्ने र मकवानपुरको हेटौडामा हावाबाट विद्युत उत्पादन भईसकेको छ । यसरी विभिन्न स्रोत र साधनहरूको सहि संरक्षण र प्रयोगले नै हावा बाट विद्युत उत्पादन सम्भव भएको हो । त्यसैले यहाँ समय अनुसारको हावा पानी फरक फरक हुने गर्दछ । वातावरणको संरक्षण गर्न सके वातावरणमा पाइने हरेक वायु शक्ति बाट उर्जा उत्पादन गर्न सकिन्छ भने खोला नालाबाट जलविद्युत उत्पादन गरी देशलाई आर्थिक समृद्धिले देशको मुहार फेर्न सकिन्छ । विद्युत नपुगेका स्थानहरूमा पनि विद्युत पुर्याउन सकिन्छ । 
 युरोप अमेरिका जस्तो ठुलो स्केलमा उत्पादन गर्न नसके पनि निरन्तर हावा चल्ने टाकुरा, पहाडको चुलाचुलीयामा वायू शक्ति मिटर प्रतिसेमी राखी वायु विद्युत उत्पादन गर्न सकिन्छ । हाम्रो जस्तो देशमा वायु शक्ति विद्युतको ठुलो महत्व छ । सबै ठाँउहरूमा सडक सञ्जालहरू पुग्न नसकेकै कारणले विद्युतीय सेवा पनि पु¥याउन सकेको छैन । सडक यातायात विना कुनै पनि विकासका कार्यहरू सम्भव नभएकोले विशेष गरी पहाडी क्षेत्रमा जलविद्युत र वायू शक्तिको विकास गर्न त्यति सम्भव देखिदैन । सामान्यतया अरुको तुलनामा वायू शक्ति सस्तो र भरपर्दो छ । जलविद्युतलाई जस्तो ठुलो लागत तथा पुँजी नलगाई सानो पुँजीबाट पनि उत्पादन गर्न सकिन्छ । वायूबाट उर्जा उत्पादन गर्न सकेमा इन्धन खपत हुने मेशिनरी यन्त्रहरू विस्थापित भई त्यसबाट निस्कने धुँवा धुलो पनि हटेर वातावरणलाई स्वच्छ सफा र हरावरा राख्न सकिन्छ । गाँउघर जस्ता पहाडी क्षेत्रमा औद्योगिकरण नभएकोले वायू उर्जाको ठुलो महिमा रहेको छ ।  यसबाट स—साना घरेलु तथा साना उद्योगहरू सञ्चालन गरि साना आवश्यकताको परिपुर्ति गरि आय आर्जन बढाउन सकिन्छ र केही हद सम्म समस्यालाई न्युनिकरण गर्न सकिन्छ । नेपालमा ८७ प्रतिशत दुर्गम ठाँउहरू रहेका छन् ती ठाँउहरूका जनतालाई पनि विद्युत शक्ति उपभोग गर्ने अधिकार दिलाउने एकमात्र माध्यम वायू शक्ति नै हो । यस्तै वायू शक्ति क्षेत्रको पहिचान गरी विद्युत उत्पादन गर्न सकेमा गाँउ ठाँउको विकास भई सिङगो देश नै समृद्धिको तर्फ जान्छ । त्यसैले यस्ता क्षेत्रहरूमा सरकारले पुर्णरुपमा ध्यान दिन जरुरी आजको आवश्यकता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार