पोखरा नेपालकै सबैभन्दा कम विद्युत चुहावट हुने स्थान
- प्रकाशित मिति : Wed-12-Jul-2017
- - प्रमुख, सुरज गौतम पोखरा विद्युत वितरण केन्द्र
कालिगण्डकी जलविद्युत आयोजना, मोदी खोला जलविद्युत आयोजनामा कार्य गरि सक्नु भएका , पावर सिस्टम इन्जिनियर तथा पोखरा विद्युत वितरण केन्द्रका प्रमुख सुरज गौतम सँग पोखराको विद्युतको अबस्था, वितरण प्रणाली, उपभोक्तको संख्या , विद्युत व्यवस्थापन, विद्युतीय दुर्घटना र त्यसको समाधान तथा विद्युतका अन्य विविध विषयमा विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठ सँग गरिएको कुराकानिको केही अंश ः
पोखरा विद्युत वितरण केन्द्र अन्र्तगत ग्राहकको संख्या कति रहेका छन् ? यसका बारेमा बताई दिनुहोस् न ।
पोखरा विद्युत वितरण केन्द्र अन्र्तगत हाल सम्म जम्मा ७१ हजार २ सय ५० जना ग्राहकहरु रहेका छन् । त्यस मध्ये घरायसी प्रयोजनका लागि विद्युत प्रयोग गर्ने ८० प्रतिशत ग्रार्हस्थ ग्राहकहरु रहेका छन् । होटल व्यवसाय, हस्पिटल तथा उद्योग मा गरी २० प्रतिशत ग्राहकहरु रहेका छन् । उद्योग तर्फ यस वितरण केन्द्रले पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन प्रा.ली लाई हामीले औद्योगीक फिडर मार्फत विद्युत प्रदान गर्दै आएका छौ र व्यवस्थापन प्रा.ली मार्फत नै अन्य उद्योगहरुमा विद्युत वितरण हुने गरेको छ । २५ के.भि.ए भन्दा माथिका क्षमता भएको र १ सय ५० टी.ओ.डी मिटर जडित ग्राहकहरु पोखरा विद्युत वितरण केन्द्र अन्र्तगत रहेका छन् ।
पोखरा विद्युत वितरण केन्द्रले ग्रामीण क्षेत्रको नियमीत मिटर रिडिङ्ग गर्दै आएको छ त ?
ग्रामिण क्षेत्रमा हाम्रो २५ स्थानमा २५ हजार भन्दा बढी ग्राहकहरु रहेका छन् । ति ग्रामीण क्षेत्रमा हामीले त्रैमासिक रुपमा नियमित मिटर रिडिङ्ग गर्दै आएका छौ । तर हामीले बढी उद्योगहरु रहेका ग्रामीण क्षेत्र साविकको हेन्जा र आर्वा गाविस मा प्रति महिना मिटर रिडिङ्ग गर्नु पर्ने आवश्यकता महसुस गरी क्षेत्रिय निकायबाट सम्बन्धन लिई विगत तीन महिना देखि हेन्जा र आर्वा गाविस मा प्रत्येक महिना नियमीत मिटर रिडिङ्ग गर्दै आएका छौ ।
पोखरा विद्युत वितरण केन्द्रमा हाल सम्म कति कर्मचारी रहेका छन् ? के कर्मचारीहरु पर्याप्त छन् त ?
हाल सम्म विद्युत वितरण केन्द्र पोखरामा केन्द्र बाट स्वीकृत दरबन्दिका प्राविधिक र अप्राविधिक गरी जम्मा १ सय ४५ जना कर्मचारीहरु रहेका छन् । ती कर्मचारीहरु मध्ये ८३ जना स्थायी कर्मचारीहरु कार्यरत रहेका छन् भने बाँकि कर्मचारीहरु स्थायी नभई दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीहरु हुन् । ठूलो क्षेत्र ओगटेको यस वितरण केन्द्रका लागि कर्मचारीहरु पर्याप्त रहेका छैनन् । १ सय ४५ दरबन्दि मध्ये हाल ८३ जना कर्मचारी र ज्यालमा काम गर्ने कर्मचारीहरुले मिटर जडान गर्ने , मिटर रिडिङ्ग,महशुल संकलन गर्ने, विग्रेका ठाउँहरुमा र्ममत सम्भार गर्ने जस्ता कार्य गर्दै आएका छन् । गत माघ मा सरकारले ठूलो संख्यामा कर्मचारी सरुवा गर्नु भन्दा पहिले १ सय ११ जना कर्मचारीहरु कार्यरत थिए त्यस पश्चात कर्मचारी संख्या घटेर ८३ जनामा पुगेको छ । वितरण केन्द्रका लागि कर्मचारी पर्याप्त नहँुदा निकै समस्या पर्ने गरेको छ भने सरुवा पछि कर्मचारीको संख्या घटेसँगै बाँसकोटमा सब स्टेसन सञ्चालन भए पश्चात थप जिम्मेवारी थपिएको छ । सब स्टेसनमा पनि कर्मचारीको अभाव रहेको छ । पूर्ण दरबन्दिका कर्मचारी आवश्यक रहेको विषयमा केन्द्रिय तथा क्षेत्रिय कार्यलयलाई पटक पटक जानकारी छौ र संख्यात्मक भन्दा पनि क्षमताका आधारमा तहगत रुपमा कर्मचारीको माग गरिरहेका छौ । हाल भई रहेको स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात र्पूण रुपमा कर्मचारी आउनेमा आशातित छौ । वि.स २०६४ सालको तथ्याङक अनुसार नै पोखरा वितरण केन्द्रमा १ सय ४५ जना कर्मचारीको दरबन्दि रहेको देखिन्छ ।
के अहिले पनि त्यति नै कर्मचारीले वितरण केन्द्रको आवश्यकता पूर्ति गर्न सक्छ त ?
वि.स २०६४ सालमा पोखरा वितरण केन्द्र अन्र्तगत ४० हजार ग्राहकहरु रहेका थिए । तर अहिले त्यो संख्या बढेर करिव ७२ हजार ग्राकहरु प्ुगि सकेको छ । आज भन्दा ९ वर्ष अगाडी का कर्मचारीको आवश्यकता र अहिलेको अवश्यकतामा त निकै फरक पर्दछ तर अहिले विभिन्न प्रविधिको विकास भए सँगै त्यस बेला १० जनाले गर्ने कार्य अहिले २ जनाल नै सम्पन्न गर्न सक्दछन् तसर्थ १ सय ४५ जना कर्मचारी भएको खण्डमा अहिलेको आवश्यकता पूर्ति हुन्छ जस्तो मलाई लाग्दछ ।
पोखरामा बसोबास गरेका सम्पूर्ण सुकुम्बासीहरुले पूर्णरुपमा मिटर प्राप्त गरेका छन् त?
पर्याप्त कर्मचारीहरुको अभावका बाबजुत पनि हामीले सुकुम्वासी बस्तीमा मिटर जडानका कार्य संचालन गर्दै आएका छौ । सुकुम्वासी टोल विकास संस्थानको तथ्याङकका आधारमा ५४ सय जना सुकुम्वासी रहको मा मिटर प्राप्तका लागि वितरण कार्यलयमा ३५ सय जनाले निवेदन दिएका छन् । हाल सम्म सुकुम्वासी बस्तीमा १५ सय घरमा मिटर जडान कार्य सम्पन्न भईसकेको छ । आर्थिक अभाव र लाईन विस्तारका कारण जुन रुपमा कार्य हुनु पर्ने थियो त्यस रुपमा नभएको भए पनि आगामि आर्थिक वर्ष भित्रमा सम्पूर्ण सुकुम्वासीहरुको घर घरमा मिटर जडान कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ ।
सरकारको उज्यालो नेपाल अभियानलाई साकार पार्न पोखरा विद्युत वितरण केन्द्रले कस्तो भूमिका निर्वाह गर्दै आएको छ ?
ऊर्जा मन्त्रालय मार्फत सरकारले ल्याएको उज्यालो नेपाल अभियान नेपालको लागि आवश्यक र उत्कृष्ट रहेको छ । सरकारको यो योजनालाई साकार पार्न अवस्य नै हरेक विद्युत प्राधिकरणहरुको जिम्मेवारी रहेको हुन्छ । पोखरा विद्युत वितरण प्राधिकरणले पनि यो अभियानलाई मूर्त रुप प्रदान गर्नका लागि प्रत्येक हप्ता कर्मचारीको अभाव भए पनि चुहावट नियान्त्रणका कार्यक्रमहरु गर्दै आएका छौ भने बन्द मिटर बदलि, क्षमता भन्दा बढी एमसिवि को प्रयोग, हुकिङ्ग गर्ने जस्ता कार्यहरुको छड्के निरिक्षण गर्ने जस्ता कार्यक्रमहरु गरिहेका छौ । प्रत्येक हप्ताको कार्य विवरण हामीले क्षेत्रिय कार्यलयमा प्रदान गर्दै आएका छौ । कास्की नेपाल भरको नै सबै भन्दा कम विद्युत चुहावट हुने जिल्लाको रुपमा पनि रहेको छ । पोखरामा विद्युत चुहावट कम हुनुमा यहाँका ग्राहकहरुमा भएको सचेतता प्रमुख कारण हो । तसर्थ चुहावट नियान्त्रणको प्रमुख श्रेय यहाँका ग्राहकहरु लाई नै जाने गर्दछ । हामीले पिक आवरका समयमा विद्युत खपत कम गर्नका लागि जनताहरुमा जनचेतना फैलाउने कार्य गरेका छौ । यस्ता कार्यले सरकारको उज्यालो नेपाल अभियानलाई सहयोग पुग्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
सामाजिक क्षेत्रमा प्रत्यक्ष विद्युतसँग जोडिएका विद्युत व्यवसायी तथा इलेक्ट्रिसियनहरुका लागि कस्ता कार्यहरु गर्दै आउनु भएको छ ?
विद्युतसँग जोडिएका विद्युत व्यवसायी तथा इलेक्ट्रिसियनहरु सँग प्रत्यक्ष रुपमा भेटघाट गरी छलफल तथा कार्यक्रमहरु अहिले सम्म गरेका छैनौ । तर हामीले प्रत्येक उद्योगीहरु चिठी मार्फत उद्योगको पावर फ्याक्टरका बारेमा सचेत गराई रहेका हुन्छौ । पावर बैंक राख्न पनि पत्रचार गर्ने गरेका छौ ।
पोखरा विद्युत वितरण केन्द्रको भावि कार्य योजनाहरु के के रहेका छन् ?
ग्राहकहरुलाई सुविधा दिने ढंगले भएका संरचनाहरुलाई कसरी हुन्छ टिकाउ राख्ने र जनताहरुलाई विद्युतिय सेवा दिने कार्य भई रहेका छन् । गत आर्थिक बर्षका तुलनामा यस आर्थिक बर्षमा हामीले जनतालाई थप सुविधा दिने हिसावले हेन्जा मा सब स्टेसन सञ्चालन गरेका छौ । हालसालै पूर्ण रुपमा सबस्टेसन सञ्चालनमा नआए पनि केही महिना पूर्ण रुपमा सञ्चालन हुन्छ यसले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई थप सुविधा पुग्दछ । सहरी क्षेत्रमा साना साना समस्याहरु हुदा ग्रामीण क्षेत्रका ग्राहकहरुले समस्या भोग्नु पथ्यो तर सब स्टेसन सञ्चालन भए सँगै यस्ता समस्याहरु उत्पन्न हुने छैनन् । पोखरा उपत्यकामा रहेका विजुलिका लाईनहरु जताततै जेलिएका छन् यसलाई अण्डरग्राउण्ड वा तारहरुलाई भुमिगत गराउने कार्य गर्ने योजना ल्याउन पहल गरि रहेका छौ ।
नेपाल विद्युत प्राधिकरणको स्ट्याण्र्डर पावर फ्याक्टर कति हो ?, यसका बारेमा बताई दिनु होस न ।
नेपाल विद्युत प्राधिकरणको वास्तविक पावर फ्याक्ट ०.८ ल्यागिङ्ग हो । विशेष गरि औद्योगिक क्षेत्रमा पावर फ्याक्टरको प्रयोग गरिन्छ । पोखराको हकमा हेर्ने हो भने पोखरा क्षेत्रमा टि.ओ.डी मिटर जडान गर्ने उद्योग एउटा मात्र रहेको छ । यदि पावर फ्याक्टर कमजोर भयो भने कुनै पनि उद्योगमा रहेका मेसिनले आफ्नो क्षमता अनुसार काम गर्नका लागि असक्षम हुन्छ वा मेसिनको रेटिङ्ग भन्दा पनि वर्गिकरण ठूलो हुदा लाइनमा लस हुन्छ र विद्युत कन्ज्युन्सम बढी हुन्छ । जसले गर्दा समस्या उत्पन्न हुने गर्दछ । विद्युत कन्ज्युम्सन हुनबाट बचाउनका लागि पावर फ्याक्टरको प्रयोग गर्ने गरिन्छ । हाल उद्योगहरुमा पावर फ्याक्टरको प्रयोगमा सुधार गर्नु पर्ने देखिन्छ ।
मिटरमा सिलबन्दि नगर्ने तथा कुनै एक ठाउँमा बसेर मिटर रिडि∙ गर्ने जस्ता कार्यहरु हुने गरेको छ भन्ने सुनिन्छ नि यसमा के भन्नु हुन्छ ?
पोखरा विद्युत प्राधिकरण अन्र्तगतका प्राविधिकहरुले सम्वन्धित ठाउँमा नगईकन नै चौतारमा बसेर मिटर रिडिङ्ग गर्ने जस्ता अनियािमत कर्य अहिले सम्म गरेको थाहा छैन । विभिन्न स्थानमा मिटर रिडिङ्ग गर्न जाने प्राविधिकहरुको प्रति महिना पहिलो आईतबार कामको विवरण प्रस्तुत गर्ने गरि हामीले कार्यक्रम संचालन गर्दै आएका छौ । हरेक महिना गरेका कार्य र कर्मचारीहरुलाई परेका समस्याका बारेमा कार्यक्रम सञ्चालन गर्ने हुदा यस क्षेत्रमा घर घरमा नगई चौतारामा बसेर मिटिर रिडिङ्ग गर्ने प्रचलन अहिले सम्मे फेला पारेका छैनौ । कहिले काही नयाँ कर्मचारीहरु अदलबदल हुँदा कतिपय ठाउँहरु नचिन्ने हुदाँ एक दुई महिना सम्म मिटर रिडिङ्ग नगरेका घटनाहरु भने आउने गर्दछन् ।
ट्रान्र्फमर, मिटर, एमसिविहरु प्राप्त गर्न तथा गुणस्तर प्रति जनतालाई सचेत गराउन कस्ता कस्ता कार्य गर्दै आउनु भएको छ ?
विद्युत सम्वन्धी आवश्यक सम्पूर्ण सामाग्रीहरु विद्युत प्राधिरणले नै वितरण गराउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । विद्युत प्राधिकरणको नै छाप अङ्गकित ट्रान्र्फमर, मिटर, एम सिवि हरु वितरण केन्द्रबाट नै जनता समक्ष पुर्याउन सकेको खण्डमा जनताहरुलाई निकै सुविधा पुग्ने देखिन्छ । ग्राहकहरुलाई कुन सामाग्री गुणस्तरयुक्त हो ?, कस्ता समाग्री प्रयोग गर्दा राम्रो हुन्छ भन्ने जस्ता तथ्यहरुको जानकारी उचित रुपमा नहँुदा ग्राहकरु मर्कामा पर्ने गरेका छन् ।
विद्युतिय सामाग्रीहरु प्राधिकरणले नै उपलब्ध गराउदा त व्यवसायीहरु मर्कामा पर्दैनन् र ?
विद्युतीय समागी्रहरु प्राधिकरणले नै उपलब्ध गराउदा व्यवसायीहरु पनि कुनै न कुनै रुपमा असर त पर्छ नै तर पनि ग्राहकहरुलाई गुणस्तरीय सामाग्री प्रयोग गर्ने बानी पार्नका निमित्त दिर्घकालिन रुपमा नभई केही समयका लागि प्राधिकरणको केन्द्रिय कार्यलयले नै ग्राहकहरुलाई सेवा प्रदान गर्ने हिसावले टेन्डर प्रक्रियाद्धारा एमसिवि,मिटर जस्ता आवश्य विद्युतीय सामाग्रीहरु प्राधिकरणबाट नै उपलब्ध गराउने हो भने उपभोक्ताहरुलाई निकै सहज हुन जान्छ साथै बजार मूल्य भन्दा कम मूल्यमा तथा गुणस्तरीय सामाग्रीहरु उपभोक्ताले उपभोग गर्न पाउँछन् । यसले उपभोक्तालाई थप सेवा तथा सुविधा पुग्छ जस्तो मलाई लाग्छ ।
विद्युत क्षेत्रसँग आवद्ध इलेक्ट्रिसियन, व्यवसायी र प्राधिकरण बीच कस्तो सम्वन्ध हुनु पर्छ ?
कुनै पनि घर वा भवन निर्माणका क्रममा विद्युतिय क्षेत्रसँग सम्वन्धित भएर काम गर्ने इलेक्ट्रिसियनहरुको भूमिका प्रमुख रहेको हुन्छ । कुनै पनि विद्युतीय सामाग्री जडान गर्ने क्रममा इलेक्ट्रिसियन आवश्यक पर्ने हुदा इलेक्ट्रिसियनहरुको भूमिका महत्वपूर्ण हुन्छ । तर हाल कुनै पनि घरमा विद्युतिय सामागी्रहरु जडान गर्दा कसले गर्यो भन्ने रेकर्ड हुदैन यसले गर्दा विद्युतीय र्दुघटनाहरु बढ्ने सम्भावना धेरै हुन्छ । तसर्थ घरमा वायरिङ्ग गर्दा होस् या कुनै विद्युतिय सामाग्री फिट गर्दा होस् इलेक्ट्रिसियनको सिफारीस बेगर गर्न नपाइने तथा व्यवसायीहरुले पनि प्राविधिक ज्ञान भएका व्यक्तिलाई रोजगार प्रदान गरेर विद्युतीय सामाग्रीहरुको खरिद तथा विक्रि गर्न सकेको खण्डमा धेरै प्रभावकारी हुने थियो र उपभोक्ता इलेक्ट्रिसियन, व्यवसायी , प्राधिकरण बीच अझै सम्वन्ध बलियो हुने थियो ।
प्राधिकरणले प्रदान गर्दै आएका मिटरहरु ग्राहकहरुले सिफारीस गरेको कति दिन भित्रमा प्राप्त गर्न सक्छन् ?
ग्राहकहरुले प्रक्रिया पुर्याएर मिटरका लागि आवेदन दिएको एक हप्ता भित्र मिटर उपलब्ध गराउने प्रावधान राखेको भए पनि पोखरा विद्युत प्राधिकरणले १५ दिन भित्र उपलब्ध गराउदै आएका थियौ तर सुकुम्वासी बस्तीहरुमा मिटरको माग बढेको हुनाले तथा जनशक्तिको अभावका कारणले प्रावधानमा तोकिएको अनुसार भन्दा केही ढिलाई हुने गरेको हो र हाल मिटर प्राप्त गर्नका लागि एक महिना लाग्ने गरेको छ । मिटरका निमित्त आवेदन दिएका र रकम बुझाई सकेका ग्राहकहरुका लागि यो आ.व को अन्त्य सम्म मिटर उपलब्ध गराउने हाम्रो लक्ष्य रहेको छ ।
पोखरा प्राधिकरणले प्राविधिकहरुका लागि कस्ता तालिमहरु प्रदान गर्दै आएको छ ?
खरिपाटी विद्युत प्राधिकरण काठमाण्डौले तीन, तीन महिनामा इन्जिनियर, सुपरभाईजर जस्ता प्राविधिकहरुका लागि तालिमको आह्वान गरी तालिम प्रदान गर्दै आएको छ । त्यस्तै क्षेत्रिय कार्यलयले पनि टि.ओ.डी तथा सुरक्षाका तालिम प्रदान गर्दै आएको छ भने पोखरा विद्युत प्राधिकरण कै तर्फबाट भने आर्थिक अभावका कारण त्यति ठूला कार्यक्रमहरु संचालन गरेको छैन यद्यपि पोखरा विद्युत प्राधिकरणमा आवद्ध प्राविधिकहरुलाई महिनाको एक पल्ट छलफल तथा मोटीभेसन कार्यक्रमहरु संञ्चालन गर्ने गरेका छौ ।
दिन प्रतिदिन विद्युतीय दुर्घटनाहरु बढ्ने क्रममा पोखरा क्षेत्रमा चाहि कत्तिको दुर्घटना हुने गरेको छ ?
पहिलाको तुलनामा पोखरा क्षेत्रमा विद्युतीय दुर्घटना कम हँुदै गएको छ । गत २ वर्ष भित्रमा पोखरामा विद्युतीय दुर्घटनाबाट २ जनाको मुत्यु भएको छ भने सामान्य विद्युतीय झड्काका घटना पनि घट्ने गरेको छ । विद्युतीय दुर्घटना पूर्ण रुपमा निर्मूल पार्नका लागि जनचेतना फैलाउनुका साथै प्राविधिक क्षेत्रमा कार्य गर्ने प्राविधिकहरुले सुरक्षाका नियमलाई प्रयोगात्मक रुपमा लागु गर्नु पर्ने देखिन्छ । यदि पा्रविधिकहरुले सुरक्षा अपनाएर तथा उपभोक्ताहरुले पनि गुणस्तरीय सामाग्रीको उपभोग गरेको खण्डमा विद्युत दुर्घटना कम हुन्छ ।
के नेपालमा लोडसेडिङ्गको अन्त्य सम्भव छ ?
विद्युत उत्पादनका लागि आवश्यक स्रोतले पूर्ण नेपाल, सरकारले लिएको लक्ष्य अनुरुप कार्य गर्न सके लोडसेडिङ्ग अन्त्य हुन्छ । तर हामी सधै विदशी लगानीमा भर भने पर्नु हुदैन । स्वेदेशी लगानी बढाउनुका साथै सरकारले राष्ट्रिय आयोजनाहरुलाई बढी प्राथमिकता दिन जरुरी रहेको छ । सरकारले नेपालमा मात्र नभएर नेपाल बाहिर पनि विद्युत निर्यात गरी आय आर्जन गर्न सकिने किसिमको योजनाको विकास गर्न जरुरी रहेको छ ।
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?
विद्युत क्षेत्र सँग सम्वन्धित भएर प्रकाशन हुदै आएको यस पत्रिकाले विद्युतका समस्या, समाधान जस्ता सम्पूर्ण क्षेत्रलाई समेट्न सकोस् तथा विद्युत विकासका सकारात्मक समाचारहरुलाई बढी प्राथमिकता दिन सके अझै राम्रो हुने थियो । साथै यसै पत्रिका मार्फत विद्युत उपोक्ताहरुलाई होसियारी पूर्ण एवं सचेत भएर विद्युतीय सामाग्रीहरु प्रयोग गर्न आग्रह गर्दछु र सरकारले प्रत्येक गाउपालिकामा एउटा एउटा विद्युत महशुल काउन्टर स्थापना गर्न सकेको खण्डमा जनताले नै अनुभव गर्ने किसिमको विकास हुने थियो भन्ने मलाई लाग्छ । साथै उज्याले अभियानको सार्थक प्रयास सम्भव देखिन्छ ।