भर्खरै

‘विद्युत प्राधिकरणले पुरानो परिचय मेटेर नया स्थापित गर्न सफल भएको छ’

  • प्रकाशित मिति : Wed-18-Jan-2017
  • - खगेन्द्र शाही अध्यक्ष, नेपाल राष्ट्रिय कर्मचारी संगठन (संंयुक्त)
title

हाम्रो देश नेपाल विश्वमा ब्राजिल पछि दोस्रो धनी देश प्रचुर उत्पादनको सम्भावना रहेको र एशिया महादेश नै उज्यालो बनाउन सक्ने देश भएर पनि१२ बर्ष देखि बानी पारेको 
लोडसेडिड्ड कुशल व्यवस्थापन र नेतृत्वका कारण आज काठमाडौ उपत्यका लगायत १० जिल्ला समेत लोडसेडिड्ड छैन् । 
हिउँदको समय चरम लोडसेडिनका कारण जनजिबन अस्तव्यस्त हुने समय हो । तर, यसपालीको हिउँदमा सेवा ग्राहीले लोडसेडिड्डको मार खेप्नु परेको छैन । उद्योग कलकारखानाहरुमा साविक भन्दा बढि उत्पादन बढेको छ ।  मानिसहरुको दैनिकी समेत सहज बन्न पुगेको छ । सरकारको एउटा सानो  व्यवस्थापनले जनजिबनमा कति फरक पार्दछ भन्ने कुरा विद्युत प्राधिकरण एक नमुना संस्था बन्न पुगेको छ । सरकारको काम योजना कार्यान्वयन हुनु बास्तबमै कर्मचारीहरुको ठूलो महत्व राख्दछ । पछिल्लो समय ब्युरोक्र्याटस माथि लाग्दै आएको असहयोगको आरोप प्राधिकरणमा पनि परेको छ । कतिपय कर्मचारी बर्खास्तीमा समेत परे । कर्मचारीको कुशलताले नै सरकारलाई सफल–असफल बनाउन उल्लेख्यता प्रदान गर्दछ । 
यिनै विषयमा आधारित रहेर नेपाल राष्टिय कर्मचारी संगठन संयुक्तका अध्यक्ष खगेन्द्र शाही संग विद्युत संसार साप्ताहिकले केलाउने प्रयत्न गरेको छ ।  उनी प्राधिकरणका सहायक प्राविधिक ईन्जिनियर र नेपाल कर्मचारी महासंघको कार्यलय सचिव, सरकारी स्वायत्त 
राष्ट्रिय समितिको महासचिव हुदै हाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संंगठन सयुक्तको भर्खरै सम्पन्न महाधिवेशनबाट अध्यक्ष पद समाल्दै आएको आएका छन् । उनै अध्यक्ष शाही सँग भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अँश यसप्रकार छन् ।

तपाई कर्मचारी संगठनको अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ । हालको समयमा प्राधिकरणमा के कस्ता कामहरु भईरहेका छन् ? बताइदिनोस न । 

प्राधिकरणको काम आज सम्पुर्ण नेपाली देखिरहेका छन् आज प्राधिकरणको पुरानो परिचय मेटिएर नयाँ परिचय दिईरहेको छ । अहिलेको समयमा देशमा चरम लोडसेडिङ्ग हुने यो समयमा हामीले काठमाडौ, पोखरा लगायत जिल्लाहरुमा लोडसेडिङ्ग अन्त्य गर्न सफल भएका छौ अबका दिनमा अरु जिल्लाहरुमा पनि लोडसेडिङ्ग अन्त्य गर्दै जाने हाम्रो योजना छ । जसरी जनताले देख्ने गरि लोडसेडिङ्ग अन्त्य गर्ने जुन काम भईरहेको छ यो अवश्य नै नेपाली जनताले गर्व गर्ने ठाउँ रहेको छ । यसमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको पनि ठूलो भुमिका रहेको छ । अबका दिनमा ऊर्जा मन्त्रालय, नेपाल विद्यु प्राधिकरणका सम्पुर्ण कर्मचारी लगायत सम्पूर्णलाई एक ढिक्का बनाएर “उज्यालो नेपाल” बनाउनेमा हाम्रो संगठनले एक सशंक्त भुमिका खेल्ने छ । अरु संगठनले यस्तो कामलाई रोक्नको निम्त कहिले पत्रकार सम्मेलन, कहिले बर्खास्त परेका बोर्ड मेम्बरहरुलाई बोकेर हिड्ने, कहिले कुलमान संग लड्न तयार छौ भन्ने जस्ता अमर्यदित काम भईरहेको छ उहाँहरु पुरानो सस्कृतीमा रुमलीएर यस्तो गर्दै हुनुहुन्छ तर हाम्रो संगठन उज्यालो नेपाल अभियानमा एउटा महत्वपूर्ण भुमिका खेल्दै आएको छ । 

विद्युतीय क्षेत्रमा जुनखालको समस्याहरु भएका छन् कर्मचारी  संगठनले समाधानका लागि कस्तो प्रकारको भुमिका निभाउ“दै आएको छ ?
हामीमा के समस्या छ भने विद्युत भन्ने विषय आएपछि प्राधिकरण नै आउछ विद्युत क्षेत्रमा समस्या आउनुको प्रमुख यो देशको राजनैतिक दलहरुले विद्युत क्षेत्रमा ध्यान नदिनु नै हो आज १०५ बर्षमा कुनै त्यस्ता विद्युतीय आयोजना निमार्ण हुन सकेन् । ऊर्जा मन्त्रालय, विद्युत विकास विभाग, विद्युत प्राधिकरणले के गर्नु पर्ने भन्ने एउटा निती छैन् । प्राधिकरणमा जुन खालको राजनीतिकरण, भएका छन् सुशासन 
छैन, ट्रेड युनियनको हावि छ यि विविध कारणले विद्युत क्षेत्रमा विकास हुन सकेको छैन् ।

राजनितिक आस्थामा खोलिएका विभिन्न ट्रेड युनियनहरु जनताको सेवामा नभएर दलिय स्वार्थमा तल्लिन हुन्छ भन्ने 
कुरामा कत्तिको सत्यता छ ?

यो सत्य कुरा हो । केही दिन अघि मात्र एउटा पाटिको आन्दोलनमा झण्डा सहित नै सरकारी कार्यलयहरु नै बन्द गरी जनताको सेवामा दख्लपार्ने काम भएको छ यो दुभाग्य कुरा हो । ट्रेड युनियन भनेको कर्मचारी र देशलाई केन्द्र विन्दुमा राखेर कर्मचारी पिरमर्का बुझ्ने, कर्मचारीहरुको व्यवसायीक तथा पेशा गत कुराहरु उठाउने कर्मचारीबाट दिने सेवलाई अझ प्रभाबकारी वनाउने जनताको मन जित्ने हुनुपर्ने हो तर यो नभइ कुनै दलको समर्थनमा हिड्ने, देशमा भ्रष्टहरु जन्माउने प्रविधि बढ्दो छ । हामी त जनताको शासक हो भन्ने तिर लागेर कर्मचारीको सरुवा बढुवा तिर लाग्ने काम गरेका छन् । तर हाम्रो ट्रेड युनियन कुनै पाटिमा आवद्ध छैन्, हाम्रो ट्रेड युनियान विशुद्ध पेशागत कुरा उढाउँछ र सस्थालाई कसरी अगाडी बढाउन चाहान्छ भन्ने र उज्यालो नेपाल बनाउनमा भुमिका खेल्छ 

प्राधिकरण जस्तो संस्था सधैं घाटामा गइरहनु तर, कर्मचारीहरुको मनोमानी बढिरहनुको कारण के होला ? समाधानका उपाया के हुन सक्छन् ।
मैले यस्तो हुनुमा तीन कारण देखेको छु जस्तोकी नेपाल सरकारले विदेशबाट ऋण लिन्छ त्यो ऋण विद्युत प्राधिकरणमा आईपुग्दा धेरै पर्न आउछ, अर्को भनेको ऋण बाट बन्ने आयोजना ढिला निमार्ण हुनु, विद्युत उत्पादन पछि आयोगले विद्युतको महसुल निर्धारण गर्दछ त्यो वैज्ञानीक छैन । र अर्को भनेको खिम्ती, भोटेकाशी जस्ता आयोजनाबाट महंगोमा विद्युत किन्नु परेको छ र सस्तोमा विद्युत बेच्नु पर्ने बाध्यता रहेको छ । र अर्को भनेको मानविय कारण १० देखि १२ प्रतिशत विद्युत चुहावाट भएको छ प्राशासनिक व्यवस्थापनको कमि यस्ता कारणबाट फाईदामा जान नसकेको हो भन्न सकिन्छ ।


सरकारले सक्रियता पुर्वक विद्युत चुहावाट नियान्त्रण गर्न अघि सरेको छनक पाइन्छ तर, अझै प्रभावकारी हुन के गर्नु पर्दछ ?
विद्युत चुहावाट हुनुमा मैले दुई वाटा कारण देखेको छु जस्मा हाम्रो विद्युत प्राधिकरणको प्राविधिक कारण जस्तो धेरै लामा सर्किट छन, गुणस्तरयुक्त ट्रान्सफर्मर छैन यसरी २६ प्रतिशत सम्म चुहावाट हुने गरेको छ भने अर्को भनेको मानविय कारण छन् यसमा मानिसहरुले सिधै हुकिङ्ग गर्ने गरेका छन् काहिले काही विद्युत प्राधिकरणका कर्मचारी नै मिटर रिडिङ्ग गर्न जादाँ मिटर उल्टोपाल्टो पारिदिने यस्तो कारणबाट नै विद्युत चुहावाट हुने गरेका छन्  । यसमा हाम्रो व्यवस्थापकिय कमजोरी हो हामीले भनेको बेलामा कर्मचारी खटाउन नसक्नु, भनेको बेलामा मिटर रिडिङ्ग गर्न पठाउन नसक्नु आदि कारणले चुहावट हुने गरेको छ । 


राजनीतिक दलहरुको आडमा धेरै उद्योगीहरुले महसुल नतिरेको पाइन्छ त्यस्तो सुनिन्छ । यसमा संगठनको भुमिका कस्तो रहेको छ ?
हामी कर्मचारी जनताको सेवक हौ अझ ट्रेड युनियन भनेको कर्मचारीको पनि सेवक हो । हामलिे त आवज उठाउने सचेतना जगाउने हाम्रो काम हो । हामीले कुनै राजनैतिक व्यक्ति, संघ सस्था होस् महसुल बुझाउन सुझाब दिने हो तर हामीले जनकपुरमा २२ सय घरमा मिटर विना 
सोझै  हुकिङ्ग गरेर नेपाल विद्युत प्राधिकरणलाई प्रति महिना ५० देखि ६० लाख घाटा थियो यसलाई सम्बन्धित निकायमा जानकारी गराएर धरौटी राखि अस्थायी मिटर वितरण गरेर चुहावाट नियान्त्रणमा सहयोग गरेर संगठनको भुमिकालाई पृष्टाएका छौ ।


मिटर रिडिड्ड समस्यालाई कसरी लिनु हुन्छ ?
यसमा धेरै समस्या बढेको छ । नेपाल विद्युत प्राधिकरणमा प्रशासनिक सांगाठानीक संरचना जुन छ त्यो मिलेको छैन् विश्व व्यापी सिदान्तलाई 
हेर्दा पिरामिड शैलीमा हुनु पर्ने संगाठानीक संरचना बोतल नेक खालको संरचना नेपालमा छ । जस्ले विद्युत प्राधिकरणमा चाहिने मेनपावार कम छ नचाहिने मेनपावार बढी रहेको छ 
यसैले मेनपावारको व्यवस्थापन हुन नसकेर मिटर रिडिङ्ग हुन सकेको छैन यसले विद्युत चुहावाट बढ्ने हुन्छ । र नेपाल विद्युत प्राधिकरण उच्च स्तरिय प्रशाशन सुधार आयोग गठन गरी आवश्यक जनशक्तिको व्यवस्थापन गर्न हाम्रो संगठनले माग गरेको छ । 

कस्ता ठाउ“मा विद्युत चोरी बढेको छ ?
विरगञ्ज तथा भारती सिमामा तथा गाउँहरुमा विद्युत चोरी बढेको हामीले पाएका छौ । विद्युत चोरी हुनुमा हाम्रो पनि कमजोरी रहेको छ जुन कि 
नागरीकताका कारण हामीले मिटर दिन सकेको छैनौ । मिटर लिनलाई महानगरपालिका गाविसको सिफारीस चाहिने हुन्छ यसले सुकुम्बसीलाई मिटर दिने स्थिति छैन यस कारण उनिहरुले नजिकै बत्ति बलिरहेको देखेका हुन्छन् अनि हुकिङ्ग गरेर भएपनि बक्ति 
बालिरहेको हुन्छन् । अहिले हामीले अस्थायी मिटर दिने गरेका छौ यसले विद्युत चोरी नियन्त्रणमा आएको छ । अझ हाम्रो संगठनले तराईमा सिंचाईको लागि पनि अस्थायी मिटर दिने व्यवस्था गर्नु पर्नेमा कुरा उठाउदै आएका छौ । यसले पनि चोरी नियन्त्रण गर्दछ ।
गाउ“ , शहरमा विद्युतीय अनुगमन प्रभावकारी हुन  किन नसकेको होला ?
नेपाल विद्युत प्राधिकरणले मिटर कुनै पनि घरलाई मिटर दिन भन्दा पहिला एउटा फारमको योजना ल्याएको छ त्यसमा एउटा ईलेक्ट्रिसियनले गर्नु पर्दछ भन्ने कुरा आएको छ यस्तो हुँदा विद्युत चुहावाट पनि कम हुने हुन्छ । यसैले अब नगरपालिकाबाट हुन्छ कि प्राधिकरणको वितरण तथा ग्राहक सेवाबाट हुन्छ । ईलेक्ट्रिसियनहरुलाई लाईसेन्सको व्यवस्था गराउनु पर्छ । जस्मा उसले कति पढेको, तालिम लिएको कस्ले वायरिङ्ग गरेको कागजात सहित प्राधिकरणमा बुझाउछन् उनीहरु ईलेक्ट्रिसियन संघ जस्ता संघमा आवद्ध हुनुपर्ने प्रावधान ल्याउने योजनामा छौ । अब यो योजना छिटौ गर्नु पर्छ भन्नेमा लागि परेका छौ । यी समस्याहरुको कारण गाउँ शहरमा विद्युतीय अनुगमन प्रभावकारी हुन नसकेको हो । 

बास्तवमै सरकारको उल्लेखय एक मात्र काम यो लोडसेडिड्ड अन्त्य कसरी सम्भव भएको हो ?
यसमा टेक्निकल कुरा आउछ अहिलेको प्राधिकरणको काम सबै नेपालीहरुले बुझेका छन् अहिलेको अवस्थामा धेरै लोड बढेको पनि छैन त्यही अनुसारको हामीले मिटर पनि दिएका छौ तर पनि लोडसेडिङ्ग अन्त्य गर्न सफल भएका छौ । पहिलाको व्यवस्थापनको नियत राम्रो थिएन कृतिम रुपमा लोडसेडिङ्ग देखाएर उद्योग, कलकारखाना, इन्र्भटर ब्याट्रि व्यवसायी संग बार्गेनिङ्ग गर्ने प्रवृती थियो, तर अहिलेको व्यवस्थापनले सफा नियतले राम्रो संंग विद्युत व्यवस्थापन गर्दा यस्तो प्रगती हासील गर्न सकेका हौँ । 

 राजनीतिक आडले केन्द्रमा मात्रै ओभर स्टिापिड्ड छ भनिन्छ नि ?

तपाईले भन्नुभएको कुरा सहि नै हो, नेपाल विद्युत प्राधिकरणमा लगभग १२ हजार कर्मचारीहरु छन् त्यसमा ३० प्रतिशत भन्दा बढी कर्मचारी राजधानीमा छन् राजधानिमा सेवा सुविधाको राजनीतिक दलका आडमा, संगठनका आडमा राजधानि केन्द्रित भएका छन् । यसलाई हामीले सुधार गर्नाको निम्ती बैज्ञानिक सरुवा कार्यविधि ल्याउने योजना गरेका छौ ।

त्यस्तै, विद्यूत विकासका लागि ल्याइएको भनिएको नेपालको पानी जनताको लगानी कार्यक्रमलाई कसरी प्रस्टयाउनु हुन्छ ?
हाम्रो संगठनको “ऊर्जा क्षेत्रमा पर निर्भरताको स्थायी निकास स्वदेशी पुजिमा जलविद्युतको विकास” नारा आज सरकारको नारा 
बनेको छ । यो हाम्रो संगठनको माग पनि थियो आज सम्म जलविद्युतमा विकास हुन नसक्नुको कारण भनेको विदेशी ऋण ताक्ने, कमिसनको लोभमा विदेशी दातृ निकायबाट ऋण ल्याएर प्राधिकरण घाटामा गएको देखिन्छ । नेपाली जनता जलविद्युतमा हामी सेयर हाल्छौ भन्दा त्यो नदेख्ने सरकारको नियत आज बदलिएको छ । यसैले ऊर्जा मन्त्रालयले “नेपालको पानी जनताको लगानी” कार्यक्रम ल्याएको छ । 
नेपाल सरकारको लगानीबाट चिलिमे तामाकोसी मोडल सफल देखिएको छ यसले नेपाली जनतालाई धनी बनाउने योजना हो । यसमा हाम्रो संंगठनको पनि ठूलो भुमिका रहेको छ । यो पत्रिका मार्फत नै म सबै जनताहरुलाई जानकारी गराउन चाहान्छु कि अहिले जुन खालको कार्यक्रम मन्त्रालयले अघि सारेको छ यसमा सबै क्षेत्रका जनताले प्रतिबद्धता गराउन आग्रह गर्दछु । यसको केही समयमा नै कार्यन्वयन हुनेछ भन्न चाहान्छ । 

अन्त्यमा विद्युत संसार साप्ताहिक मार्फत आम जनतालाई के भन्न चाहानु हुन्छ ?

ऊर्जा क्षेत्र भनेको एउटा टेक्निकल प्राविधिक भएकाले यो आम नागरिकले बुझ्ने स्थिति छैन हामी ईन्जिनियर, प्राविधिकहरुले मात्र बुझाउने अवस्था छैन यो प्राविधिक क्षेत्रलाई बुझाउनको निम्ती विद्युत संसार नाम दिएर प्रकाशित विद्युत संसार साप्ताहिकले आम जनता विच अह्म भुमिका खेलेको छ । 
र यस पत्रिको भविष्य पनि मैले उज्वल देखेको छु । ऊर्जा  क्षेत्रमा मिडियाले साथ दिनु पर्दछ यसमा विद्युत संंसार लागी परोस् किनकी यो क्षेत्रमा भएका विविध विषयलाई आम जनता माझ पुर्यउने काम गर्न सकोस् भन्न चाहान्छु ।   

प्रतिक्रिया