भर्खरै

अनुसन्धानमा राजनीति जोडिनु गलत अभ्यास

  • प्रकाशित मिति : बुध, साउन २४, २०८०
  • - शिखर श्रेष्ठ
title

काठमाडौं, २४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते हङकङबाट आएको करिब सय किलो सुन भन्सार पास भएर सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसबारे थप अनुसन्धान भइरहेको विभागले यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । पछिल्लो समय नेपालमा बेतिनी र नयाँ घटनाले गिजोलिरहेको छ । पटकपटक सुन तस्करी घटना, ललिता निवास घटना, ७० करोड घटना, नक्कली भुटानी शरणार्थीघटना, ओम्नी घटनाहरू निकै नै बहुचर्चित घटनाहरु हुन । यस्तै घटनाहरूबाट आजित बनेका आम जनतामा पुनः १ सय किलो सुन काण्डले एक पटक अझ झस्काइदिएको छ । विभाग स्रोतका अनुसार यो हालसम्मकै ठूलो परिमाणको सुन बरामद भएको छ ।
 
यस घटनामा चिनिँया नागरिक पनि पक्राउ परेका छन् उनीसँग नेपालका नेता देखि पूर्वमन्त्रीहरू समेतको नाम जोडिदै आउँदा यस घटनाको अनुसन्धान कहाँ पुग्छ भन्ने आम नेपालको कौतुहलता जनाएको छ । नेपालीलाई सहजै प्रलोभन देखाएर विदेशले नेपालको भूमि बनाए तस्करी गरिरहँदा नेपाल तस्करहरूको रणभूमि मात्रै बनेको छैन् । नेपालीहरूको शिर झुकेको छ । 
 
विदेशबाट दुख गरेर नेपालमा ल्याएको मोबाइल भेट्ने हाम्रो प्रशासन भन्सार र सुरक्षा निकाय के हेरेर सय किलो सुन भेटेन वा उन्मुक्ति दिएर सिनामंगल पुग्यो ? प्रश्न खडा गरेको छ । नेपालमा भन्सार जाँच पास कसरी हुन्छ, त्यहाँका अधिकृतहरूको महानिर्देशक र खारिएका कर्मचारीहरूको काम कस्तो छ कुरा यस घटनाले छर्लङ्ग बनाई दिएको छ । नेपाली सुरक्षा बारे विश्वमा वाहवाही पाउने घरभित्र सुन तस्करी हुनु लज्जास्पद विषय हो । तथापि सुरक्षा र सुशासनका नाइके गृहमन्त्रीले सुइको समेत नपाएको काण्ड प्रधानमन्त्रीको निर्देशनमा पक्राउ पर्नु रहस्यमय विषय हो । यस घटनाबाट यसरी नै छोटो समयमा विभिन्न पटक बाइक तथा स्कुटरको ब्रेक सु आयात गरेको देखिएको छ । विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मार्दा कम्तीमा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद भएको र त्यसमा पनि सुन लुकाएर ल्याइएको देखिएको छ । विभिन्न सामग्री भित्र लुकाएर ल्याएको सुन त्यहाँबाट भारत लैजाने गरेको देखिएको छ ।’
 
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । जसले गर्दा संसद् अवरुद्ध भइरहेको छ । राजस्व अनुसन्धान विभाग सरकारको सबैभन्दा शक्तिशाली विभाग भएको र अहिले छानबिन प्रभावकारी ढङ्गले अगाडि बढिरहेको भन्दै सरकारले भने यसमा अर्को समिति गठन नहुने जनाएको हो । यसका र प्रतिपक्षको यस्तो प्रवृतिले यस्ता घटनाको समयमा नै अनुसन्धान नहुने र मुख्य दोसीले उन्मुक्ति पाउने विभिन्न घटनाक्रमहरूले देखाउदै आएको छ ।
 
सरकारले समाउने नेपालका त्यस्ता कतिपय घटनाहरू छन् जो साँचिकै देखावटीको लागी केही एक दुईलाई समाउने केरकार गर्ने छाड्ने बाहेक जरैसम्म पुग्ने अवस्थामा सरकारको ध्यान पुगेको देखिदैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले हाईप्रोफाईल नेताहरूलाई कारागारको बाटो देखिएपनि त्यसमा पनि पूर्णरुपमा सफलता भने दिलाएको छैन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थीमा सरकारको सहयात्री दल नेपाली कांग्रेसका नेता एवं पुर्व गृहमन्त्री बालकृष्ण खाड, नेकपा एमालेका सचिव तथा पूर्व ऊर्जामन्त्री टोप बहादुर रायमाझी पक्राउ मात्रै परेनन् अनुसन्धानका लागि अहिले कारागार नै पुगेका छन् । 
 
यता ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणले पनि नयाँ मोड लिएको छ । पूर्वप्रधानमन्त्री डां बाबुराम भट्टराई, माधव कुमार नेपाललाई अनुसन्धानको दायरामा ल्याउन सर्वोच्चले अनुमति दिएको छ भने काठमाडौँ जिल्ला अदालतले आइतबार चार जना पूर्वमन्त्री विरुद्ध पुर्जी जारी गरेको छ । पूर्व मन्त्रीरूमा विजय गच्छदार, डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह रहेका छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । 
 
यस्ता कुनै पनि घटनामा राजनैतिक दलहरूले राजनीति गर्नुहुँदैन । जिम्मेबार निकायलाई तथस्ट रुपमा अनुसन्धान गर्न दिनु पर्दछ । तर नेपालका परिवेशमा कुनेैपनि घटना बाहिरिए पछि त्यसमा हुने राजनैतिक हस्तक्षेपका कारण निर्दोष फस्ने र दोषीले उन्मुक्ति पाउने नेपालमा गलत अध्यास भइरहने गरेको छ । जस कारण पनि नागरिकमा राजनीति प्रति उदार हुदै गएको पाइन्छ । नागरिक स्तरबाट सरकारलाई समर्थन गदै यस्ता घटनाहरूमा जोडिएकालाई सरकारले जोगाउने होइन अनेक बहानामा लुकेका भागेका वा उन्मुक्तिमा रमाएका सबैलाई कठघरामा ल्याउनु आवश्यक छ । सरकार र प्रतिपक्षको पौँठेजोरी मात्रै होइन राष्ट्रियता, सुशासन र स्वाधीनतामा एकजुट भन्ने अवस्थाको सृजना हुनुपर्दछ । अरुका नेता समात्ने आफ्ना जोगाउने, अरुले गरे पाप आफूले गरे पुण्य जस्ता राजनैतिक सौदाबाजीबाट नेपालका राजनैतिक दलहरू माथि उठ्नुपर्छ ।

प्रतिक्रिया