भर्खरै

सूचना प्रविधिमा नेपालको फड्को

  • प्रकाशित मिति : बुध, भदौ ६, २०८०
  • - कृष्ण बहादुर श्रेष्ठ/काठमाडौं
title
काठमाडौं, ६ भदौ । ध्वनि, तस्विर, अक्षर तथा अंकको रुपमा सूचनाहरुलाई विद्युतीय यन्त्रहरु, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ । दिनप्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकाससँगै यसको कार्यक्षेत्र पनि फराकिलो हुदै गइरहेको छ । सूचना र प्रविधि हिजोको जस्तो आज पक्कै छैन । यो हरेक क्षण बदलिरहेको छ । ढुंगेयुगको सूचना प्रविधि अहिले काम लाग्दैन । अहिलेको युग भनेको डिजिटल प्रविधि र सूचनाको युग हो । 
 
पछिल्लो समय चल्तीमा रहेका सामाजिक सञ्जालले मान्छेको दृष्टिकोणमा परिवर्तन ल्याउने काम पनि गरेको छ । सूचना प्रविधि अहिले दैनन्दिन जीवनको महत्वपूर्ण र अपरिहार्य साधन बनेको छ । यसको उपयोगबिना मान्छे नै अपूर्ण हुने अवस्था आएको छ । सूचना प्रविधिको उपयोग नगर्ने मान्छे अब आफै पछि पर्ने अवस्था आएको छ । नागरिकको जीवनसँग सूचना प्रविधि जोड्ने देशहरुले नै अहिले विकासको लय समातेका छन् । सूचना प्रविधिको द्रुतगतिमा विकासले नेपाल जस्ता विकासोन्मुख मुलुकलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्पायार लगायतका आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकास गर्ने सुवर्ण अवसरहरु प्रदान गरेको छ ।
 
नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो समय सूचना तथा सञ्चार प्रविधि क्षेत्रपनि एउटा नयाँ क्षेत्र थपिएको छ । केही दिनअघि इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)ले सार्वजनिक गरेको एक प्रतिवेदनले नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्ति मार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भइरहेको तथ्यंक देखाएको थियो ।
 
नेपालमा आईटी क्षेत्रले वार्षिक ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरिरहेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ उत्पादनमा १.४ र वैदेशिक लगानी सञ्चितिमा ५.५ प्रतिशत योगदान पुुगेको देखिएको छ । यो नेपालको सूचना प्रविधिमा भएको निकै महत्वपूर्ण प्रगतिको सूचक हो ।
यसले नेपालमा सूचना तथा सञ्चार प्रविधि अर्थतन्त्रको महत्वपूर्ण आधार हो भन्ने तथ्य स्थापित भएको छ । हिजो सूचना तथा सञ्चार प्रविधिलाई विलासिता वा मनोरञ्जनको साधन मात्रै मान्ने अवस्था थियो । अब आवश्यकताका आधारमा सूचना प्रविधि मानव जीवनका लागि नभई नहुने साधन बनेको छ भने आयआर्जनका हिसाबले पनि अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा स्थापित हुँदै गएको पुष्टि भएको छ ।
 
सरकारले सूचना प्रविधिको उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको छ । सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्ने उद्योगले गरेको विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म बिदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा भइसकेको छ ।
 
सरकारले चालु आर्थिक वर्षमा सूचना प्रविधिमा विजनेश प्रोसेस आउट सोर्सिङ, सद्रटवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई बिदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छूट दिने व्यवस्था मिलाएको छ । यसले देशभित्रै बसेर विभिन्न देशको काम गरी सेवा निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई प्रोत्साहित गर्ने छ । त्यसो हुन सके डिजिटल अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुुग्ने छ ।
 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अगुवाइमा सूचना प्रविधिको अध्ययन अनुसन्धानमा लागेका संस्था र व्यक्तिलाई आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट हजारौं प्रतिभाहरु सहभागी हुने गरी राष्ट्रियस्तरको प्रतिष्पर्धा गराउने डिजिटल च्याम्पियन, आईटी एक्जिविसन, व्यावसायिक तालिम लगायतका नयाँ कार्यक्रम अघि सारिएको छ । सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ ।
 
सरकारको सहजीकरण र यस क्षेत्रमा संलग्न संस्था, विज्ञ तथा सूचना प्रविधिकर्मीहरुको समन्वयात्मक पहलकदमीद्वारा सूचना प्रविधिको क्षेत्रबाट देशको समृद्धिको आधार निर्माण गर्ने वातावरण सिर्जना गर्न ढिलाई गर्नु हुँदैन । सूचना तथा सञ्चार प्रवधि क्षेत्रमा देखिएको नयाँ पुस्ताको रहरलाग्दो आकर्षण र उत्साह राष्ट्र निर्माण र समृद्धिको गतिलो आधार बन्नसक्छ भन्ने तथ्य सबै पक्षले आत्मसात गर्नु आवश्यक छ । अब नेपालबाट श्रमिक होइन, सेवा निर्यात गर्ने लक्ष्यलाई राष्ट्रिय महत्वको लक्ष्यको रुपमा अघि बढाउन आवश्यक छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago