सौर्य उर्जामा नेट मिटरिङ्ग आजको आवश्यकता
- प्रकाशित मिति : Wed-08-Feb-2017
- - प्राध्यापक डा. जगन्नाथ श्रेष्ठ अध्यक्ष, नेपाल सौर्य ऊर्जा समाज
भारतमा फोटोभोल्ट्राएक(photovoltaic)विषयक इन्जिनियरीङमा विद्यावारीधि प्राप्त डा. जगन्नाथ श्रेष्ठ राजधानी काठमाण्डौको गणवहालमा जन्मिएका हुन् । वहाँको अध्ययन पद्मोदय हाईस्कुलबाट माध्यमीक तह र अमृत साईन्स कलेजबाट प्रारम्भीक अध्ययन पुरा भएको थियो । रसियामा इन्जिनियरीङ अध्ययन, त्यस्तैवेलायतमा इन्जिनियरीङ सम्वन्धी कोर्ष गरी भारतमा फोटोभोल्ट्राएक(photovoltaic)विषयक इन्जिनियरीङमा विद्यावारीधि गर्नु भएका हुन् ।
प्रा.डा. नेपाल सौर्य उर्जा समाजका अध्यक्ष समेत हुन् । त्रि.वि पुल्चोक इन्जिनियरीङ अध्ययन संस्थानमा करिव ४० वर्ष आफ्नो ज्ञानको विशेषज्ञता प्रवाह गरेका थिए । सौर्य विद्युत सम्वन्धी करिब ५० ओटा पुस्तकहरु प्रकाशितगरेका विज्ञ श्रेष्ठका विभिन्न पत्र पत्रिकामा थुप्रै अनुसन्धानात्मक लेख रचना, अन्तर्वार्ता प्रकाशित छन् ।
राष्ट्रिय अन्तराष्ट्रिय सभा सेमिनार सहभागिता, जापानको टोकियो स्थित सेकेइ विश्वविद्यालयमा समेत अनुसन्धानकर्ताको रुपमा संलग्न हुनुभएका प्रा. डा.श्रेष्ठ सिटिइभिटि NSTBराष्ट्रिय सीप परीक्षण समीतिमा इलेक्ट्रोनिक्स् नविकरणीय उर्जाको उपसमितिको संयोजक रहेर कार्य सम्हल्दै आउनु भएका छन् ।
राज्यले सम्पुर्ण जनतामा विद्युतीकरणको सेवा पुरयाउने उद्धेश्यका साथ नेपाल बैकल्पिक ऊर्जा केन्द्र मार्फत शहरी ऊर्जा कार्यक्रम मार्फत सोलार ऊर्जामा विशेष चासो राखेको पाइन्छ ।त्यस्तै सौर्य ऊर्जाले धेरै प्राधिकरणको विद्युतीकरण सेवा पुग्न नसकेका ठाउँहरुमा उज्यालो दिएको छ । देशै भरी सौर्य ऊर्जाको विकास गर्न सके नेट मिटरिङ मार्फत उत्पादन गरी राज्यलाई नै सहयोग गर्न सकिने कुरा विज्ञ श्रेष्ठको मत रहदै आएको छ । विद्युत संसारसँगको अन्र्तबार्तामा श्रेष्ठ भन्छन् ‘राम्रो घाम लाग्ने १० स्क्वायर मिटर क्षेत्रबाट सोलार प्यानेलहरु जडान गरि प्रतिदिन ४.५युनिट सौर्य विद्युत उर्जा पैदा गर्न सकिन्छ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ स्क्वायर किलोमिटर रहेकोमा यसको १ प्रतिशत मात्र सौर्य उपकरणहरु जडान गरिएमा यसबाट प्रचुर मात्रामा उर्जा पैदा हुन्छ’ सोर्य ऊर्जा र यसका फाइदा का विषयमा प्रा. डा. जगन्नाथ श्रेष्ठ सँग विद्युत संसारका सम्पादकले लिएको विशेष अन्तर्वार्तामा वहाँले यसरी वतए ः
सौर्य उर्जा भन्नाले के बुझिन्छ ?नेपालमा यसको विषयज्ञान तथा सेवाप्रयोग कसरी प्रवाह भइरहेको छ ?
सौर्य उर्जा भन्नाले सूर्यबाट आउने किरणलाई सोलार सेलहरु प्रयोग गरी उत्पादन हुने उर्जालाई सौर्य विद्युतउर्जा भनिन्छ । सोला सेलहरु पनि विभिन्न किसिमका हुन्छन् कुनै सोलार सेलहरु कम सौर्य शक्ति भएपनि विद्युत उत्पादान हुन्छ भने कुनै सोलार सेलहरुका लागि बढि सौर्य शक्तिको आवश्यकता पर्दछ । सामन्यतय.सोलार सेलहरुका लागि १२बजेको घाम बढि प्रभवकारी मानिन्छ । १२ बजेको घामलाई पिक सन भनिन्छ । नेपालको सन्दर्भमा पिक सन औसतमा ४.५ घण्टा लाग्छ । पिक सन लागेको बेलामा हामीले एक किलोवाट को सोलार सेल प्रयोग गर्दा चार देखि ४.५........ यूनिट विद्युत उत्पादन गर्न सक्छौ ।
तपाई लामो समयदेखि सौर्य उर्जा क्षेत्रमा अध्ययन अनुसन्धानरत हुनुहुन्छ, विगतदेखि हालसम्म सौर्यउर्जा प्रति नेपालीहरुको कस्तो धारणा पाउनुभएको छ ?
सौर्य उर्जा नेपालमा भित्रिएको एकिन तथ्याङक त छैन तर मेरो अनुभवमा सन् १९७० को दशकमा नेपाल दुरसञ्चार समितिले आकाशवाणी प्रयोगमा ल्याउनका निमित्त सौर्य उर्जा उपकरणहरुको प्रयोग गरिएको थियो । त्यस्तै १९८० को दशकमा जापानीजहरुले स्वर्गद्धारीमा खानेपानीका लागि सौर्य उर्जाको उपकरणहरुको प्रयोग गरेका थिए ।त्यस्तै सन् १९९० को सुरुमा फ्रेन्च सरकारको सहयोगमा तातोपानी, गुङगाडी, सिमिकोट जस्ता गाउँहरुमा १सय ३० किलोवाट सौर्य उर्जा उत्पादन गरी घरघरमा सौर्य वत्ति बाल्ने योजना ल्याएको थियो तर त्यो उचित व्यबस्थापनको अभावका कारणले गर्दा उक्त योजना सफल हुन सकेन यसका लागि नेपाल सरकारले पनि त्यति ध्यान दिएको देखिएन । १९९० कै दशक तिर एक अमेरीकनले तनहँुको पुलिमरान गाउँमा सौर्य उर्जाका लागि केहि अनुदान रकम दिए र गाउँलेहरुको पनि आर्थिक सहयोगमा त्यस गाउँको करिव ९० घरपरिवारले ३६ वाटको सोलार प्यनल,७० एम्पियरको व्याट्रिबाट तीन ओटा बत्ति बाल्न मिल्ने सोलारको प्रयोग गरेका थिए । पुलिमरान गाउँमा सोलार बत्ति बालेको पहिलो दिन नजिकै रहेको अर्को गाउँले पुलिमारमा आगोलागि भयो भनि आगोनिभाउन आएको घटना अविष्मरणीय रहेको छ । यो घटनाले त्यस बेला निकै चर्चा पएको थियो । उक्त घटनाको चर्चा पश्चात सरकारले पनि सौर्य उर्जा को विकासका लागि विशेष पहल गरेको थियो । ग्रामिण क्षेत्रमा सौर्य उर्जाका लागि ५० प्रतिशत अनुदान दिएको थियो । यसरी हेर्दा नेपालमा सौर्य उर्जाको विकास निकै उत्साहजनक ढङले भएको देखिन्छ । अहिले नेपालमा ५० मेगावट बराबरको घामबाट बिजुलि निकाल्ने उपकरणहरु जडान भएको देखिन्छ ।
ऊर्जा विकासका लागि आजको अवस्थामा राज्यले सौर्यउर्जा विकासका लागि के के गर्नु आवश्यक देख्नु हुन्छ ?
अहिले सरकारले सौर्य उर्जाको विकास र प्रर्वधनका लागि धेरै राम्रा कार्यहरु गर्दै आएको छ । विशेषत सरकारले र्दुगम ग्रामिण इलाकाहरुमा जहाँ विद्युत पुगेको छैन त्यस्ता ठाउँहरुमा ५० देखि ७५ प्रतिशत सम्म सरकारले अनुदान प्रदान गर्दै आएको छ । ग्रामिण इलाकाहरुमा मात्र सौर्य उर्जा विकासका लागि कार्य गर्दै आएको होईन सहरमा पनि सौर्य उर्जा विकासका लागि सरकारले अनुदान प्रदान गर्दै आएको छ । सहरी क्षेत्रमा व्याट्रि र इन्भटर भएका हरुका लागि वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले तोकेको कम्पनिमा गईदुई सय वाटको सोलार प्यानल राख्न चाहनेहरुका लागि २० हजार अनुदान प्रदान गर्दै आएको छ । त्यस्तै ५ सय देखि १५ सय वाटको सोलार प्यानल राख्न चाहनेहरुका लागि बैकंबाट ऋाण लिन सक्ने व्यवस्था सरकारले गरेको छ जसमा उपभोक्ताले लिएको ऋणको व्याजको ७५ प्रतिसत ब्याज सरकारले तिरिदिने व्यवस्था रहेको छ । बैँकबाट ऋण लिने व्यक्तिले पाँच वर्ष (६० महिना) भित्रमा ऋण चुक्ता गरिसक्नु पर्ने व्यवस्था सरकारले गरेको छ । सौर्य विकासका लागि सरकारले गरेको यो राम्रो कार्य हो ।
सौर्य उर्जा विकासका लागि वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको भुमीका कस्तो पाउनु भएको छ?
सरकारी तथा गैरसरकारी निकायहरुले वैकल्पिक उर्जाका सम्वन्धमा आवाज उठाउन थाले पछि सन् १९९६ मा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको स्थापना भएको हो । यो केन्द्रले विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत रहेर कार्य गरेको थियो । सरकारको लगानिमा सञ्चालन भएको वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रमा दुई वर्ष पछि नविकरणिय उर्जा विकासका लागि नेपालमा डोनरहरुको सहयोग पनि बढ्न थालेको थियो ।वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ग्रामिण क्षेत्रमा निकै राम्रो कार्य गरेको थियो । अहिले पनि यस केन्द्रले निकै राम्रो कार्यहरु गर्दै आएको छ । अझ यसलाई बढि प्रभावकारी बनाउनका लागि सरकारी लगानी बढाउनु पर्दछ । सरकारले सौर्य उर्जालाई मात्र नभई अन्य नविकरणिय उर्जाहरुको पनि प्रर्वद्धन गर्न पहल गर्नु पर्छ । काम पारर्दशि हुनुपर्दछ ।
नेपालमा सोलार प्यानल तथा व्याट्रीहरु कहाँ कहाँबाट आयत हुन्छ ? यसको गुणस्तरीयतामा उपभोक्ता कसरी निश्चिन्त हुन सक्छन् ?
नेपालमा आयत हुने सोलार प्यानेलहरु ९० प्रतिशत त चाईनाबाट नै आयत हुन्छ । चाईना बाहेक युरोप, जापान, जर्मन, कोरीयबाट पनि आयत हुन्छ । चाईनाका सामान भन्ने वित्तिकै हामी गुणस्तर हिन सामाग्रिहरु मात्र आयत हुन्छ भन्ने भ्रम हामीमा हावि छ तर चाईनाबाट आउने सामाग्रिहरुमा पनि गुणस्तरीयता हुन्छ । संसारका प्रय देशका सवै वर्कसपहरु चाइनामा नै रहेको छ । सोलार प्यनेल बन्नका लागि कच्चा पदार्थ विभिन्न देश बाट आयत हुन्छ र निर्माण गर्ने कार्य भने चाईनामा हुन्छ । नेपालले आयत गर्ने ब्याट्रि भने वङ्गलादेश, इन्डिया, साउथ कोरीय र अन्य देशहरुबाट पनि आयत हुन्छ । आयतित साग्रीको गुणष्तरीयताको मापन नेपाल एकेडेमि साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) अन्र्तगत रहेको च्भ्त्क् ले सोलार प्यानल तथा ब्याट्रीहरुको गुणस्तरीयताको मापन गर्ने गर्दछ ।RETS ले गुणस्सतरीयताको मापन गरी पठाएका सोलार प्यानेलहरुमा भन्सार तथा भ्याट पनि नलाग्ने व्यबस्था रहेको छ । यदि कुनै व्यक्तिले आफ्नो ब्यक्तिगत तर्फबाटRETS मा गुणस्तरको परीक्षण नगरी ल्याएमा सहयोग तथा अनुदान प्राप्त गर्न सक्दैनन् । यदि कुनै व्यक्तिलाई सोलार प्यानल तथा ब्याट्रीको गुणस्तर बारे थाहा पाउने इच्छा छ भने वैकल्पिक उर्जा प्रर्वद्धनले तोकेको बैंकमा गएर पनिRETS द्धारा प्रमाणिकरण गरेको सामाग्रिहरुका बारेमा थाहा पाउन सक्छौ ।
सौर्य विद्युतमा केहि समय देखि नेट मिटरिङ्गको परिचर्चा भइरहेको छ, बास्तबमा नेट मिटरिङ्ग भनेको के हो ? शहरमा सौर्य विद्युत जडान गर्दा लोडसेडिङ न्युनिकरणमा कसरी फाईदा पुग्छ ?
यदि हामीले विद्युत प्राधिकरणबाट विद्युत पनि उपभोग गर्दै आएको र सोलार प्यनलबाट पनि सौर्य उर्जा उपयोग गर्दै आएका छौ भने यदि हामीले सौय उर्जा उपयोग गर्न नपरेको खण्डमा वा बिशेषत दिउँसोको समयमा हामीले सौर्य उर्जा विद्युत प्राधिकरणलाई पठाउन सक्छौ ।यसरी प्राधिकरणबाट लिएको र प्राधिकरणलाई पठाएको बीचको भिन्नतालाई मापन गर्ने प्रकृयालाई नेट मिटरीङ्ग भनिन्छ ।राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र र कार्ययोजना २०७२ मा बुदा नं, ४८ देखि ५४ सम्म नेट मिटरीङ्ग सम्बन्धी व्याख्या गरिएको छ । नेट मिटरिङ्गका लागि स्मार्ट मिटरको आवश्यकता पर्दछ । सहरमा नेट मिटरिङ्ग गर्ने योजना ल्याएको छ । नेट मिटरिङ्ग प्रकृयाले विद्युत बचतमा सहयोग पु¥याउँदछ ।
शहरी सौर्य उर्जा कार्यक्रम पनि चलिरहेको छ, कस्ता कस्ता ठाउँहरुमा सौर्य उर्जा जडान गर्न आवश्यक देख्नुहुन्छ ?
हामीले सौर्य उर्जाका उपकरणहरु जडान गर्नु नितान्त आवश्यकता रहेको छ । अहिले काठमाण्डौ उपत्यकाका ५ लाख ५७ हजार घरहरुमा २सय वाटको सोलार प्यानेल सबै घरमा राख्ने ठाउँ रहेके छ । यदि हामीले २सय वाटको सोलार प्यानल मात्रैराख्यौ भने पनि उक्त घरहरुवाट ४४३ मेगावाटआवर ९ःध्ज० प्रतिदिन विद्युत उत्पादन गर्न सक्छौ । वर्तमान समयमा काठमाण्डौ उपत्यका लोडसेडिङ्ग मुक्त भइसकेको छ, सौर्य उर्जा किन भन्ने सवाल पनि उठ्ला तर हामीले भारतबाट विद्युत आयत गर्दै आइरहेका छौ यसरी छिमेकि मुलुकसँग परर्निभरता हुनु भन्दा स्वनिर्भर हुन’ राम्रो हो । खेर गईरहेको विद्युत उपयोग गरी आर्थिक उपार्जन हामीले गर्न सक्दछौ तसर्थ सौर्य उर्जा शक्तिको उपयो गर्नु उपयुत रहेको छ । अमेरीका जस्तो विकसित देशले पनि यस प्रकृयाबाट सौर्य उर्जा उत्पादन गर्दछ ।
काठमाण्डौ उपत्यका विगत ५ महिनादेखि लोडसेडिङ्ग मुक्त रहेको छ, यसलेसौर्य उर्जा व्यवसायलाई कस्तो प्रभा पारेको छ ?
काठमाण्डौ उपत्यका लोडसेडिङ्ग मुक्त भए पछि सौर्य उर्जा व्यवसायीहरुले व्यापार गर्ने तरीकामा परिवर्तन ल्याउनु पर्ने हुन्छ । यदि सहि रुपमा बुझ्ने हो भने अवका दिनहरुमा चाहि सोलारहरु बढी खपत हुनु पर्ने हो । उपभोक्ताहरुले सौर्य उर्जा उत्पादन गरी प्राधिकरणलाई विद्युत बेच्न सक्दछन् जसले उपभोक्तहरुलाई नै फाइदा पु¥याउद छ भने देशले भारतबाट विद्युत आयत गर्नु पनि पर्दैन । अबको सौर्य उर्जा व्यापारीहरुले सकेसम्म सौर्य उर्जाबाट घरायसी आवश्यक उपकरणहरु चलाउन मदत गरौँ, नेट मिटरीङ्गको व्यावस्था गरौँ र ठूलो मात्रामा ग्रिड जडान गरौँ । यसो गरिएको खण्डमा सौर्य उर्जा व्यापारी र उपभोक्ताको भविष्य उज्जल हुने देखिन्छ ।
सौर्य उर्जाको प्रयोग उपयोगिता जडान सम्वन्धि जनचेतना कसरि फैलाउनु पर्ला रु हाल जडान सम्वन्धी तालीमको कस्तो व्यवस्था रहेको छ ?
सौर्य उर्जा सम्वधी यसको उपयोगिता बारेमा खासै सबैलाई थाहा छैन । कतिपय सिनियर इन्जिनियरहरुलाई पनि सौर्य उर्जा जडान गर्दा अनुदान पाइन्छ भन्ने कुरा समेत थाहा छैन । यस्ता महत्वपुर्ण कुराहरुमा नेपाली समाज पछाडि परिरहेको छ । तसर्थ यसको उपयोगिता बारे आम जनताले बुझ्नु जरुरी छ । यसका लागि हरेक सरकारी निकाय, मिडयाहरुबाट सौर्य उर्जाको फाईदा, महत्व बारे जनचेतना फैलाउनु पर्दछ ।
देशभर सोलारबाट विद्युत उत्पादन गरी देशलाई कति सहयोग पुगेको छ रु यस बारे बताईदिनुहोस् न ।
राम्रो घाम लाग्ने १०स्क्वायर मिटर क्षेत्रबाट सोलार प्यानेलहरु जडान गरि प्रतिदिन ४।५युनिट सौर्य विद्युत उर्जा पैदा गर्न सकिन्छ भने, नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ स्क्वायर किलोमिटर रहेकोमा यसको १ प्रतिशत मात्र सौर्य उपकरणहरु जडान गरिएमा यसबाट प्रचुर मात्रामा उर्जा पैदा हुन्छ । यसलाई अझ बढि प्रभावकारी वनाउन जनचेतना पैmलाउनु आवश्यक छ । कतिपय ग्रामिण क्षेत्रहरुमा अझै सम्म विद्युत पुगेको छैन, त्यस्ता ठाउँहरुमा सोलार बढी उपयोगि हुन्छ र सौर्य उर्जा ५० मेगावट मा मात्र सिमति नराखि यसलाई बढाउन सक्दछौ ।
अन्तमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?
काठमाण्डौमा त लोडसेडिङ्ग अन्त्य भयो तर देश भर लोडसेडिङ्ग अन्त्य गर्न लागि तथा छिमेकि मुलुक भारतबाट विद्युत आयत नगरी निर्यात गर्ने उद्धेश्यका साथ आ आफ्नो घरमा कम्तिमा ५ सय वाटको भए पनि सौर्य उर्जा जडान नेट मिटरीङ्ग मार्फत विद्युत उत्पादन गरी देशलाई सहयोग पु¥याउन आग्रह गर्दछु । सौर्य उर्जा प्रवद्र्धन गर्नका लागि वैंकिङ क्षेत्रमा लगानि बढाउन सरकारलाई आग्रह गर्दछु ।